अमेरिकी समर्थन प्राप्त समूहले गाजामा सहायता वितरण सुरु गर्यो, पाँच लाख मानिस भोकमरीको उच्च जोखिममा



प्रकाशित मिति : जेष्ठ १४, २०८२ मंगलबार

अमेरिकी र इजरायली समर्थनमा स्थापना गरिएको नयाँ विवादास्पद सहायता वितरण समूह ‘गाजा ह्युम्यानिटेरियन फाउन्डेशन’ (जीएचएफ) ले आफ्नो काम सुरु गरेको छ।

समूहले केही खाद्यान्नका लरीहरू सुरक्षित स्थानहरूमा पुर्याइएको र ती स्थानहरूबाट गाजाका जनतासम्म सहायता वितरण सुरु गरिएको जनाएको छ । यद्यपि कति सहायता र कहाँ वितरण गरियो भन्नेबारे कुनै स्पष्ट विवरण दिइएको छैन।

जीएचएफले संयुक्त राष्ट्रसंघलाई छलेर सहायता पुर्याउने उद्देश्य लिएको छ । जुन अहिले गाजाका २.१ मिलियन मानिसहरूका लागि मुख्य राहत आपूर्तिकर्ता रहँदै आएको छ।

अमेरिकी समर्थन प्राप्त समूहले गाजामा सहायता वितरण सुरु गर्यो, पाँच लाख मानिस भोकमरीको उच्च जोखिममा

अमेरिकी समर्थन प्राप्त समूहले गाजामा सहायता वितरण सुरु गर्यो, पाँच लाख मानिस भोकमरीको उच्च जोखिममा

११ हप्ता लामो इजरायली नाकाबन्दीपछि भोकमरीको खतरा बढिरहेको बेला यस कदमलाई धेरैले मानवतावादी सिद्धान्तको उल्लंघन भनेका छन्।

जीएचएफ सशस्त्र अमेरिकी सुरक्षा ठेकेदारहरूमार्फत सञ्चालित छ । जसले सहायता वितरणलाई ‘सैन्यीकृत’ बनाएको आरोप लागेको छ।
संयुक्त राष्ट्रसंघ तथा अन्य प्रमुख राहत संस्थाहरूले जीएचएफको योजना अस्वीकार गरेका छन् ।

यसलाई ूमानवतावादी सहायता हतियार बनाउने प्रयासू भनेर आलोचना गरेका छन्। इजरायली अधिकारीहरूले सहायता हमासले चोर्ने भन्दै नयाँ प्रणाली आवश्यक रहेको तर्क गरेका छन् । जसलाई हमासले खण्डन गर्दै आएको छ।

जीएचएफका कार्यकारी निर्देशक जेक वुडले आइतवार पदबाट राजीनामा दिएका छन् । उनले जीएचएफको प्रणाली मानवता, तटस्थता, निष्पक्षता र स्वतन्त्रता जस्ता मानवतावादी सिद्धान्तहरू अनुसार सञ्चालन गर्न नसकिने बताए । उनका स्थानमा यूएसएआईडीका पूर्व अधिकारी जोन एक्रीलाई अन्तरिम कार्यकारी निर्देशक बनाइएको छ।

योजना अनुसार, सुरक्षा जाँच गरिएका गाजावासीहरूले दक्षिण गाजाका केही सीमित वितरण केन्द्रहरूबाट खाद्यान्न र सरसफाइ सामग्री लिने व्यवस्था गरिएको छ। यी वितरण केन्द्रहरू अमेरिकी सुरक्षा ठेकेदारद्वारा सुरक्षित गरिनेछ । इजरायली सैनिकहरूले गस्ती गर्नेछन्।

अमेरिकी समर्थन प्राप्त समूहले गाजामा सहायता वितरण सुरु गर्यो, पाँच लाख मानिस भोकमरीको उच्च जोखिममा

तर, राष्ट्रसंघ र अन्य सहायता संस्थाहरूले यो प्रणाली अपाङ्गता भएका, घाइते, वृद्धवृद्धा वा स्थानान्तरण गर्न नसक्नेहरूलाई सहयोगबाट वञ्चित गर्ने, थप विस्थापन गराउने, जोखिम बढाउने, र सहायता वितरणलाई राजनीतिक(सैनिक उद्देश्यसँग जोड्ने भन्दै आलोचना गरेका छन्।
हमासले पनि जीएचएफको विरोध गर्दै जनतालाई यस प्रणालीमा सहभागि नहुन आह्वान गरेको छ । र यो प्रणालीले ‘अनुशासन तोड्ने, योजनाबद्ध भोकमरी लागू गर्ने र युद्धकालीन अवस्थामा खाना हतियारको रूपमा प्रयोग गर्नेू चेतावनी दिएको छ।

इजरायलका अनुसार पछिल्लो केही दिनमा ६६५ भन्दा बढी लरीहरू गाजामा प्रवेश गरिसकेका छन् । तर संयुक्त राष्ट्रसंघको विश्व खाद्य कार्यक्रमका प्रमुखले यो संख्या अत्यन्तै कम भएको बताएका छन्।

संयुक्त राष्ट्रसंघ समर्थित एक आकलन अनुसार, आगामी महिनाहरूमा पाँच लाख मानिस भोकमरीको उच्च जोखिममा छन्।

गाजाको हमास सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार गाजामा अहिलेसम्म कम्तीमा ५३ हजार ९७७ जना मारिएका छन् ।





Source link

Leave a Comment