अवैध आप्रवासनलाई प्रोत्साहन गर्ने विदेशका सरकारी कर्मचारीलाई अमेरिकी भिसा प्रतिबन्ध घोषणा



प्रकाशित मिति : फाल्गुन २१, २०८१ बुधबार

अवैध आप्रवासनलाई प्रोत्साहन गर्ने विदेशका सरकारी कर्मचारीलाई अमेरिकी भिसा प्रतिबन्ध घोषणा

अमेरिकी विदेश मन्त्रालयले अवैध आप्रवासनलाई सघाउने विदेशका सरकारी अधिकारी र कर्मचारी लगायतलाई भिसा प्रतिबन्ध लगाउने घोषणा गरेको छ । अमेरिकालाई सुरक्षित, बलियो र थप समृद्ध बनाउन अमेरिकाको सिमाना सुरक्षित गर्नु अत्यन्तै महत्त्वपूर्ण रहेको उल्लेख गर्दै अमेरिकी विदेशमन्त्री मार्को रुबियालेले बुधबार नयाँ भिसा प्रतिबन्ध नीति घोषणा गरेका हुन् ।

यो प्रतिबन्ध अवैध आप्रवासनलाई सघाउने विदेशी सरकारका अधिकारीहरु, अध्यागमन र भन्सार अधिकारीहरू, विमानस्थल र बन्दरगाह प्राधिकरणका अधिकारीहरूका हकमा लागु हुनेछ । त्यस्तै अमेरिकामा अवैध आप्रवासनलाई जानाजानी सहयोग पुर्‍याउन जिम्मेवार सबै व्यक्तिका सन्दर्भमा यो प्रतिबन्ध लागु हुने अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।

अध्यागमन कानून लागू गर्न असफल भएमा वा अमेरिकाको दक्षिणपश्चिम सिमाना हुँदै गैरकानूनी रूपमा अमेरिकामा प्रवेश गर्न चाहने विदेशीहरूको ट्रान्जिटलाई जानाजानी सहज बनाउने नीति र अभ्यासहरू स्थापना र कार्यान्वयन गर्ने लगायतलाई पनि भिसा प्रतिबन्ध लगाइने भएको छ । आप्रवासी मार्गहरूमा रहेका देशहरूले गैरकानूनी रूपमा अमेरिकामा प्रवेश गर्न खोज्ने विदेशीहरूको ट्रान्जिटलाई रोक्नको लागि आफ्नो भूमिका खेल्नुपर्ने रुबियोले वक्तव्यमार्फत बताएका छन् ।

अवैध आप्रवासनलाई प्रोत्साहन गर्ने विदेशका सरकारी कर्मचारीलाई अमेरिकी भिसा प्रतिबन्ध घोषणा

अवैध आप्रवासनलाई प्रोत्साहन गर्ने विदेशका सरकारी कर्मचारीलाई अमेरिकी भिसा प्रतिबन्ध घोषणा

अवैध आप्रवासनलाई प्रोत्साहन गर्ने विदेशका सरकारी कर्मचारीलाई अमेरिकी भिसा प्रतिबन्ध घोषणा

यो नयाँ नीतिले २०२४ मा विस्तार गरिएको अवस्थित थ्रीसी नीतिलाई पूरक बनाउने विदेश मन्त्रालयको भनाई छ । २०२४ को नीति निजी क्षेत्रका ट्राभल एजेन्सी लगायतसँग सम्बन्धित छ जसमा जानीजानी अमेरिकामा अवैध आप्रवासनका लागि यातायात र यात्रा सेवाहरू प्रदान गर्नेहरुलाई भिसा प्रतिबन्ध लगाउने उल्लेख थियो ।

ती अधिकारीहरूले अवैध आप्रवासन र ट्रान्जिट रोक्नको लागि कानून लागु नगरेसम्म उनीहरुमाथिका प्रतिबन्धहरु जारी रहने रुबियोको भनाई छ । उनले राष्ट्रिय सुरक्षा हितको रक्षा गर्न अमेरिका पछि नहट्ने बताएका छन् ।

यो भिसा प्रतिबन्ध नीति अध्यागमन र राष्ट्रियता ऐनको धारा ए ३ सी अनुसार भएको विदेश मन्त्रालयले जनाएको छ । यो ऐनले अमेरिकामा प्रवेश गर्दा लागि सम्भावित रूपमा गम्भीर प्रतिकूल विदेश नीति परिणामहरू हुन सक्ने कुनै पनि विदेशीलाई भिसा प्रतिबन्ध लगाउनसक्ने अधिकार अमेरिकी विदेशमन्त्रीलाई दिएको छ । उनीहरुका परिवारका सदस्यहरू पनि यी प्रतिबन्धहरूमा समावेश हुनसक्ने जनाइएको छ ।





Source link

Leave a Comment