अष्ट्रेलियाबाट फर्केर गार्मेन्ट उद्योगमा जमेको जोडी

अष्ट्रेलियाबाट फर्केर गार्मेन्ट उद्योगमा जमेको जोडी


१० चैत, विराटनगर । अष्ट्रेलिया धेरै नेपाली युवालाई लोभ्याउने देश हो । विद्यार्थी, राम्रो कमाइ गर्ने जागिरदारदेखि चिकित्सकसम्म देश छाडेर अष्ट्रेलिया पुगेका छन् ।

बलियो सामाजिक सुरक्षा, शिक्षा, स्वास्थ्य तथा रोजगारीको अवसर भएको मुलुक भएकै कारण हजारौं युवा अष्ट्रेलिया पुग्न मरिहत्ते गरिरहेका हुन्छन् ।

तर, ३६ वर्षीय ओमप्रकाश चौधरी र ३१ वर्षीया मनिषा झाको दम्पतीले भने अष्ट्रेलियाको आकर्षक कमाइ त्यागेर नेपालमा उद्यम गर्ने साहसिक बाटो रोजे ।

उनीहरुको पुस्ता दिनहुँ विदेशिएका बेला यी दुई जना भने नेपाल फर्केर विराटनगर महानगरपालिका–१२ स्थित आफ्नै गार्मेन्ट उद्योगमा दिनरात खटिरहेका थिए ।

कुनै बेला अष्ट्रेलियामै बस्ने योजनासहित पुगेका उनीहरु नेपालमै केही गर्ने सोच बोकेर सन् २०१७ मा फर्किएका हुन् ।

अष्ट्रेलियाको पीआर (स्थायी बसोबास) त्यागेर फर्किएका ओमप्रकाश र मनिषाको घरमै छ कपडा बुन्ने आधुनिक मेसिन । बजारको माग अनुसारका कपडा उत्पादन गर्न १२ जना श्रमिक राखेका छन् ।

उनीहरुले तीन वर्षता सिजन र डिजाइन अनुसारका कपडा उत्पादन गरी बजारमा पठाउँदै आइरहेका छन् । कमाइ पनि राम्रै भइरहेको छ ।

पुरानो घर जनकपुर भएका ओमप्रकाश कक्षा १२ को परीक्षा दिएपछि सन् २००६ मा अष्टे्रलिया गएका थिए । १८ वर्षको उमेरमै अष्ट्रेलिया पुगेका उनले अष्ट्रेलियाको सीपीए (लेखासँग सम्बन्धित एक कोर्स– सर्टिफाइड पब्लिक एकाउन्ट) अध्ययन गरे ।

अध्ययनपछि राम्रो जागिर पनि पाए । अष्ट्रेलियाको बसाइ र रोजगारी दुबै राम्रो थियो । पीआर पाएपछि सन् २०१४ मा श्रीमती मनिषालाई पनि अष्ट्रेलिया लगे । अष्ट्रेलियामा उनीहरुको छोरा जन्मियो । एउटा आम नेपालीले देख्ने सपना उनले पूरा गरिसकेका थिए । तर उनको मन अष्ट्रेलियामा अडिन मानेन, उनले नेपाल सम्झिरहे ।

नेपाल फर्किन पाए हुन्थ्यो भन्ने मात्र लागिरह्यो । नेपालमै केही गर्ने सोचसहित सन् २०१७ ओमप्रकाश र मनिषा घर फर्किने निर्णयमा पुगे । अष्ट्रेलियाको सुखसयल त्यागेर एक वर्षीय छोरो बोकेर घर फर्किए ।

घर फर्कदा व्यापार गर्ने सोचमा थिएनन् ओमप्रकाश र मनिषा । ओमप्रकाश नेपालमा चार्टर्ड एकाउन्टेन्टको लाइसेन्स लिने र त्यसैसँग सम्बन्धित व्यवसाय गर्ने योजनामा थिए । तर उनले नेपालमा चार्टर्ड एकाउन्टेन्टको लाइसेन्स परीक्षा दिन पाएनन् ।

‘विदेशमा हुँदा राष्ट्रियताको भावना धेरै थियो, नेपालमै गएर केही गर्छु भनेर सबै छाडेर आइयो’, उनले भने, ‘यताका (नेपालका) सीए चाहिँ सीपीएमा जाने बाटो रहेछ, सीपीएबाट यता सीएमा आउने बाटो चाहिँ सम्झौतामा खोलेको छैन भन्ने जवाफ दिए, त्यत्तिकै दुई वर्ष भुलाई दिए ।’ सरकारी निकायले चाडै समस्या समाधान गर्ने बताएपछि दुई वर्षसम्म टुङ्गो लागेन । त्यसपछि व्यापार गर्ने निर्णयमा पुगे ।

गार्मेन्टको कामका बारेमा ओमप्रकाशलाई थाहा थिएन । मनिषाका बुबाले विराटनगरमा गार्मेन्टको काम गरेका थिए । ओमप्रकाश र मनिषा त्यही व्यापारलाई नयाँ ढंगले अघि बढाउने योजनामा लागे ।

सन् २०१९ मा छोराको नाममा ‘ओमन्स गार्मेन्ट एण्ड स्वेट्स’ उद्योग स्थापना गरे । गार्मेन्टको काम गर्दा सुरुमा उनीहरु पाइला पाइलामा ठगिए । व्यापार मन्दीले थलियो । तर पनि हरेस खाएनन्, आफ्नो कर्ममा लागिरहे । अहिले बजार राम्रो छ, कारखानामा नयाँ मेसिन र कामदार पनि थपेका छन् । उद्योगमा ६० लाख रुपैयाँ भन्दा बढी लगानी गरिसकेका छन् ।

मनिषा भन्छिन्, ‘अहिले व्यापार राम्रो छ, फेरि विदेश जाने चाहना छैन ।’ उनका अनुसार यसअघिका ७–८ महिना व्यापारमा मन्दी थियो । जाडो सिजनपछि भने उद्योग राम्रोसँग चलिरहेको छ ।

ओमप्रकाशका अनुसार सीएको लाइसेन्स परीक्षा दिन पाएको भए उनीहरु गार्मेन्ट व्यवसायमा आउने थिएनन् । ‘डाइरेक्सन नै अर्के हुन्थ्यो, काठमाडौंमा बसाइ हुन्थ्यो’, उनी भन्छन् ।





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School