अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन इजिप्ट पुगे, गाजामा युद्धविरामको लागि प्रयास तीव्र



प्रकाशित मिति : जेष्ठ २८, २०८१ सोमबार

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन इजिप्ट पुगेका छन् । गाजा युद्ध सुरु भएयता उनको यो आठौं मध्यपूर्व भ्रमण हो।

यस तीन दिने भ्रमणमा अमेरिकी विदेशमन्त्रीको पहिलो बिसौनी इजिप्ट हो । एन्टोनी ब्लिन्केनको भ्रमणको उद्देश्य गाजामा युद्धविराम प्रयासहरूको लागि समर्थन जुटाउनु हो।

यस भ्रमणका क्रममा एन्टोनी ब्लिन्केनले अरब विश्वका नेताहरूलाई हमासलाई शान्ति सम्झौताको मस्यौदा स्वीकार गर्न दबाब दिन अपील गर्नेछन्।

गत महिनाको अन्त्यमा अमेरिकी राष्ट्रपति जो बाइडेनले शान्ति सम्झौताको मस्यौदालाई अन्तिम रूप दिने घोषणा गरेका थिए ।

एन्टोनी ब्लिन्केन सोमबार नै इजरायल पुग्नेछन् जहाँ उनले प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई भेट्ने कार्यक्रम छ ।

उनीसँग यात्रा गरिरहेका बीबीसी संवाददाताले अमेरिकीहरू बिन्यामिन नेतान्याहुसँग निराश भएको बताएका छन्।





Source link

Leave a Comment