अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा पूर्ववर्ती बाइडेन प्रशासनका १९ कार्यकारी आदेश खारेज



प्रकाशित मिति : चैत्र १, २०८१ शनिबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार एक कार्यकारी आदेशमा हस्ताक्षर गर्दै पूर्ववर्ती जो बाइडेन प्रशासनद्वारा जारी गरिएका १९ कार्यकारी आदेश खारेज गरेका छन्। ट्रम्पले मुख्य रूपमा लैङ्गिक नीतिहरू, श्रम नीति र औद्योगिक नियमहरूसँग सम्बन्धित आदेशहरू उल्टाएका हुन् ।

यो कदमसँगै ट्रम्पले बाइडेन प्रशासनद्वारा लागु गरिएका करिब १०० नीति उल्टाएका छन्। ह्वाइट हाउसद्वारा जारी वक्तव्यमा उल्लेख छ, “राष्ट्रपति ट्रम्प अमेरिका लागि नयाँ स्वर्ण युग ल्याउन हानिकारक बाइडेन प्रशासनका नीतिहरूको समीक्षा र खारेजी जारी राख्न प्रतिबद्ध छन्।”

ट्रम्पले बाइडेनको कार्यकारी आदेश खारेज गर्दै अमेरिकी कूटनीति र विदेशी सहायता क्षेत्रमा ‘कट्टर लैङ्गिक विचारधाराको प्रभाव’ कम गर्ने नीति ल्याएका छन्। साथै, उनले विद्युतीय ताप पम्प र सौर्य प्यानलको अनिवार्य प्रयोग हटाएका छन्। सङ्घीय ठेकेदारहरूको न्यूनतम ज्याला प्रति घण्टा १५ डलर पुर्‍याउने आदेश पनि उल्टाइएको छ।

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा पूर्ववर्ती बाइडेन प्रशासनका १९ कार्यकारी आदेश खारेज

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा पूर्ववर्ती बाइडेन प्रशासनका १९ कार्यकारी आदेश खारेज

ट्रम्प प्रशासनका यी निर्णयहरूसँगै अमेरिकामा श्रम नीति, औद्योगिक नियमावली र सामाजिक नीतिहरूमा व्यापक परिवर्तन आउने अनुमान गरिएको छ।





Source link

Leave a Comment