अमेरिकी सेनाको आक्रमणमा सोमालियामा विद्रोही नेता मारिए



प्रकाशित मिति : माघ १९, २०८१ शनिबार

अमेरिकी सेनाको आक्रमणबाट सोमालियामा इस्लामिक स्टेट समूहका एकजना वरिष्ठ नेताको ज्यान गएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले समूहका एकजना योजनाकार र अन्य व्यक्तिहरूलाई लक्षित गरेर अमेरिकी सैनिक हवाई हमलाहरूको आदेश दिएपछि यो घटना भएको हो ।

‘गुफामा लुकेर बसिरहेका अमेरिकासँग र हाम्रा सहयोगीहरूलाई धम्की दिइरहेका ति व्यक्तिहरुलाई मारेका छौ’ ट्रम्पले सामाजिक मिडिया पोस्टमा लेखेका छन् । तर को मारिएका हुन भनेर उनले स्पष्ट पार्न खोजेका छैनन ।

‘हामीले उनीहरूको बसोबास गुफा नष्ट गर्यौं र धेरै आतंकवादीलाई मारेका छौं,’ उनले भनेका छन । आक्रमणले कुनैपनि नागरिकलाई क्षति नगरेको ट्रम्पले स्पष्ट पारेका छन । सोमालियाको राष्ट्रपति कार्यालयले X मा पोस्ट गर्दै उत्तर सोमालियामा वरिष्ठ IS नेताहरूलाई लक्षित गर्दै गर्ने भनिएको अमेरिकी हवाई हमलाबारे सूचना दिइएको थियो ।

सोमालियाका राष्ट्रपति हसन शेख महमदको कार्यालयले अन्तर्राष्ट्रिय आतंकवादविरुद्धको लडाइँमा अमेरिकाको अडिग समर्थनलाई स्वीकृत गरेको बताएको छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णायक नेतृत्व अन्तर्गत जारी प्रतिबद्धतालाई स्वागत गर्दछ कार्यालयले भनेको छ । अपरेसनले सोमालिया र अमेरिकाबीचको सशक्त सुरक्षा साझेदारीलाई मजबुत बनाउँछ राष्ट्रपति कार्यालयले भनेको छ ।

अमेरिकी रक्षा सचिव पीट हेग्सेथले हवाई हमलामा धेरै आतंकवादी मरेका र कुनै नागरिकलाई क्षति नपुगेको बताएका छन । हवाई हमलाहरू उत्तर पूर्व सोमालियाको गोलिस पर्वतमा गरिएको थियो।

अमेरिकी सेनाले २०२३ मा सोमालियाको उत्तरमा एक दुर्गम पर्वतीय गुफामा क्ष्क् नेता बिलाल अल सुदानी र उनका १० जना सहकर्मीलाई मारेका थिए । जुन अपरेसन राष्ट्रपति जो बाइडनको आदेशमा भएको थियो ।

सोमालिया अमेरिकाको लागि विशेष महत्त्वपूर्ण मानिन्छ । अल शबाबको खतरा रोक्नका लागि अमेरिकाले दशकोंदेखि सोमालियामा ठूलो लगानी गरेको छ ।

अमेरिकी सेनाको आक्रमणमा सोमालियामा विद्रोही नेता मारिए





Source link

Leave a Comment