अष्ट्रियामा सिरियन शरणार्थीले छुरा चलाए, प्रहरी कारण खोज्दै



प्रकाशित मिति : फाल्गुन ३, २०८१ शनिबार

अष्ट्रियामा छुरा प्रहारबाट एक जनाको हत्या भएको छ । अन्य ५ जना घाइते बताएका छन । छुरा प्रहारबाट १४ बर्षीय बालकको ज्यान गएको हो ।

छुरा प्रहारमा सम्लग्न व्यक्ति २३ बर्षीय सिरियन शरणार्थी भएको त्यहाँको प्रहरीले बताएको छ । उनलाई घटनास्थलबाटै पक्राउ गरिएको थियो । घटनाको कारण थाहा हुन सकिरहेको छैन ।

शहरको मुख्य चौक नजिकको स्थानमा घटना भएको थियो । घाइते भएका पाँचजनामध्ये दुईजनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

अष्ट्रियामा सिरियन शरणार्थीले छुरा चलाए, प्रहरी कारण खोज्दै

एक डेलिभरी कामदारले सवारी चलाइरहेको बेला आक्रमणकारीलाई देखे पछि ठक्कर दिएका कारण ति आक्रमणकारी थप अरुलाई आक्रमण गर्न पाएनन । ति डेलिभरी चालक पनि सिरियन नागरिक भएको बताइएको छ ।

अष्ट्रियन कानून अनुसार आक्रमणकारीको पहिचान सार्वजनिक गरिएको छैन । तर प्रहरीले आक्रमणकारी २३ वर्षीय सिरियन पुरुष हुन भनेर पुष्टि गरेको छ ।

आक्रमणकारीसँग अस्थायी आवास अनुमति थियो । उनी शरणार्थी आवेदनको निर्णयको पर्खाइमा रहेका थिए । मृतक किशोरको पहिचान पनि हालसम्म सार्वजनिक गरिएको छैन।

यो आक्रमण शरणार्थी कानून र गत वर्षको चुनावपछि राजनीतिक संकटको बीचमा भएको हो । जसमा अष्ट्रियाको दक्षिणपन्थी फ्रीडम पार्टी पहिलो पटक अग्रस्थानमा आएको थियो ।

फ्रीडम पार्टीका प्रमुख हर्बर्ट किक्लले भिल्लाच आक्रमणले अष्ट्रियाले शरणार्थीमाथि कडा कारबाही गर्न आवश्यक रहेको स्पष्ट पारेको बताएका छन ।

अष्ट्रियामा सिरियन शरणार्थीले छुरा चलाए, प्रहरी कारण खोज्दै





Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School