अर्बपति गेट्स भन्छन : ६० बिलियन डलर परोपकारी काममा खर्च गरे,अझै खर्च गर्ने मन छ



प्रकाशित मिति : माघ २१, २०८१ सोमबार

माइक्रोसफ्टका सह संस्थापक बिल गेट्सले आफनो परोपकारी संस्थामार्फत ६० बिलियन डलर खर्च गरिसकेको बताएका छन । यो रकम बुल्गेरियाको समग्र अर्थतन्त्र बराबर हुन आउँछ ।

उनले यो रकम रोक्न सकिने रोगको नियन्त्रण गर्न र गरिबी घटाउनका लागि परोपकारी संस्था गेट्स फाउन्डेशनमार्फत खर्च गरेको बताएका हुन ।

बीबीसीसँगको अन्तर्वार्ताको क्रममा उनले आफनो सम्पतिको अझै धेरै रकम परोपकारको लागि खर्च गर्न इच्छुक रहेको खुलासा गरे । गेट्स फाउण्डेसन पूर्व पत्नी मेलिण्डासँग मिलेर उनले स्थापना गरेका थिए ।

ब्लूमबर्गका अनुुसार विश्वका १०० बिलियन डलर सम्पति भएका १५ जना धनीको सूचीमा गेट्सको पनि नाम छ । उनीसँग १६० बिलियन डलर सम्पति भएको ब्लूमबर्गले उल्लेख गरेको छ ।

धेरै बर्षसम्म विश्वका धनी व्यक्तिहरुको सुचिमा गेट्स पहिलो नम्बरमा रहेका थिए । अहिले भने टेस्लाका मालिक एलन मस्क विश्वका सबैभन्दा धनि व्यक्तिको रुपमा पहिलो नम्बरमा रहेका छन ।

गेट्सले आफनो सम्पतिको धेरै भाग अरुलाई दिन रुचाउने बताउदै मे महिनामा फाउण्डेसनको २५ औ बार्षिकउत्सवको अवसरमा नयाँ घोषणा गर्ने उल्लेख गरे । आमाको प्रेरणाले आफुले परोपकारी कर्म थालेको उनले बताएका छन ।

तीन सन्तानका पिता रहेका गेट्सले सन्तानको लागि केहि सम्पति सुरक्षित गरिदिने बाहेक अरु सबै परोपकारी कर्ममा खर्चिने स्पष्ट पारेका छन ।

गेट्स गणितका विद्यार्थी हुन् । सिएटलको लेकसाइड स्कूलमा १३ वर्षको उमेरमा त्यस क्षेत्रका सबैभन्दा उत्कृष्ट हाई स्कूल गणित विद्यार्थी मध्ये गेट्स एकजना थिए। सिएटलको आफ्नो बाल्यकालको घरमा उनी अहिले बसेका छन् ।

अर्बपति गेट्स भन्छन : ६० बिलियन डलर परोपकारी काममा खर्च गरे,अझै खर्च गर्ने मन छ





Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School