अमेरिकी प्रशासनको कठोर नीति : ५ करोड ५० लाख भिसा धारक निगरानीमा, हजारौं भिसा रद्द हुने संकेत



प्रकाशित मिति : भाद्र ६, २०८२ शनिबार


अमेरिकी सरकारले हालै ५ करोड ५० लाखभन्दा बढी भिसा धारकहरूको अभिलेख पुनः समीक्षा गर्ने घोषणा गरेको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालमा आप्रवासनविरोधी नीति झन् कडा बनाउँदै सरकारले सबै भिसा धारकलाई “निरन्तर निगरानी” मा राख्ने तयारी गरेको हो।

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले भिसा धारकहरूको गतिविधि निरन्तर मूल्याङ्कन हुने र कानुन उल्लंघन वा राष्ट्रिय सुरक्षामा खतरा देखिएमा तत्काल भिसा रद्द गरिने जानकारी दिए।

विदेश मन्त्रालयका एक वरिष्ठ अधिकारीका अनुसार, लामो समय बसाइ (ओभरस्टे), आपराधिक गतिविधि, सार्वजनिक सुरक्षामा खतरा, आतंकवादी गतिविधिमा संलग्नता वा आतंकवादी संगठनलाई सहयोग गरेको प्रमाण भेटिएमा भिसा तुरुन्त खारेज गरिनेछ।

अमेरिकी प्रशासनको कठोर नीति : ५ करोड ५० लाख भिसा धारक निगरानीमा, हजारौं भिसा रद्द हुने संकेत

अमेरिकी प्रशासनको कठोर नीति : ५ करोड ५० लाख भिसा धारक निगरानीमा, हजारौं भिसा रद्द हुने संकेत

अबदेखि अमेरिकामा पढ्न वा भ्रमण गर्न चाहने विद्यार्थी र पर्यटकले सामाजिक सञ्जालमा गरेको गतिविधि पनि चनाखो रूपमा जाँच गरिनेछ। अधिकारीहरूले सामाजिक सञ्जालमार्फत अमेरिकी नागरिक, संस्कृति, सरकार वा मूल मूल्यहरू विरुद्धको घृणा वा शत्रुताको संकेत खोज्नेछन्।

त्यसैगरी, अधिकारीहरूलाई “विदेशी आतंकवादीलाई समर्थन गर्ने, सहयोग गर्ने वा यहुदीविरोधी हिंसात्मक गतिविधिमा संलग्न हुने” व्यक्तिहरू पहिचान गर्न निर्देशन दिइएको छ।

अमेरिकी नागरिकता तथा आप्रवासन सेवा (यूएससीआईएस)ले प्रवक्ता म्याथ्यु ट्रागेसरले भने, “अमेरिकाको लाभ त्यस्ता व्यक्तिलाई दिनु हुँदैन जसले देशलाई घृणा गर्छन् र अमेरिकाविरोधी विचार फैलाउँछन्। हामी अमेरिकाविरोधी प्रवृत्ति उन्मूलन गर्ने नीतिहरू कार्यान्वयन गर्न प्रतिबद्ध छौं।”

विदेश मन्त्री मार्को रुबियोले बिहीबार सामाजिक सञ्जाल ‘एक्स’ मा लेख्दै, अमेरिकी सडकमा विदेशी ट्रक चालकको संख्याले अमेरिकी जीवनलाई जोखिममा पारेको भन्दै ट्रक चालकका लागि कामदार भिसा तत्काल रोकिएको घोषणा गरेका छन् ।

उनले लेखे, “अमेरिकी सडकमा विदेशी चालकहरूले ठूलो ट्रक चलाउँदा नागरिकको जीवन खतरामा परेको छ र अमेरिकी ट्रकरहरूको रोजगारी समेत संकटमा परेको छ।”

अमेरिकी प्रशासनको कठोर नीति : ५ करोड ५० लाख भिसा धारक निगरानीमा, हजारौं भिसा रद्द हुने संकेत

ट्रम्प प्रशासनले हालै गरेका कडा कदमहरू :
– ६,००० विद्यार्थी भिसा रद्द
– १२ मुलुकका नागरिकलाई अमेरिका प्रवेशमा प्रतिबन्ध, ७ देशमा आंशिक प्रतिबन्ध
– मलावी र जाम्बियाका नागरिकलाई भिसाका लागि १५,००० डलर धरौटी अनिवार्य
– अमेरिकामा बसोबास गरिरहेका ५ लाखभन्दा बढी आप्रवासीको कानुनी हैसियत अस्थायी खारेज
– जन्मसिद्ध नागरिकता अन्त्य गर्ने योजना

साथै, ट्रम्प सत्तामा आएदेखि गाजामा इजरायलको युद्धविरुद्ध प्रदर्शन गर्ने विदेशी विद्यार्थीहरूलाई अमेरिकन विश्वविद्यालयहरूबाट पक्राउ गर्ने कार्य पनि बढाइएको छ।





Source link

Leave a Comment