अमेरिकी पूर्व राष्ट्रपति बाइडेनलाई प्रोस्टेट क्यान्सर भएको पुष्टि



प्रकाशित मिति : जेष्ठ ५, २०८२ आईतबार

अमेरिकी पूर्व राष्ट्रपति जो बाइडेनलाई प्रोस्टेट क्यान्सर भएको पुष्टि भएको छ । जुन क्यान्सर हड्डीमा समेत फैलिएको छ।

आइतबार सार्वजनिक गरिएको विज्ञप्तिमा बाइडेनको कार्यालयले शुक्रबार उनलाई क्यान्सरको निदान गरिएको जानकारी दिएको हो।
उनले गत हप्ता पिसाब सम्बन्धी समस्या देखिएपछि चिकित्सकसँग जाँच गराएका थिए।

८२ वर्षका बाइडेनलाई ग्लीसन स्कोर ९ रहेको आक्रामक प्रकारको प्रोस्टेट क्यान्सर भएको बताइएको छ। क्यान्सर रिसर्च यूकेका अनुसार यो स्कोरले क्यान्सर छिटो फैलिन सक्ने संकेत दिन्छ।

अमेरिकी पूर्व राष्ट्रपति बाइडेनलाई प्रोस्टेट क्यान्सर भएको पुष्टि

अमेरिकी पूर्व राष्ट्रपति बाइडेनलाई प्रोस्टेट क्यान्सर भएको पुष्टि

उनको परिवारले अहिले विभिन्न उपचार विकल्पहरूमाथि विचार गरिरहेको छ। विज्ञप्तिमा भनिएको छ कि क्यान्सर हर्मोन संवेदनशील भएकोले यसलाई व्यवस्थापन गर्न सकिने सम्भावना रहेको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसियलमा लेख्दै आफू र श्रीमती मेलानिया ट्रम्प बाइडेनको स्वास्थ्य अवस्था थाहा पाउँदा दुखी भएको जनाएका छन्।

जो र उनको परिवारलाई छिटो र सफल उपचारको शुभकामना व्यक्त गर्छौं, उनले भनेका छन । पूर्व उपराष्ट्रपति कमला ह्यारिसले आफू र श्रीमान डग एमहफ बाइडेन परिवारको लागि प्रार्थनामा रहेको बताएकी छन ।

यो चुनौतीलाई शक्ति, धैर्यता, र आशावादका साथ बाइडेनले सामना गर्ने ह्यारिसले भनेकी छन । स्वास्थ्य र उमेरका कारण बाइडेन २०२४ को राष्ट्रपति चुनावबाट पछि हटेका थिए। उनी अमेरिकी इतिहासमा सबैभन्दा वृद्ध राष्ट्रपति हुन्।

त्यसबेला डेमोक्र्याटिक उम्मेदवारका रूपमा पुनः निर्वाचनका लागि प्रतिस्पर्धा गरिरहेका बाइडेनले जुन महिनामा ट्रम्पसँगको टेलिभिजन बहसमा कमजोर प्रदर्शन गरेपछि आलोचना झेलेका थिए।

अमेरिकी पूर्व राष्ट्रपति बाइडेनलाई प्रोस्टेट क्यान्सर भएको पुष्टि

त्यसपछि उपराष्ट्रपति कमला ह्यारिसले बाइडेनको सट्टा उम्मेदवारी लिएकी थिइन्। क्लिभल्यान्ड क्लिनिकका अनुसार प्रोस्टेट क्यान्सर छाला क्यान्सरपछि पुरुषहरूमा हुने दोस्रो सबैभन्दा सामान्य क्यान्सर हो।

अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रका अनुसार, १०० मध्ये १३ जना पुरुषमा जीवनभरमा प्रोस्टेट क्यान्सरको विकास हुने सम्भावना हुन्छ।

अमेरिकन क्यान्सर सोसाइटीका प्रमुख वैज्ञानिक अधिकारी डा विलियम डाहुतले बाइडेनको क्यान्सर आक्रामक प्रकृतिको हो र यदि हड्डीमा फैलिसकेको हो भने यसलाई उपचारयोग्य मानिदैन भनेका छन ।

तर उनले भने कि यस्तो अवस्थामा अधिकांश बिरामीले प्रारम्भिक उपचारमा राम्रो प्रतिक्रिया देखाउने गर्दछन् । उपचारपछि धेरै वर्षसम्म बाँच्न सक्ने सम्भावना हुन्छ।

डा डाहुतका अनुसार यस्तो अवस्थामा हर्मोनल थेरापी दिइन्छ जसले लक्षणहरू कम गर्न र क्यान्सरको वृद्धिलाई ढिलो बनाउन सहयोग पुर्याउँछ।

व्हाइट हाउसबाट बाहिरिएपछि बाइडेन सार्वजनिक जीवनबाट धेरै हदसम्म टाढा रहेका छन्। अप्रिलमा उनले अमेरिकाको एक अपांगता सम्बन्धी सम्मेलनमा मुख्य वक्ताको रूपमा सम्बोधन गरेका थिए।

मे महिनामा उनले २०२४ को चुनावबाट पछि हट्ने निर्णय कठिन भएको स्वीकार गरेका थिए। बाइडेनले लामो समयदेखि क्यान्सर अनुसन्धानको वकालत गर्दै आएका छन् ।

२०२२ मा उनले र श्रीमती जिल बाइडेनले मिलेर ‘क्यान्सर मूनशट’ अभियान पुनः सुरु गरेका थिए । जसको उद्देश्य सन् २०४७ सम्म चार मिलियन क्यान्सर मृत्युहरू रोक्ने हो।

बाइडेनले २०१५ मा आफ्नो जेठो छोरा ब्यू बाइडेनलाई ब्रेन क्यान्सरका कारण गुमाएका थिए।





Source link

Leave a Comment