अमेरिकी संसदका लागि भर्जिनियाबाट उठेका पोखरेल पराजित, ९८५ मतका साथ आठौं

अमेरिकी संसदका लागि भर्जिनियाबाट उठेका पोखरेल पराजित, ९८५ मतका साथ आठौं



प्रकाशित मिति : असार ६, २०८१ बुधबार

अमेरिकी संसदका लागि भर्जिनियाबाट उठेका पोखरेल पराजित, ९८५ मतका साथ आठौं

अमेरिकी संसदका लागि भर्जिनियाको १० औं कँग्रशनल डिस्ट्रिक्टबाट डेमोक्रेटिक प्राइमरीमा उठेका नेपाली मूलका एड्रियन पोखरेल ९ सय ८५ मतका साथ आठौं भएका छन् भने सुहास सुब्रमण्यमले १३ हजार १ सय १३ मत ल्याएर विजयी भएका छन् । ९५ प्रतिशत अर्थात् ४३ हजार १६९ मत गणना हुँदा सुहास सुब्रमण्यमले ३० दशमलव ४ प्रतिशत र पोखरेलले २ दशमलव ३ प्रतिशत मत ल्याएका हुन् । कुल १२ उम्मेदबारहरु मैदानमा भएकोमा पोखरेलले ४ जनालाई पछि पारेका छन् ।

एड्रियन पोखरेलले सन् २००८ देखि २०२२ सम्म अमेरिकी सेनामा सेवा गरेका थिए । पोखरेलले करियरको अनुभवमा गुप्तचर अधिकारीको रूपमा समेत काम गरेका थिए ।
सन् २००८ मा सान ज्याकिन्टो कलेजबाट विजनेश एड्मििनिष्ट्रेशनमा एसोसिएट डिग्री र सन् २०१० मा ह्युस्टन विश्वविद्यालयबाट फाइनान्समा स्नातक डिग्री गरेका पोखरेलले सन् २०१६ मा अमेरिकी सैन्य विश्वविद्यालयबाट इन्टेलिजेन्स अध्ययनमा मास्टर डिग्री हासिल गरेका थिए ।

मार्च ३१ सम्मको रिपोर्ट अनुशार पोखरेलले १ लाख १८ हजार १ सय २८ डलर फण्डरेज गर्न सफल भएका थिए । अमेरिकाको प्रतिनिधिसभाकी डेमोक्रेटिक सांसद जेनिफर वेक्सटन स्वास्थ्यको कारणले गर्दा सिट खुला छोडेर पुन निर्वाचनमा उम्मेदवार नभएपछि उक्त क्षेत्रबाट नयाँ उम्मेदबारहरु मैदानमा थिए । धेरै डेमोक्र्याटहरू आकर्षित भएको यो क्षेत्रमा निर्वाचित हुनेले राज्यमा राजनीतिक हेवीवेट पछ्याउने भएकाले पनि धेरैजना मैदानमा थिए ।

नेपालको धरान–१४, विजयपुरमा जन्मेका र पछि काठमाडौं सरेका पोखरेल टेक्सासको ह्युस्टनमा बसेका थिए । पीएचडी समेत हासिल गरेका उनको तीन भाषाहरूमा दक्षता रहेको छ ।

यस अगाडि मेरिल्याण्ड २ बाट प्रतिनिधिसभा सदस्यका लागि डेमोक्रेटिक प्राइमरीमा उठेका नेपाली अमेरिकन ह्यारी भण्डारी दोश्रो स्थानमा आएका थिए भने जोन ओल्स्जेव्स्कीले जीतेका थिए । ८३ हजार ८ सय ५५ मत गणना हुँदा भण्डारीले ७ हजार १ सय ५० मत ल्याएका थिए भने ओल्स्जेव्स्कीले ६५ हजार ९ सय ९५  मत ल्याएका थिए ।

भण्डारीको चुनावी अभियानमा अमेरिकाभरका नेपाली समुदायको मुख्य सहयोग रहेको थियो भने अमेरिकाभरका नेपाली समुदायबाट उल्लेख्य आर्थिक सहयोग पनि प्राप्त भएको थियो । भण्डारीले झण्डै २ लाख डलर फण्डरेज गर्न सफल भएका थिए । चुनावमा भण्डारी र ओल्सेव्स्कीबीच मुख्य प्रतिस्पर्धा भएको थियो ।

भण्डारीले यस अगाडि अमेरिकाको राज्य संसदमा प्रतिनिधित्व गर्ने पहिलो नेपालीका रुपमा इतिहास रचिसकेका छन् । सन् २०१९ देखि मेरिल्याण्डको राज्य संसदमा सांसदका रुपमा प्रतिनिधित्व गर्दै आएका भण्डारीको यो दोश्रो कार्यकाल हो ।





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School