प्रकाशित मिति : कार्तिक २८, २०८२ शुक्रबार

ब्रिटिश ब्रड्कास्टिङ्ग कर्पोरेसन (बीबीसी)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसमक्ष माफी मागे पनि ट्रम्प पक्षले दायर गर्न लागेको मानहानीसम्बन्धी मुद्दाको कुनै कानुनी आधार नरहेको स्पष्ट गरेको छ।
सन् २०२४ को अमेरिकी राष्ट्रपति निर्वाचनभन्दा केही दिनअघि बीबीसीको ‘पानोरामा’ कार्यक्रममा प्रसारित एक वृत्तचित्रमा ६ जनवरी २०२१ मा क्यापिटोलमाथि भएको आक्रमणसम्बन्धी ट्रम्पको भाषणका तीन छुट्टाछुट्टै अंशलाई जोडेर सम्पादन गरिएको थियो। यस सम्पादनले ट्रम्पले हिंसाका लागि आह्वान गरेजस्तो देखिने प्रभाव पारेको आरोप लागेको थियो।
वृत्तचित्रबारे विवाद चर्किएपछि बीबीसीका अध्यक्ष समीर शाहले ह्वाइट हाउसलाई पत्र लेख्दै गलत सम्पादन भएकोमा क्षमायाचना गरेका हुन्। शाहले यसअघि ब्रिटिश संसदीय समितिसमक्ष पनि सो सम्पादनलाई ‘निर्णयमा भएको गल्ती’ भनेका थिए।
तर, बीबीसीले भने ट्रम्पले मागेको क्षतिपूर्तिको कानुनी आधार नरहेको बताएको छ। ट्रम्पका वकिलहरूले बीबीसीले माफी नमागि, वृत्तचित्र फिर्ता नलिई तथा आर्थिक र प्रतिष्ठागत क्षतिको क्षतिपूर्ति नदिएसम्म १ अर्ब डलरसम्मको मुद्दा दायर गर्ने चेतावनी दिएका थिए।
ब्रिटेनकी संस्कृति मन्त्री लिसा न्यान्डीले बीबीसीले माफी माग्नु उचित भएको प्रतिक्रिया दिएकी छन्। उनले बीबीसीले उच्च सम्पादकीय मापदण्ड कायम राख्न नसकेको स्वीकार गर्नु सकारात्मक भएको बताइन्।
यसैबीच बीबीसीले विवादित वृत्तचित्र पुनःप्रसारण गर्ने कुनै योजना नभएको जनाएको छ। यस्तै, “न्यूजनाइट” कार्यक्रममार्फत सोही भाषणका थप सम्पादनसम्बन्धी आरोपबारे पनि छानबिन थालिएको जनाएको छ।
ट्रम्पको भाषण सम्पादनलगायत पक्षपातका आरोपका कारण बीबीसी पछिल्ला दशकको सबैभन्दा ठूलो संकटमा परेको छ। विवाद चुहिएको आन्तरिक प्रतिवेदनपछि संस्थाका दुई वरिष्ठ कार्यकारीहरूले राजीनामा गरिसकेका छन्।
बेलायती प्रधानमन्त्री कीअर स्टार्मरले बीबीसीलाई “सबल र स्वतन्त्र” रुपमा अगाडि बढाउनुपर्ने बताएका छन्।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
उपहार प्रदान गर्न क्लीक गर्नुहोला
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
मासिक डोनेसन गर्न यहाँ क्लिक गर्नुहोस्
