अमेरिकी राष्ट्रपति ट्रम्पले माफी दिएपछि पूर्व हन्डुरासी राष्ट्रपति हर्नान्डेज जेलमुक्त



प्रकाशित मिति : मंसिर १६, २०८२ मंगलबार

अमेरिकी राष्ट्रपति ट्रम्पले माफी दिएपछि पूर्व हन्डुरासी राष्ट्रपति हर्नान्डेज जेलमुक्त

हन्डुरासका पूर्व राष्ट्रपति जुआन ओरलान्डो हर्नान्डेज । फाइल तस्वीर

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबाट माफी पाएपछि हन्डुरासका पूर्व राष्ट्रपति जुआन ओरलान्डो हर्नान्डेज अमेरिकाको वेस्ट भर्जिनियास्थित उच्च–सुरक्षायुक्त यूएसपी हेजलटन जेलबाट रिहा भएका छन्।

हर्नान्डेजलाई सन् २०२४ को मार्चमा अमेरिकामा ठूलो मात्रामा कोकिन आयात गर्ने षड्यन्त्र गरेको र मेसिनगन राखेको अभियोगमा दोषी ठहर गर्दै ४५ वर्ष कैद सजाय सुनाइएको थियो। साथै उनलाई ८ मिलियन डलर जरिवाना तिर्न आदेश दिइएको थियो।

रिहा भएको घोषणा गर्दै राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमा हर्नान्डेजसँग “कडा र अन्यायपूर्ण व्यवहार” गरिएको दाबी गरेका छन् । हर्नान्डेजकी पत्नी आना गार्सिया दे हर्नान्डेजले माफी दिएकोमा ट्रम्पलाई धन्यवाद दिँदै उनका पति पुनः स्वतन्त्र भएको बताएकी छिन् ।

सन् २०१४ देखि २०२२ सम्म हन्डुरासका राष्ट्रपति रहँदा हर्नान्डेजमाथि लागुऔषध तस्करी समूहहरूसँग मिलेमतो गरेको, देशलाई “नार्को–स्टेट” जस्तै चलाएको र तस्करहरूबाट लाखौँ डलर घुस लिएको अभियोग लागेको थियो। उनलाई सन् २०२२ अप्रिलमा अमेरिकामा झिकाएर मुद्दा चलाइएको थियो।

अमेरिकी राष्ट्रपति ट्रम्पले माफी दिएपछि पूर्व हन्डुरासी राष्ट्रपति हर्नान्डेज जेलमुक्त

रिहा हुने निर्णयबारे ट्रम्पले हर्नान्डेजमाथिको मुद्दा “बाइडेन प्रशासनद्वारा गरिएको सेटअप” भएको दाबी गरेका छन् । उनले राष्ट्रपति भएको कारण हर्नान्डेजलाई ड्रग डिलरको रूपमा चित्रित गरिएको समेत उल्लेख गरेका छन् ।

उता हन्डुरासमा नयाँ राष्ट्रपतिको निर्वाचन परिणाम अत्यन्त प्रतिष्पर्धात्मक अवस्थामा पुगेको छ। सोमबारसम्म दक्षिणपन्थी उम्मेदवार नास्री अस्फुरा र केन्द्रीय पार्टीका उम्मेदवार तथा पूर्व टिभी प्रस्तोता सल्भाडोर नसरल्लाबीच मात्र ५१५ मतको फरक देखिएको छ।

ट्रम्पले नसरल्लालाई ‘कम्युनिस्ट’ भन्दै आलोचना गरेका छन् भने अस्फुरालाई ‘प्रजातन्त्रका पक्षधर’ भनेर प्रशंसा गरेका छन्। नसरल्लाले चुनाव जितेमा भेनेजुएलासँगको सम्बन्ध तोड्ने प्रतिबद्धता जनाएका छन्।

हाल हन्डुरास राष्ट्रपति सिओमारा कास्त्रोको नेतृत्वमा छ, जसले क्युबा तथा भेनेजुएलासँग निकट कूटनीतिक सम्बन्ध बनाउँदै आएकी छिन्।

Table of Contents

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।

न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।





Source link

Leave a Comment