अमेरिकी विवादास्पद यौन आरोपी एप्सटीनको हत्या नभएको एफबीआईको दाबी



प्रकाशित मिति : असार २४, २०८२ मंगलबार


अमेरिकी न्याय मन्त्रालय र एफबीआईले विवादास्पद यौन अपराधी जेफ्री एप्सटीन आत्महत्या गरेको दाबी गरेका छन । यो विषयमा लामो समयदेखि चल्दै आएको षड्यन्त्र सिद्धान्तहरूलाई पछिल्लो दाबीले खारेज गरेको हो ।

मन्त्रालय र एफबीआईले एप्सटीनसँग कुनै ‘उच्च स्तरीय’ व्यक्तिहरूको संलग्नता देखाउने ग्राहक सूची नभएको र उनले आफैंले आत्महत्या गरेको स्पष्ट पारेका छन ।
गत वर्ष चुनावी अभियानका क्रममा राष्ट्रपति डोनाल्ड ट्रम्पले एप्सटीनसम्बन्धी गोप्य फाइलहरू सार्वजनिक गर्ने वाचा गरेका थिए।

तर जनवरीमा ट्रम्पले पुनः कार्यभार सम्हालेपछि उनका केही समर्थक प्रशासनप्रति असन्तुष्ट देखिएका छन् । उनीहरु एप्सटीनको मामिलामा कुनै नयाँ तथ्य खुलासा नभएकोमा असन्तुष्ट देखिएका हुन ।

अमेरिकी विवादास्पद यौन आरोपी एप्सटीनको हत्या नभएको एफबीआईको दाबी

अमेरिकी विवादास्पद यौन आरोपी एप्सटीनको हत्या नभएको एफबीआईको दाबी

ट्रम्प र उनका पूर्व सल्लाहकार इलोन मस्कबीच सार्वजनिक विवाद चर्किएको बेला यो मुद्दा यस वर्ष फेरि चर्चामा आएको हो ।

एफबीआई र न्याय मन्त्रालय द्वारा प्रकाशित दुई पृष्ठको मेमो अनुसार, अनुसन्धानमा कुनै ‘अपराधजन्य सूची’ नभेटिएको र एप्सटीनले उच्च स्तरीय व्यक्तिहरूलाई ब्ल्याकमेल गरेको कुनै ‘विश्वसनीय प्रमाण’ पनि फेला नपरेको उल्लेख छ ।

अनुसन्धानकर्ताहरूले न्यूयोर्कको मेट्रोपोलिटन करेक्शनल सेन्टरमा बन्दी जीवन बिताइरहेका बेला एप्सटीनले आत्महत्या गरेको पुष्टि गर्ने भिडियो फुटेज पनि सार्वजनिक गरेका छन्।

एप्सटीनको मृत्यु सन् २०१९ मा भएको थियो । बाल यौन तस्करीसम्बन्धी मुद्दामा अदालतको पेशी कुर्दै गरेको बेला उनको मृत्यु भएको थियो ।

यसअघि उनी एक नाबालिकासँग यौन सम्बन्धको प्रयोजनमा वेश्यावृत्तिको प्रयास गरेको आरोपमा दोषी ठहर भइसकेका थिए । उनलाई यौन अपराधीको रूपमा दर्ता गरिएको थियो ।

अमेरिकी विवादास्पद यौन आरोपी एप्सटीनको हत्या नभएको एफबीआईको दाबी

धेरैले एप्सटीनको हत्या भएको र त्यसको उद्देश्य शक्तिशाली व्यक्ति, सरकारी अधिकारी, सेलिब्रिटी तथा व्यवसायिक व्यक्तित्वहरूलाई संरक्षण गर्नु रहेको दाबी गरेका थिए । तर अहिलेको आधिकारिक निष्कर्षले त्यो दाबी खारेज गरेको छ ।

एफबीआई निर्देशक काश पटेल र उपनिर्देशक ड्यान बोंजिनोले विगतमा एप्सटीनको मृत्युको सरकारी विवरणमाथि प्रश्न उठाएका थिए । तर ट्रम्प प्रशासनमा सामेल भएपछि उनीहरूले अब एप्सटीनले आत्महत्या गरेको स्वीकार गरेका छन्।





Source link

Leave a Comment