अमेरिकी राष्ट्रपति ट्रम्पको दोस्रो स्वास्थ्य परीक्षण, एमआरआई किन गरियो ?



प्रकाशित मिति : कार्तिक १०, २०८२ सोमबार

अमेरिकी राष्ट्रपति ट्रम्पको दोस्रो स्वास्थ्य परीक्षण, एमआरआई किन गरियो ?

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले एमआरआई गराएको पहिलो पटक सार्वजनिक गरेका छन्। हालै वाल्टर रिड नेसनल मिलिटरी मेडिकल सेन्टरमा उनको एमआरआई परीक्षण गरिएको थियो।

उनले पत्रकारहरूसँग कुरा गर्दै भने, “मैले एमआरआई गराएँ, नतिजा परफेक्ट आयो।” ट्रम्पले एयर फोर्स वनमा पत्रकारहरूसँग भने, “हामीले सम्पूर्ण एमआरआई प्रक्रिया गर्यौँ — सबै कुरा ठिक थियो, पूर्ण रूपमा परफेक्ट।”

७९ वर्षका ट्रम्प अमेरिकी इतिहासका सबैभन्दा वृद्ध राष्ट्रपतिहरूमध्ये एक हुन्। उनले यस महिनाको सुरुमा वाल्टर रिड भ्रमणका क्रममा एमआरआई गराएको बताए पनि यसको कारण भने खुलाउन चाहेनन्। उनले पत्रकारहरूलाई भने, “डाक्टरहरूलाई सोध्नुहोस्।”

अमेरिकी राष्ट्रपति ट्रम्पको दोस्रो स्वास्थ्य परीक्षण, एमआरआई किन गरियो ?

अमेरिकी राष्ट्रपति ट्रम्पको दोस्रो स्वास्थ्य परीक्षण, एमआरआई किन गरियो ?

ट्रम्पका अनुसार, उनका चिकित्सकहरूले पत्रकारहरूलाई “स्पष्ट र निष्कर्षपूर्ण” रिपोर्ट दिएका थिए। तर, ह्वाइट हाउसले यसअघि दोस्रो स्वास्थ्य परीक्षणको कारण सार्वजनिक गरेको थिएन।

सामान्यतया अमेरिकी राष्ट्रपतिहरूले वर्षमा एक पटक मात्र विस्तृत स्वास्थ्य परीक्षण गराउने परम्परा रहेको छ। ट्रम्पले भने, “डाक्टरहरूले मेरो उमेरका लागि अत्यन्त राम्रो रिपोर्ट दिएको बताएका छन्। यदि रिपोर्ट राम्रो नआएको भए म त्यसबारे इमानदारीपूर्वक बताउँथे।”

यस वर्षको गर्मीमा ह्वाइट हाउसले ट्रम्पका खुट्टामा सुजन देखिएपछि उनीमा क्रोनिक भेनस इन्सफिसिएन्सी भएको पुष्टि गरेको थियो। नसाभित्रका भल्भहरूले ठीकसँग काम गर्न छोडेमा यो अवस्था आउँछ, जसले गर्दा रगत नसाभित्र जम्मा हुन थाल्छ।

प्रत्येक वर्ष करिब १.५ लाख मानिसमा यो रोग देखिन्छ। उमेर बढ्दै जाँदा यसको जोखिम पनि बढ्छ। यसका लक्षणहरूमा खुट्टा वा टेक्सामा (टखनामा) सुजन, दुखाइ, ऐंठन, भेरिकोज भेन वा छालामा परिवर्तन हुन सक्छ। प्रारम्भिक अवस्थामा औषधि प्रयोग गरिन्छ। टखनाको अर्थ: खुट्टा र पैताला जोड्ने भाग, जहाँ दुवैतिर उठेको हड्डी (गट्टा) हुन्छ।

गम्भीर अवस्थामा भने शल्यक्रिया वा अन्य उपचार आवश्यक पर्न सक्छ। ट्रम्प हाल आफ्नो दायाँ हातमा देखिने नियमित निलडामका कारणले पनि चर्चामा छन्। कहिलेकाहीँ उनले ती निलडामहरूलाई बाक्लो मेकअपले ढाक्ने प्रयास गरेको देखिएको छ।

अमेरिकी राष्ट्रपति ट्रम्पको दोस्रो स्वास्थ्य परीक्षण, एमआरआई किन गरियो ?

राष्ट्रपति ट्रम्पका चिकित्सक डा. सीन बार्बाबेलाका अनुसार, यी निलडामहरू बारम्बार हात मिलाउने बानी र एस्पिरिन सेवनका कारण हुने गर्दछन्, जसले रगत पातलो पार्छ र छालामा सजिलै निलडाम पर्न सक्छ।





Source link

Leave a Comment