अमेरिकी र युएई सुरक्षा सल्लाहकारबीच अर्को हप्ता ह्वाइट हाउसमा बैठक हुने



प्रकाशित मिति : चैत्र १, २०८१ शनिबार

अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ट्ज र युएईका राष्ट्रिय सुरक्षा सल्लाहकार तह्नून बिन जायद अल नाह्यानबीच अर्को हप्ता ह्वाइट हाउसमा बैठक हुने भएको छ। यो जानकारी अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता ब्रायन ह्युजले दिएका हुन्।

बैठकमा दुवै देशबीचको आर्थिक तथा प्रविधिगत सम्बन्ध मजबुत बनाउनका लागि छलफल हुनेछ। विशेष गरी संयुक्त राज्य अमेरिकाबाट थप एनभिडिया चिप्स खरिद गर्ने विषयमा वार्ता हुने अपेक्षा गरिएको छ।

यद्यपि, तह्नून बिन जायद अल नाह्यानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट गर्ने वा नगर्ने विषय स्पष्ट भइसकेको छैन।

अमेरिकी र युएई सुरक्षा सल्लाहकारबीच अर्को हप्ता ह्वाइट हाउसमा बैठक हुने

अमेरिकी र युएई सुरक्षा सल्लाहकारबीच अर्को हप्ता ह्वाइट हाउसमा बैठक हुने





Source link

Leave a Comment