अमेरिकी राष्ट्रपति ट्रम्प र रुसी समकक्षी पुटिनबीचको पहिलो भेट साउदी अरेबियामा !



प्रकाशित मिति : फाल्गुन १, २०८१ बिहीबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी समकक्षी भ्लादिमिर पुटिनलाई साउदी अरेबियामा भेट्ने आशा गरेका छन्। ट्रम्पले अमेरिकी राष्ट्रपतिको रूपमा पदभार ग्रहण गरेपछि दुवै नेताबिचको यो पहिलो प्रत्यक्ष भेटघाट हुनेछ ।

ट्रम्पले ओभल अफिसमा पत्रकारहरूसँग कुराकानी गर्दै भने, “हामी अन्ततः भेट्ने अपेक्षा गर्छौँ। वास्तवमा, हामी आशा गर्छौँ कि उनी यहाँ आउनेछन्, म त्यहाँ जानेछु र पहिलो पटक सम्भवतः साउदी अरेबियामा भेट्नेछौँ।”

राष्ट्रपति ट्रम्प र पुटिनबिच लगभग ९० मिनेट लामो टेलिफोन वार्ता भएको थियो । जसमा युक्रेनमा जारी युद्ध अन्त्य गर्ने विषयमा छलफल भएको बताइएको छ।

अमेरिकी राष्ट्रपति ट्रम्प र रुसी समकक्षी पुटिनबीचको पहिलो भेट साउदी अरेबियामा !

यता, क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले पनि बुधबार यसबारे प्रतिक्रिया दिएका छन्। उनले पुटिनले ट्रम्प र अमेरिकी अधिकारीहरूलाई मस्को भ्रमणका लागि निम्तो दिएको खुलासा गरे।

“रुसी राष्ट्रपतिले अमेरिकी राष्ट्रपतिलाई मस्को आउन निमन्त्रणा दिनुभएको छ। उहाँले पारस्परिक चासोका क्षेत्रहरूमा अमेरिकी अधिकारीहरूसँग छलफल गर्न तयार रहेको बताउनुभएको छ, जसमा युक्रेन समस्या समाधानबारे पनि छलफल हुनेछ”, पेस्कोभले भने।

ट्रम्पले आफ्नो पछिल्लो घोषणामा ‘शान्ति वार्ता तुरुन्तै सुरु हुने’ बताएका थिए। साथै, उनले युक्रेनलाई आफ्नो भूमि फिर्ता नदिनु पर्ने सङ्केत गरेका थिए, जसले पश्चिमी मुलुकहरूबिच तीव्र विवाद उत्पन्न गराएको छ।

यस बैठकको निश्चित मिति तय नभए पनि ट्रम्पले ‘निकट भविष्यमा’ बैठक हुने बताएका छन्। उनले साउदी क्राउन प्रिन्स मोहम्मद बिन सलमान पनि वार्ताको प्रमुख साझेदार बन्न सक्ने सङ्केत दिएका छन्।

यो पनि पढ्नुहोस् :

अमेरिकी राष्ट्रपति ट्रम्प र रुसी समकक्षी पुटिनबीचको पहिलो भेट साउदी अरेबियामा !

युक्रेन युद्ध अन्त्य गर्नका लागि वार्ता गर्न अमेरिका र रुस सहमत





Source link

Leave a Comment