अष्ट्रेलियामा नेपाली स्वाद पस्किंदै कक्षपति जोडी


News Summary

Generated by OK AI. Editorially reviewed.

  • सिड्नीस्थित सगुन ग्रुपले २०० भन्दा बढी नेपाली वस्तु अष्ट्रेलियामा आयात गरी २५० भन्दा बढी आउटलेटमार्फत वितरण गर्दैछ।
  • भूषण र सेलिना कक्षपतिले नेपाली कला, संस्कृति र परम्परालाई प्रवासी समुदायमा जगेर्ना गर्ने अभियान चलाइरहेका छन्।
  • सगुन ग्रुपले अष्ट्रेलियामा कडा क्वारेन्टिन नियम र ढुवानी चुनौतीका बाबजुद गुणस्तर र नियमनमा जोड दिँदै व्यवसाय विस्तार गरेको छ।

सिड्नी। करिब १६ वर्षअघि अवसरको खोजीमा अष्ट्रेलिया आएका नेपाली उद्यमी भूषण र उनकी सहयात्री सेलिना कक्षपतिले आफ्नै ब्रान्ड सगुनमार्फत अष्ट्रेलियामा नेपाली उत्पादनको सशक्त बजार निर्माण गरेका छन्।

सिड्नीस्थित कार्यालय र वेयरहाउसबाट सञ्चालन हुँदै आएको उनीहरूको व्यवसायले अहिले २०० भन्दा बढी प्रकारका नेपाली वस्तु आयात गर्छ र अष्ट्रेलियाभर २५० भन्दा बढी आउटलेटमार्फत वितरण गर्छ। व्यापारसँगै नेपाली कलासंस्कृति र परम्परालाई नयाँ पुस्तासम्म पुर्‍याउने उनीहरूको अभियान अष्ट्रेलियाको प्रवासी समुदायबीच द्रुत गतिमा फैलिंदै छ।

सगुन ग्रपले अचारदेखि चाउचाउ, बियरदेखि फुरनदाना, दशैं-तिहार लगायतका चाडबाडमा प्रयोग गरिने भाँडाकुँडादेखि ध्वजापताकासम्म फैलाएको छ। सगुन ग्रुपले नेपाली वस्तु, उत्पादन र खानेकुरामार्फत प्रवासमा नेपाल चिनाउन गरेको सत्कर्मको खुलेर तारिफ भएको छ।

भूषण काठमाडौंमा जन्मिएका हुन् भने सेलिना भारतको कालिङपोङमा। उनीहरू बीचको सम्बन्ध र साथ संयोगले जुरेको थियो। सेलिना दार्जीलिङबाट काठमाडौं आफन्तको घरमा आएका बेला भूषण पनि त्यहीं पुगेका रहेछन्। दुवैका आफन्त एकै हुँदा उनीहरूको त्यहीं भेट भयो र चिनजान पनि। चिनजानसँगै सम्बन्ध बढ्दै गयो र पछि विवाहमा परिणत भयो।

भूषणले आनन्दकुटी विद्यापीठबाट स्कूल शिक्षा सिध्याएका हुन् भने उनले युनाइटेड ऐकेडेमीबाट १२ कक्षा सकेपछि एभरेस्ट कलेजबाट बिजनेसमा ब्याचलर गरे। अष्ट्रेलिया पुगेपछि नेपालकै पढाइ पनि उनको लागि व्यापार व्यवसायमा सहयोगी बन्यो। सेलिनाले भने कालिङपोङबाट १२ कक्षा उत्तीर्ण गरेकी हुन् भने ब्याचलर अष्ट्रेलियामा गरिन्।

शुरुमा विद्यार्थीको रूपमा अष्ट्रेलिया छिरेको यो जोडी आज सफल, मिहिनेती र लगनशील व्यवसायीका रूपमा स्थापित छ। साथमा साथ र हातमा हात दिन सकियो भने परिवारबाटै सफलताको स्वाद चाख्न सकिन्छ भन्ने बलियो उदाहरण बनेको छ कक्षपति जोडी।

भूषण दम्पतीको यात्रा

भूषणको जीवनयात्रा साधारण रोजगारीबाट शुरु भएको थियो- कार वास, ग्रास कटिङ हुँदै रेस्टुरेन्टसम्मनेपालमा व्यापारिक परिवारमा जन्मिए पनि अष्ट्रेलियाको आरम्भ कठिन थियो। तर सन् २०११ पछि उनले नेपालबाट सामान ल्याएर बिक्रीवितरणलाई मुख्य धन्दा बनाए।

हामीले बजारको माग देख्यौं। नेपालका घरघरमा भएका वस्तु यहाँको सेलमा राख्दा केवल व्यापार मात्र हुँदैन, देशको पहिचान पनि आउँछ’, भूषण सम्झन्छन्। शुरुमा साथीहरूसँग मिलेर अघि बढेको काम पछि छुट्टै संस्थागत रूप लिन पुग्यो।

नेपालमै बस्ने केही नयाँ पुस्ताले समेत बिर्संदै गरेका थुप्रै वस्तु यहाँ अत्यन्तै प्रिय छन्, सेलिना भन्छिन्, ‘यिनै वस्तुले हाम्रो संस्कृतिलाई जगेर्ना गर्दै पहिचानलाई जोडिरहेका छन्।’

आज सगुनको सूचीमा परम्परागत कुर्कुरे नाङ्लो, मसला, अचार, खुर्सानीदेखि दैनिक उपभोग्य खाद्यवस्तु र स्वस्थ विकल्पका केही आइटम (जस्तै: तितौरा, तोफु/सलाद आदि) सम्म पर्छन्। यी वस्तुहरू नेपाली मात्र होइन, दक्षिण एशियाली समुदायका उपभोक्ता बीच पनि लोकप्रिय बन्दै गएका छन्।

नेपालमै बस्ने केही नयाँ पुस्ताले समेत बिर्संदै गरेका थुप्रै वस्तु यहाँ अत्यन्तै प्रिय छन्, सेलिना भन्छिन्, ‘यिनै वस्तुले हाम्रो संस्कृतिलाई जगेर्ना गर्दै पहिचानलाई जोडिरहेका छन्।’

यद्यपि, अष्ट्रेलियाको क्वारेन्टिन कडाइ र लजिस्टिक अवरोध यस कारोबारका प्रमुख चुनौती हुन्। नेपालबाट प्रत्यक्ष ढुवानी सीमित हुँदा भारतमार्गको निर्भरता बढेको छ। प्रत्येक पटक कडा जैवसुरक्षा मापदण्डबाट गुज्रिनुपर्छ। निश्चित स्थानमा खेप पुगेपछि सरकारी निरीक्षक स्वयं आएर जाँच गर्छन्, प्रमाणीकरण भएपश्चात् मात्र वितरण खोल्न पाइन्छ।

अष्ट्रेलियामा नेपाली स्वाद पस्किंदै कक्षपति जोडीयो कडाइ आफैंमा सिकाइको पाठ हो’ भूषणको धारणा छ, ‘नेपालले उत्पादनपूर्व परीक्षण, प्याकेजिङ, लेबलिङट्रेसबिलिटी घरेलु तहमै कडाइका साथ अवलम्बन गरेमा उच्च मापदण्डका बजारमा पाइला बढाउन सजिलो हुन्छ।’

सिड्नीमा रहेको वेयरहाउसटुरिटेल मोडल मार्फत सगुनले माग पूर्वानुमान, स्टक व्यवस्थापन र ढुवानी शृंखला (कोल्ड/ड्राई चेन) सम्हाल्दै आएको छ। अर्डर व्यवस्थापन प्रणाली बलियो बनाइसकेपछि अष्ट्रेलियाभरिका खुद्रा स्टोरसँगको सहकार्य विस्तार भएको छ। यसले व्यावसायिक पक्षसँगै सामुदायिक प्रभाव पनि बढाएको छ। नेपाल सम्बन्धी सांस्कृतिक मेला, प्रदर्शनी र चाख्ने कार्यक्रमहमार्फत उपभोक्तालाई प्रत्यक्ष जोड्ने पहल नियमित भइरहेको कम्पनीको दाबी छ।

व्यवसाय निर्माणसँगै गुणस्तर र नियमनमा उनीहरूको जोड बढेको छ। अष्ट्रेलियामा आवश्यक हुने फाइटोस्यानिटरी/फुडसेफ्टी कागजात, मापदण्ड अनुसारको लेबलिङ, एलर्जेन सूचनाहरू, ‘यूजबाइ/बेस्टबिफोर’ जस्ता विवरणहरूलाई नेपालमै तयार पार्दा खेप पास हुने सम्भावना उच्च रहने अनुभव उनीहरूको छ।

नेपाल सरकार र सरोकारवालाले प्रिएक्सपोर्ट प्रमाणीकरण, ग्रेडिङ केन्द्र, प्याकिङ हाउसट्रेसबिलिटी प्रणालीलाई एक ढाँचामा ल्याइदिन सके निर्यातको लागत घट्छ र खरिदकर्ताको विश्वास बढ्छ’, सेलिनाको सुझाव छ।

अष्ट्रेलियामा नेपाली स्वाद पस्किंदै कक्षपति जोडी

भूषणसेलिना दम्पतीको टोलीले आगामी वर्ष सिड्नीभित्रै नयाँ ‘अनुभवकेन्द्र’ (शोरूम) खोल्ने योजना अघि सारेका छन्। सोसँगै इकमर्स क्षमतालाई बलियो बनाउने, वास्तविकसमय ट्र्याकिङ, क्लिकएन्डकलेक्ट तथा क्षेत्रीयक्षेत्रीय वितरण साझेदार थप्ने रोडम्याप सार्वजनिक गरेको छ। लक्ष्य छ, ओम्नीच्यानल मोडललाई संस्थागत गर्दै नेपाली उत्पादनलाई मुख्यधारको सेल्फस्पेसमा झन् स्थिर बनाउने।

उनीहरूको कथा संघर्ष र सोझो दृष्टिकोणको मिश्रण हो। बाल्यकालदेखि परिवारको व्यापारिक पृष्ठभूमिले दिएको ‘जोखिम लिने साहस’ अष्ट्रेलियामा आम नेपालीले रोज्ने सामान्य कामबाट शुरु भएको कठिन यात्रामा मार्गदर्शक बन्यो।

व्यवसाय शुरु गर्दा कहाँ पुगिन्छ भनेर अनुमान गर्नु एउटा कुरा हो’ भूषण भन्छन्, ‘तर संस्कृतिसँग जोडिएको मूल्य नै हाम्रो उत्प्रेरक हो।’

नेपाल फर्कने कि नफर्कने जिज्ञासामा उनीहरूको जवाफ सजिलो छ, ‘जहाँबाट नेपाललाई सबभन्दा धेरै जोड्न र योगदान गर्न सकिन्छ, अहिलेका लागि त्यो स्थान यही अष्ट्रेलिया हो; तर सम्पर्क र योगदान दुवै दिशातिर बहिरहेकै छन्।’

सगुन ग्रुपले नेपाली खानेकुरालाई मात्र पूरा अष्ट्रेलिया विस्तार गरेको छैन, नेपाली चाडबाड र रीतिरिवाजमा प्रयोग हुने सरसामानलाई पनि कक्षपति दम्पतीले अष्ट्रेलिया भित्र्याएका छन्।

‘जहाँबाट नेपाललाई सबभन्दा धेरै जोड्न र योगदान गर्न सकिन्छ, अहिलेका लागि त्यो स्थान यही अष्ट्रेलिया हो; तर सम्पर्क र योगदान दुवै दिशातिर बहिरहेकै छन्।’

भन्छन्, ‘धर्मकर्ममा प्रयोग हुने सरसामानको अभावमा प्रवासमा नेपाली संस्कृति हराउनुहुन्न भन्ने हाम्रो मान्यता हो। त्यसकारण पनि दशैं, तिहार, छठ, नेपाल संवत्, ल्होछार लगायत चाडमा प्रयोग हुने सामानहरू हामी अष्ट्रेलियाका नेपाली घरघरमा पुर्‍याउन सक्षम भएका छौं।’

उनीहरू थप्छन्, ‘यसकारण पनि यहाँ जन्मिएका र हुर्किएका नेपालीका दोस्रो पुस्तालाई नेपाली कला, संस्कृति, चाडबाड, रीतिरिवाज र धर्मकर्ममा प्रयोग हुने सरसामानको बारेमा ज्ञान बाँड्न सजिलो भएको छ।’

अष्ट्रेलियामा नेपाली स्वाद पस्किंदै कक्षपति जोडीश्रीमान्-श्रीमती रथका दुईपांग्रा हुन्। यी दुवै पांग्रा बलियो भयो भने रथ अगाडि बढ्छ भन्ने कुरालाई आत्मसात् गर्दै प्रवासी जीवनलाई अगाडि बढाइरहेको यो जोडीको मिहिनेत, संघर्ष र निरन्तरता साँच्चै अरूको लागि पनि यतिबेला प्रेरणा बन्ने गरेको छ। दुई सन्तानको रेखदेखका साथै पचासौं नेपाली कर्मचारीको अभिभावक बनेको यो जोडीले अष्ट्रेलियामा नेपाली समाजले आयोजना गर्ने विविध कार्यक्रमतिर पनि सगुन ग्रुपमार्फत आफ्नो सहभागिता जनाउँदै आएको छ।

हाम्रो सम्बन्ध र साथ विशेषत: नेपाली समुदायमा समर्पित छ। उहाँहरूको माया र साथले नै हामी अगाडि बढेका छौं भने उहाँहरूको आयोजनामा हामीले पनि साथ र समर्थन दिनुपर्छ भन्ने लागेर नै हामीले सहभागिता जनाउँदै आएका हौं। यो हाम्रो धर्म पनि हो’, भूषण भन्छन्।

समग्रमा, सगुनले अष्ट्रेलियामा नेपाली वस्तुको व्यावसायिक विस्तार मात्र गरेको छैन; परम्परा, कला र संस्कृतिको परिचयलाई पनि सम्हालेर अघि बढाएको छ। कडाइपूर्ण नियमन, सीमित ढुवानी विकल्प र प्रतिस्पर्धी बजार बीच पनि नेपाली उत्पादनले दह्रो उपस्थिति जनाएको यो उदाहरणले आगामी वर्षहरूमा नेपालको गुणस्तरीय निर्यात सम्भावनालाई अझ स्पष्ट पारेको छ।

अष्ट्रेलिया जस्तो उच्च मापदण्डको बजारमा बनेको सगुनको उपस्थितिले नेपालमा प्रिएक्सपोर्ट गुणस्तर प्रणाली सुदृढ पार्नुपर्ने आवश्यकता स्पष्ट देखाएको छ। नीतिगत सहजीकरण र उद्योगकिसाननिर्यातकर्ताखुद्रा शृंखला जोड्ने समन्वय बनेमा ‘नेपाली ब्रान्ड’ को विश्व उपस्थितिमा यो प्रयास महत्वपूर्ण कडी बन्न सक्छ।





Source link

Leave a Comment