अमेरिकी राष्ट्रपति ट्रम्पको ‘गाजा पुनर्निर्माण’ योजनालाई इजरायलको समर्थन



प्रकाशित मिति : फाल्गुन ५, २०८१ सोमबार

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ‘गाजा पुनर्निर्माण’ योजनालाई समर्थन गर्ने बताएका छन्।

आइतबार भएको अमेरिकी विदेश मन्त्री मार्को रुबियोसँगको भेटपछि नेतान्याहूले गाजाबारे अमेरिकासँग मिलेर ‘समान रणनीति’ अनुरूप काम गरिरहेको उल्लेख गरेका छन्।

ट्रम्पले केही दिन अघि गाजाको पुनर्निर्माण सम्पन्न नहुन्जेल त्यहाँका बासिन्दालाई अन्यत्र सारिनु पर्ने प्रस्ताव गरेका थिए । तर, मध्यपूर्वका इजिप्ट, जोर्डन लगायतका मुलुकहरूले यो प्रस्ताव अस्वीकार गरेका थिए।

अमेरिकी राष्ट्रपति ट्रम्पको ‘गाजा पुनर्निर्माण’ योजनालाई इजरायलको समर्थन

प्रधानमन्त्री नेतान्याहूले ट्रम्पको ‘भिजन’ लाई कार्यान्वयन गर्ने विषयमा अमेरिकी विदेशमन्त्रीसँग छलफल भएको बताए। ‘गाजाका बारेमा इजरायल र अमेरिकाको दृष्टिकोण समान छ’, उनले भने।





Source link

Leave a Comment