काठमाडौं । आर्थिक वर्ष २०८१–८२ मा राष्ट्रिय वार्षिक कुल गार्हस्थ्य उत्पादनमा सबैभन्दा बढी योगदान बाग्मती प्रदेशको रहने देखिएको छ । प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन सबैभन्दा धेरै बाग्मती प्रदेशको र सबैभन्दा कम मधेश प्रदेशको हुने प्रारम्भिक अनुमान रहेको छ ।
राष्ट्रिय तथ्यांक कार्यालयले सोमबार सार्वजनिक गरेको प्रादेशिक लेखामान प्रतिवेदनअनुसार सबैभन्दा बढी आर्थिक वृद्धि भने गण्डकीको हुने देखिएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले चालू आवमा मुलुकको अर्थतन्त्रको आकार करिब ६१ खर्ब ७ अर्ब रुपैयाँ हुने अनुमान गरेकामा बाग्मती प्रदेशको मात्रै ३६ दशमलव ५२ प्रतिशत रहने अनुमान गरिएको छ ।
यसैगरी, नेपालको अर्थतन्त्रमा कोशी प्रदेशले १५ दशमलव ९० प्रतिशत, लुम्बिनी प्रदेशले १४ दशमलव २३ प्रतिशत, मधेश प्रदेशले १३ दशमलव १६ प्रतिशत, गण्डकी प्रदेशले ८ दशमलव ९८ प्रतिशत, सुदूरपश्चिम प्रदेशले ७ दशमलव शून्य ३ प्रतिशत र कर्णाली प्रदेशले ४ दशमलव १९ प्रतिशत योगदान पु¥याउने प्रारम्भिक अनुमान रहेको छ ।
गत वर्षको तुलनामा कुल गार्हस्थ्य उत्पादनमा कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमको योगदान सीमान्त रूपमा घटेको छ भने मधेश र बाग्मती प्रदेशको योगदान बढेको छ । आव २०८१–८२ मा प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन सबैभन्दा धेरै बाग्मती प्रदेशको र सबैभन्दा कम मधेश प्रदेशको हुने प्रारम्भिक अनुमान छ । आव २०८०–८१ मा पनि प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन सबैभन्दा धेरै बाग्मती प्रदेशको र सबैभन्दा कम मधेश प्रदेशको रहने संशोधित अनुमान गरिएको थियो । चालू आवमा प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन यूएस डलरमा बाग्मती प्रदेशको २ हजार ६ सय २, गण्डकी प्रदेशको १ हजार ६ सय १९ र कोशी प्रदेशको १ हजार ४ सय १ रहेको छ । यसैगरी, लुम्बिनी प्रदेशको १ हजार २ सय १, सुदूरपश्चिम प्रदेशको १ हजार १ सय ५३, कर्णाली प्रदेशको १ हजार ८९ र मधेश प्रदेशको ९ सय ३२ हुने प्रारम्भिक अनुमान गरिएको छ ।
चालू आवका लागि राष्ट्रिय तहमा प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन यूएस डलरमा १ हजार ४ सय ९६ हुने प्रारम्भिक अनुमान गरिएको छ । यस हिसाबले बाग्मती र गण्डकी प्रदेशबाहेक अन्य प्रदेशको प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन राष्ट्रिय औसतभन्दा कम रहेको देखिएको छ ।
आव २०८१–८२ को प्रारम्भिक अनुमानबमोजिम उपभोक्ताको मूल्यमा प्रादेशिक कुल गार्हस्थ्य उत्पादनको वृद्धिदर सबैभन्दा धेरै गण्डकी प्रदेशको ५ दशमलव ५१ प्रतिशतमा र त्यसपछिको धेरै बाग्मती प्रदेश ५ दशमलव १८ प्रतिशतमा हुने प्रक्षेपण रहेको छ । त्यसैगरी, सबैभन्दा थोरै वृद्धिदर सुदूरपश्चिम प्रदेश ३ दशमलव ३२ प्रतिशत मात्र हुने प्रारम्भिक अनुमान रहेको छ । स्थिर मूल्यमा मापन गरिएको उपभोक्ता मूल्यको राष्ट्रिय कुल गार्हस्थ्य उत्पादन वृद्धिदर ४ दशमलव ६१ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएकामा गण्डकी, बाग्मती, कर्णाली र लुम्बिनी प्रदेशको राष्ट्रिय वृद्धिदरभन्दा धेरै र बाँकी प्रदेशको राष्ट्रिय वृद्धिदरभन्दा थोरै हुने प्रारम्भिक अनुमान रहेको छ ।
औद्योगिक वर्गीकरणअनुसारको आर्थिक क्रियाकलापलाई हेर्दा गत आव र चालू आवमा बाग्मती प्रदेशबाहेक सबै प्रदेशमा कृषि क्षेत्रको योगदान सबैभन्दा बढी देखिएको छ भने बाग्मती प्रदेशमा थोक तथा खुद्रा व्यापार क्षेत्रको योगदान सबैभन्दा बढी देखिएको छ । आव २०८१–८२ मा राष्ट्रिय तहमा दोस्रो हिस्सा ओगटेको व्यापार क्षेत्रले कोशी तथा मधेश प्रदेशमा पनि दोस्रो हिस्सा नै ओगटेको छ ।
त्यसैगरी, बाग्मती प्रदेशमा घरजग्गासम्बन्धी कारोबार सेवाको हिस्सा दोस्रो स्थानमा रहेको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सार्वजनिक प्रशासन र रक्षा क्षेत्रको योगदान दोस्रो स्थानमा रहेको देखिन्छ । बाग्मती, मधेश र कर्णाली प्रदेशबाहेक सबै प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा प्रशासनिक सहयोगी सेवा क्रियाकलापको योगदान सबैभन्दा न्यून देखिन्छ भने बाग्मतीमा पानी आपूर्ति तथा फोहोर व्यवस्थापनसम्बन्धी क्रियाकलाप, मधेश तथा कर्णाली प्रदेशमा खानी तथा उत्खनन क्रियाकलापको योगदान सबैभन्दा न्यून देखिन्छ ।
कोशी प्रदेश
कोशी प्रदेशको कुल गार्हस्थ्य उत्पादन उपभोक्ताको मूल्यमा चालू आव २०८१–८२ का लागि करिब ९ खर्ब ७१ अर्ब रुपैयाँ हुने प्रारम्भिक अनुमान गरिएको छ भने गत आव २०८०–८१ मा करिब ९ खर्ब ९ अर्ब रुपैयाँ रहने संशोधित अनुमान गरिएको छ । चालू आवमा सो प्रदेशले राष्ट्रिय तहको कुल गार्हस्थ्य उत्पादनमा १५ दशमलव ९ प्रतिशत योगदान पु¥याउने प्रारम्भिक अनुमान गरिएको छ । गत आव २०८०–८१ मा पनि सो प्रदेशले १५ दशमलव ९ प्रतिशत योगदान पु¥याउने संशोधित अनुमान रहेको छ ।
चालू आवमा कोशी प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा सबैभन्दा धेरै योगदान कृषि, वन तथा मत्स्य क्षेत्र (३४ दशमलव शून्य ५ प्रतिशत)को रहने र सबैभन्दा न्यून योगदान प्रशासनिक सहयोगी सेवा क्षेत्र (शून्य दशमलव ३२ प्रतिशत)को रहने प्रारम्भिक अनुमान रहेको छ । आव २०८०–८१ मा पनि कृषि क्षेत्र (३३ दशमलव ४५ प्रतिशत)को योगदान गरी अग्रस्थानमा हुने र प्रशासनिक सहयोगी सेवा क्षेत्रको योगदान अन्तिम स्थान (शून्य दशमलव ३२ प्रतिशत)मा रहने संशोधित अनुमान गरिएको छ ।
मधेश प्रदेश
मधेश प्रदेशको कुल गार्हस्थ्य उत्पादन उपभोक्ताको मूल्यमा चालू आव २०८१–८२ का लागि करिब ८ खर्ब ४ अर्ब रुपैयाँ हुने प्रारम्भिक अनुमान गरिएको छ भने गत आव २०८०–८१ मा करिब ७ खर्ब ५३ अर्ब रुपैयाँ रहने संशोधित अनुमान गरिएको छ । चालू आवमा यस प्रदेशले राष्ट्रिय तहको कुल गार्हस्थ्य उत्पादनमा १३ दशमलव १६ प्रतिशत योगदान पु¥याउने प्रारम्भिक अनुमान गरिएको छ । गत आव २०८०–८१ मा पनि यस प्रदेशले १३ दशमलव १६ प्रतिशत योगदान पु¥याउने संशोधित अनुमान रहेको थियो । त्यसैगरी, चालू आवमा यस प्रदेशको स्थिर मूल्यमा मापन गरिएको उपभोक्ता मूल्यको कुल गार्हस्थ्य उत्पादनको वृद्धिदर ४ दशमलव ५० प्रतिशत हुने प्रारम्भिक अनुमान र गत आव २०८०–८१ मा ३ दशमलव ७४ प्रतिशत रहने संशोधित अनुमान गरिएको छ । चालू आवमा मधेश प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा सबैभन्दा धेरै योगदान कृषि, वन (३६ दशमलव ७३ प्रतिशत) रहने र सबैभन्दा न्यून योगदान खानी तथा उत्खनन क्षेत्र (शून्य दशमलव १५ प्रतिशत)को रहने प्रारम्भिक अनुमान रहेको छ । गत आव २०८०–८१ मा पनि कृषि क्षेत्र (३५ दशमलव ९२ प्रतिशत)को योगदानसहित अग्रस्थानमा हुने र खानी तथा उत्खनन क्षेत्र (शून्य दशमलव १५ प्रतिशत) मा रहने संशोधित अनुमान गरिएको थियो ।
बाग्मती प्रदेश
बाग्मती प्रदेशको कुल गार्हस्थ्य उत्पादन उपभोक्ताको मूल्यमा चालू आव २०८१–८२ का लागि करिब २२ खर्ब ३० अर्ब रुपैयाँ हुने प्रारम्भिक अनुमान गरिएको छ । गत आ ०८०–८१ मा करिब २० खर्ब ६९ अर्ब रहने संशोधित अनुमान गरिएको थियो । चालू आवमा यस प्रदेशले राष्ट्रिय तहको कुल गार्हस्थ्य उत्पादनमा ३६ दशमलव ५२ प्रतिशत योगदान पु¥याउने प्रारम्भिक अनुमान गरिएको छ । गत आव २०८०–८१ मा सो प्रदेशले ३६ दशमलव २० प्रतिशत योगदान पु¥याउने संशोधित अनुमान रहेको थियो । त्यसैगरी, चालू आवमा यस प्रदेशको स्थिर मूल्यमा मापन गरिएको उपभोक्ता मूल्यको कुल गार्हस्थ्य उत्पादनको वृद्धिदर ५ दशमलव १८ प्रतिशत हुने प्रारम्भिक अनुमान छ । गत आव २०८०–८१ मा ३ दशमलव ७० प्रतिशत रहने संशोधित अनुमान गरिएको थियो । चालू आवमा बाग्मती प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा सबैभन्दा धेरै योगदान थोक तथा खुद्रा व्यापार क्षेत्र (२२ दशमलव ५५ प्रतिशत)को रहने र सबैभन्दा न्यून योगदान पानी आपूर्ति, ढल, फोहोर व्यवस्थापन क्षेत्र (शून्य दशमलव २७ प्रतिशत)को रहने प्रारम्भिक अनुमान रहेको छ ।
गण्डकी प्रदेश
गण्डकी प्रदेशको कुल गार्हस्थ्य उत्पादन उपभोक्ताको मूल्यमा चालू आव २०८१–८२ का लागि करिब ५ खर्ब ४८ अर्ब रुपैयाँ हुने प्रारम्भिक अनुमान गरिएको छ । गत आव २०८०–८१ मा करिब ५ खर्ब १८ अर्ब रहने संशोधित अनुमान गरिएको थियो । चालू आवमा यस प्रदेशले राष्ट्रिय तहको कुल गार्हस्थ्य उत्पादनमा ८ दशमलव ९८ प्रतिशत योगदान पु¥याउने प्रारम्भिक अनुमान गरिएको छ । गत आव २०८०–८१ मा यस प्रदेशले ९ दशमलव शून्य ६ प्रतिशत योगदान पु¥याउने संशोधित अनुमान रहेको थियो ।
यसैगरी, चालू आवमा यस प्रदेशको स्थिर मूल्यमा मापन गरिएको उपभोक्ता मूल्यको कुल गार्हस्थ्य उत्पादनको वृद्धिदर ५ दशमलव ५१ प्रतिशत हुने प्रारम्भिक अनुमान छ । गत आव २०८०–८१ मा ४ दशमलव शून्य ९ प्रतिशत रहने संशोधित अनुमान गरिएको थियो ।
चालू आवमा गण्डकी प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा सबैभन्दा धेरै योगदान कृषि, वन तथा मत्स्य क्षेत्र (२७ दशमलव १० प्रतिशत) रहने र सबैभन्दा न्यून योगदान प्रशासनिक तथा सहयोगी सेवा क्षेत्र (शून्य दशमलव ३२ प्रतिशत) रहने प्रारम्भिक अनुमान रहेको छ । गत आव २०८०–८१ मा पनि कृषि, वन तथा मत्स्य क्षेत्र (२६ दशमलव ३ प्रतिशत)को योगदान सहित अग्रस्थानमा हुने र प्रशासनिक तथा सहयोगी सेवा क्षेत्रको योगदान अन्तिम स्थान (शून्य दशमलव ३१ प्रतिशत)मा रहने संशोधित अनुमान गरिएको छ ।
लुम्बिनी प्रदेशको कुल गार्हस्थ्य उत्पादन उपभोक्ताको मूल्यमा चालू आव २०८१–८२ का लागि करिब ८ खर्ब ६९ अर्ब हुने प्रारम्भिक अनुमान गरिएको छ । गत आव २०८०–८१ मा करिब ८ खर्ब १६ अर्ब रहने संशोधित अनुमान गरिएको थियो । चालू आवमा यस प्रदेशले राष्ट्रिय तहको कुल गार्हस्थ्य उत्पादनमा १४ दशमलव २३ प्रतिशत योगदान पु¥याउने प्रारम्भिक अनुमान गरिएको छ ।
आव २०८०–८१ मा सो प्रदेशले १४ दशमलव २७ प्रतिशत योगदान पु¥याउने संशोधित अनुमान रहेको छ । त्यसैगरी, चालू आवमा सो प्रदेशको स्थिर मूल्यमा मापन गरिएको उपभोक्ता मूल्यको कुल गार्हस्थ्य उत्पादनको वृद्धिदर ४ दशमलव ७० प्रतिशत हुने प्रारम्भिक अनुमान छ । गत आव २०८०–८१ मा ३ दशमलव ९४ प्रतिशत रहने संशोधित अनुमान गरिएको थियो । चालू आवमा लुम्बिनी प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा सबैभन्दा धेरै योगदान कृषि, वन तथा मत्स्य क्षेत्र (३१ दशमलव शून्य २ प्रतिशत) को रहने र सबैभन्दा न्यून योगदान प्रशासनिक तथा सहयोगी सेवा क्षेत्र (शून्य दशमलव ३५ प्रतिशत)को रहने प्रारम्भिक अनुमान रहेको छ ।
लुम्बिनी प्रदेश
लुम्बिनी प्रदेशको कुल गार्हस्थ्य उत्पादन उपभोक्ताको मूल्यमा चालू आव २०८१–८२ का लागि करिब ८ खर्ब ६९ अर्ब रुपैयाँ हुने प्रारम्भिक अनुमान गरिएको छ । गत आव २०८०–८१ मा करिब ८ खर्ब १६ अर्ब रहने संशोधित अनुमान गरिएको थियो । चालू आवमा यस प्रदेशले राष्ट्रिय तहको कुल गार्हस्थ्य उत्पादनमा १४ दशमलव २३ प्रतिशत योगदान पु¥याउने प्रारम्भिक अनुमान गरिएको छ ।
आव २०८०–८१ मा सो प्रदेशले १४ दशमलव २७ प्रतिशत योगदान पु¥याउने संशोधित अनुमान रहेको छ । त्यसैगरी, चालू आवमा सो प्रदेशको स्थिर मूल्यमा मापन गरिएको उपभोक्ता मूल्यको कुल गार्हस्थ्य उत्पादनको वृद्धिदर ४ दशमलव ७० प्रतिशत हुने प्रारम्भिक अनुमान छ । गत आव २०८०–८१ मा ३ दशमलव ९४ प्रतिशत रहने संशोधित अनुमान गरिएको थियो । चालू आवमा लुम्बिनी प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा सबैभन्दा धेरै योगदान कृषि, वन तथा मत्स्य क्षेत्र (३१ दशमलव शून्य २ प्रतिशत)को रहने र सबैभन्दा न्यून योगदान प्रशासनिक तथा सहयोगी सेवा क्षेत्र (शून्य दशमलव ३५ प्रतिशत)को रहने प्रारम्भिक अनुमान रहेको छ ।
कर्णाली प्रदेश
कर्णाली प्रदेशको कुल गार्हस्थ्य उत्पादन उपभोक्ताको मूल्यमा चालू आव २०८१–८२ का लागि करिब २ खर्ब ५६ अर्ब रुपैयाँ हुने प्रारम्भिक अनुमान गरिएको छ । गत आव २०८०–८१ मा करिब २ खर्ब ४५ अर्ब रहने संशोधित अनुमान गरिएको थियो । चालू आवमा यस प्रदेशले राष्ट्रिय तहको कुल गार्हस्थ्य उत्पादनमा ४ दशमलव १९ प्रतिशत योगदान पु¥याउने प्रारम्भिक अनुमान गरिएको छ । गत आव २०८०–८१ मा यस प्रदेशले ४ दशमलव २९ प्रतिशत योगदान प¥ुयाउने संशोधित अनुमान रहेको थियो ।
त्यसैगरी, चालू आवमा यस प्रदेशको स्थिर मूल्यमा मापन गरिएको उपभोक्ता मूल्यको कुल गार्हस्थ्य उत्पादनको वृद्धिदर ४ दशमलव ७४ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ । गत आव २०८०–८१ मा ३ दशमलव २६ प्रतिशत रहने संशोधित अनुमान गरिएको थियो । चालू आवमा कर्णाली प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा सबैभन्दा धेरै योगदान कृषि, वन तथा मत्स्य क्षेत्र (३१ दशमलव ५० प्रतिशत) रहने र सबैभन्दा न्यून योगदान खानी तथा उत्खनन क्षेत्र (शून्य दशमलव १७ प्रतिशत) रहने प्रारम्भिक अनुमान रहेको छ । गत आव २०८०–८१ मा पनि कृषि, वन तथा मत्स्य क्षेत्र (३० दशमलव १ प्रतिशत)सहित अग्रस्थानमा हुने अनुमान र खानी तथा उत्खनन क्षेत्रको योगदान अन्तिम स्थान (शून्य दशमलव १७ प्रतिशत) मा रहने संशोधित अनुमान गरिएको थियो ।
सुदूरपश्चिम प्रदेश
सुदूरपश्चिम प्रदेशको कुल गार्हस्थ्य उत्पादन उपभोक्ताको मूल्यमा चालू आव २०८१–८२ का लागि करिब ४ खर्ब ३० अर्ब रुपैयाँ हुने प्रारम्भिक अनुमान गरिएको छ । गत आव २०८०–८१ मा करिब ४ खर्ब ७ अर्ब रहने संशोधित अनुमान गरिएको थियो । चालू आवमा यस प्रदेशले राष्ट्रिय तहको कुल गार्हस्थ्य उत्पादनमा ७ दशमलव शून्य ३ प्रतिशत योगदान पु¥याउने प्रारम्भिक अनुमान गरिएको छ । गत आव २०८०–८१ मा यस प्रदेशले ७ दशमलव १२ प्रतिशत योगदान पु¥याउने संशोधित अनुमान गरिएको थियो ।
यसैगरी, चालू आवमा यस प्रदेशको स्थिर मूल्यमा मापन गरिएको उपभोक्ता मूल्यको कुल गार्हस्थ्य उत्पादनको वृद्धिदर ३ दशमलव ३२ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ । गत आव २०८०–८१ मा ३ दशमलव २८ प्रतिशत रहने संशोधित अनुमान गरिएको थियो ।
चालू आवमा सुदूरपश्चिम प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा सबैभन्दा धेरै योगदान कृषि, वन तथा मत्स्य क्षेत्र (३४ दशमलव ७२ प्रतिशत)को रहने र सबैभन्दा कम प्रशासनिक तथा सहयोगी सेवा क्षेत्र (शून्य दशमलव १३ प्रतिशत)को रहने प्रारम्भिक अनुमान रहेको छ । गत आव २०८०–८१ मा पनि कृषि, वन तथा मत्स्य क्षेत्र (३३ दशमलव ७ प्रतिशत)को योगदानसहित अग्रस्थानमा हुने र प्रशासनिक तथा सहयोगी सेवा क्षेत्रको योगदान अन्तिम स्थान (शून्य दशमलव १३ प्रतिशत)मा रहने संशोधित अनुमान गरिएको थियो । सुदूरपश्चिम प्रदेश प्रदेशमा क्षेत्रगत रूपमा हेर्दा चालू आवका लागि कुल मूल्य अभिवृद्धि वृद्धिदर सबैभन्दा धेरै विद्युत् तथा ग्याँस क्षेत्र (८ दशमलव ७३ प्रतिशत)को र सबैभन्दा कम शिक्षा क्षेत्र (१ दशमलव ८० प्रतिशत)को हुने प्रारम्भिक अनुमान गरिएको छ ।
(Visited 20 times, 1 visits today)
