अमेरिकी राष्ट्रपति ट्रम्पले फेडरल रिजर्भ अध्यक्ष पावेललाई नहटाउने, ब्याजदर घटाउन आग्रह



प्रकाशित मिति : बैशाख २१, २०८२ आईतबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेडरल रिजर्भ बोर्डका अध्यक्ष जेरोम पावेललाई सन् २०२६ को मे मा उनको कार्यकाल समाप्त हुनु अघि हटाउने कुनै योजना नरहेको स्पष्ट पारेका छन्। उनले पावेललाई ‘पूर्ण कठोर’ को संज्ञा दिँदै फेडरल रिजर्भलाई ब्याजदर घटाउन बारम्बार आह्वान गरेका छन्।

एनबीसी न्यूजको ‘मीट द प्रेस विथ क्रिस्टेन वेल्कर’ मा आइतबार प्रसारण भएको अन्तर्वार्तामा ट्रम्पले पावेल आफ्नो प्रशंसक नभएको बताए। तर, उनले फेडले कुनै समयमा ब्याजदर घटाउने विश्वास व्यक्त गरे। ‘उनले ब्याजदर घटाउनुपर्छ र कुनै बिन्दुमा, उनले त्यसो गर्नेछन्। तर उनलाई म मन पर्दिन, किनभने मलाई लाग्छ उनी पूर्ण कठोर छन्’, ट्रम्पले फ्लोरिडामा शुक्रबार रेकर्ड गरिएको अन्तर्वार्तामा भने।

पावेललाई २०२६ अघि हटाउने सम्बन्धमा सोधिएको प्रश्नमा ट्रम्पले भने, ‘होइन, म त्यसो गर्दिन। मलाई छोटो समयमा नयाँ व्यक्तिलाई नियुक्त गर्न पाइन्छ, त्यसैले किन हटाउनु ?’ यो उनको सबैभन्दा स्पष्ट खण्डन थियो।

अमेरिकी राष्ट्रपति ट्रम्पले फेडरल रिजर्भ अध्यक्ष पावेललाई नहटाउने, ब्याजदर घटाउन आग्रह

अमेरिकी राष्ट्रपति ट्रम्पले फेडरल रिजर्भ अध्यक्ष पावेललाई नहटाउने, ब्याजदर घटाउन आग्रह

गत महिना ट्रम्पले पावेलमाथि आक्रमण तीव्र बनाएपछि वाल स्ट्रीटमा सेयर बजारमा तीव्र गिरावट आएको थियो। यसले केन्द्रीय बैंकको स्वायत्ततामाथि चिन्ता बढाएर बजारमा अस्थिरता ल्याएको थियो। तर, पछिल्लो समय ट्रम्पले आफ्नो आलोचनालाई केही कम गरेका छन्।

आइतबारको टिप्पणीले ट्रम्पले पावेललाई पदमा राख्ने संकेत गरेको छन्, जसले विश्व व्यापार प्रणालीमा ठूलो शुल्क लगाउने उनको कदमले अस्थिर बनेको बजारलाई केही आश्वस्त पार्न सक्छ।

अप्रिल २ मा, ट्रम्पले धेरैजसो देशमा १० प्रतिशत भन्सार शुल्क लगाए, जुन ९० दिनका लागि निलम्बित गरिएको छ। साथै, उनले अटो, स्टील र एल्युमिनियममा २५ प्रतिशत शुल्क, क्यानाडा र मेक्सिकोमा २५ प्रतिशत शुल्क र चीनमा १४५ प्रतिशत शुल्क लगाएका छन्। ट्रम्प प्रशासनले १५ भन्दा बढी देशसँग उच्च शुल्कबाट बच्न सकिने व्यापार सम्झौताका लागि वार्ता गरिरहेको छ। अधिकारीहरूले पहिलो सम्झौता चाँडै घोषणा हुन सक्ने बताएका छन्।

एनबीसीसँगको अन्तर्वार्तामा ट्रम्पले केही शुल्क स्थायी बनाउने सम्भावनालाई अस्वीकार गरेनन्। ‘यदि कसैले शुल्क हट्ने सोच्यो भने, तिनीहरूले अमेरिकामा किन लगानी गर्छन् ? उनले भने।

ट्रम्पले चीनसँगको व्यापारमा कठोर नीति अपनाएको स्वीकार गरे। उनले विश्वका दुई ठूला अर्थतन्त्रबीचको व्यापारलाई लगभग बन्द गरेको बताए। ‘हामीले व्यापार पूर्ण रूपमा बन्द गरेका छौं। यसले हामीलाई एक ट्रिलियन डलरको नोक्सानबाट जोगाएको छ। अहिले चीन सम्झौता गर्न आतुर छ, तर यो निष्पक्ष हुनुपर्छ’, उनले भने।

अमेरिकी राष्ट्रपति ट्रम्पले फेडरल रिजर्भ अध्यक्ष पावेललाई नहटाउने, ब्याजदर घटाउन आग्रह





Source link

Leave a Comment