अमेरिकी सहयोगमा लुम्बिनी संग्रहालय संरक्षण परियोजना सुरु



प्रकाशित मिति : मंसिर २७, २०८१ बिहीबार

बुद्ध जन्मस्थल लुम्बिनीमा लुम्बिनी संग्रहालय संरक्षण परियोजना सुरु भएको छ ।

परियोजनाको अमेरिकी दुताबासको सार्वजनिक मामिला प्रमुख माइक हार्करले उद्घाटन गर्नुभएको छ । सो अबसरमा लुम्बिनी विकास कोष र पुरातत्व बिभागका प्रतिनिधिको सहभागिता रहेको थियो ।

स्थानीय र अन्तर्राष्ट्रिय विज्ञहरूलाई लुम्बिनी र वरपरका स्थलहरूका कलाकृतिहरू अध्ययन र संरक्षण गर्न सहयोग पु¥याउने सार्वजनिक मामिला प्रमुख हार्करले त्यस अबसरमा बताउनु भयो ।

अमेरिकी दुतावासको U.S. Ambassadors Fund for Cultural Preservation (AFCP) अन्र्तगत बुद्ध फाउण्डेसनले यो परियोजनाको कार्यन्वयन गर्नेछ । परियोजनाको लागि दुतावासले करिब सवा ३ करोड रुपैया अनुदान उपलव्ध गराएको छ ।

सो अबसरमा लुम्बिनी साँस्कृतिक नगरपालिकाका उपप्रमुख प्रमुख कल्पना हरिजन, लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्य, वरिष्ठ निर्देशक ज्ञानिन राई, बुद्ध फाउण्डेशनका निर्देशक आस्था थापाले संग्राहलयले पुरातात्विक अध्ययनमा ठूलो योगदान गर्ने बताउनु भयो ।

परियोजनाले नेपालको समृद्ध सम्पदालाई आगामी पुस्ताका लागि सुरक्षित र सुनिश्चित गर्दै साँस्कृतिक संरक्षणमा सीपहरू सुदृढ गरी तालिम लगायतका कार्यक्रमहरु पनि समावेश गरिएको छ ।

परियोजनाले संग्रहालयको प्राचीन कलाकृतिहरुको अमूल्य संग्रहको संरक्षण र दस्तावेजीकरण गर्नेछ । परियोजनाले लुम्बिनीमा पहिलो अत्याधुनिक संरक्षण प्रयोगशाला पनि स्थापना गर्ने बताइएको छ ।

नेपालका समृद्ध सम्पदालाई आगामी पुस्ताका लागि सुरक्षित गर्ने सुनिश्चित गर्दै सांस्कृतिक संरक्षणमा सीपहरू सुदृढ गर्ने लगाएतका तालिम कार्यक्रम पनि परियोजनामा समावेश गरिएका छन ।

अमेरिकी सहयोगमा लुम्बिनी संग्रहालय संरक्षण परियोजना सुरु

२००३ देखि अमेरिकी दूतावासले नेपालभर सांस्कृतिक संरक्षणलाई सहयोग गर्दै आएको छ ।





Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School