अमेरिकी सहायता कटौतीले गोदाममै थन्कियो ११ मिलियन बराबरको गर्भनिरोधक सामग्री



प्रकाशित मिति : जेष्ठ २३, २०८२ शुक्रबार

विश्वका केही अति गरिब देशहरूमा अवाञ्छित गर्भधारण रोक्न सहयोग पुग्ने गर्भ निरोधक सामग्रीहरू अमेरिकी सहायता कटौतीका कारण गोदाममै थन्किएका छन्। सामग्रीहरू नष्ट गर्नुपर्ने स्थिति आउन सक्ने चेतावनी दिइएको छ।

बेल्जियम र दुबईमा सञ्चित ती सामग्रीहरूमा कन्डम, गर्भ निरोधक चक्की, इम्प्लान्ट र युटेरिन डिभाइस (आइयूडी) समावेश छन्। यिनको कुल मूल्य करिब ११ मिलियन अमेरिकी डलर बराबर रहेको अन्तर्राष्ट्रिय सञ्चार संस्था रोयटर्सले जनाएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ‘अमेरिका फर्स्ट’ नीतिअन्तर्गत सन् २०२० को फेब्रुअरीदेखि विदेशी सहायता कटौती थालिएपछि यो स्थिति उत्पन्न भएको हो। अमेरिकी सरकारले ती सामग्री न त दान गर्न चाहेको छ, न त ढुवानी खर्च बेहोर्न, जसका कारण तिनको आपूर्ति प्रक्रिया रोकिएको हो।

अमेरिकी सहायता कटौतीले गोदाममै थन्कियो ११ मिलियन बराबरको गर्भनिरोधक सामग्री

अमेरिकी सहायता कटौतीले गोदाममै थन्कियो ११ मिलियन बराबरको गर्भनिरोधक सामग्री

यूएसएआईडीले ती सामग्री व्यवस्थापन गरिरहेको ठेकेदार संस्था केमोनिक्स इन्टरनेशनल इंकलाई तिनलाई बेच्न वा अन्य तरिकाबाट व्यवस्थापन गर्न निर्देशन दिएको छ। तर, हालसम्म अमेरिकी सरकारबाट स्पष्ट निर्देशन नआएको र ढिलाइ भइरहेकाले समस्या थपिएको स्रोतहरूले बताएका छन्।

यूएसएआईडीको एक आन्तरिक ज्ञापन अनुसार ती सामग्री अन्य निकायलाई तुरुन्तै हस्तान्तरण नगरेमा फजुल खर्च र नोक्सानी हुन सक्छ।

पूर्व यूएसएआईडी अधिकारीका अनुसार, ती सामग्रीहरू विश्वका अति कमजोर अवस्थाका महिलाहरू विशेष गरी उप(सहारा अफ्रिकाका किशोरीहरू, द्वन्द्व प्रभावित महिला, र गरिब समुदायका लागि लक्षित थिए। यी सामग्रीहरूले न केवल अवाञ्छित गर्भधारण रोक्न, तर एचआईभी संक्रमण नियन्त्रणमा पनि महत्त्वपूर्ण भूमिका खेल्ने अधिकारीहरूको भनाइ छ।

संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (यूएनएफपीए) का आपूर्ति प्रमुख करेन होङले भनिन्, “हामी कुनै मुद्दामा धेरै समय अल्झिन सक्दैनौं। जब तात्कालिकता र स्पष्टता मेल खाँदैन, हामी वैकल्पिक योजना लागू गर्न बाध्य हुन्छौं।” उनले हालको संकट समाधान गर्न ‘प्लान बी’ कार्यान्वयन भइरहेको जानकारी दिइन्।

विश्लेषकहरूका अनुसार, यदि तत्काल निर्णय नगरिएमा लाखौं महिलाहरू स्वास्थ्य सेवा तथा सुरक्षित परिवार नियोजनको पहुँचबाट वञ्चित हुन सक्छन्। समय बित्दै जाँदा ती सामग्रीहरूको उपभोग्य म्याद पनि सकिने सम्भावना भएकाले तत्काल समाधानको माग गरिएको छ।

अमेरिकी सहायता कटौतीले गोदाममै थन्कियो ११ मिलियन बराबरको गर्भनिरोधक सामग्री





Source link

Leave a Comment