अमेरिकी पूर्व उपराष्ट्रपति ह्यारिसलाई क्यालिफोर्नियाले सुरक्षा दिने



प्रकाशित मिति : भाद्र १३, २०८२ शनिबार


अमेरिकी पूर्व उपराष्ट्रपति कमला ह्यारिसलाई क्यालिफोर्निया हाइवे पेट्रोल (सीएचपी) ले सुरक्षा दिने भएको छ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्यारिसको ‘सिक्रेट सर्भिस’ सुरक्षा फिर्ता लिएपछि क्यालिफोर्निया हाइवे पेट्रोलले सुरक्षा दिने घोषणा गरेको हो।

ट्रम्पले आफ्ना चुनावी प्रतिस्पर्धी ह्यारिसलाई दिइएको विस्तारित सुरक्षा व्यवस्था अन्त्य गरेपछि क्यालिफोर्नियाका अधिकारीहरूले ह्यारिसलाई “गरिमामय सुरक्षा” दिन योजना बनाएका हुन्।

अमेरिकी पूर्व उपराष्ट्रपति ह्यारिसलाई क्यालिफोर्नियाले सुरक्षा दिने

अमेरिकी पूर्व उपराष्ट्रपति ह्यारिसलाई क्यालिफोर्नियाले सुरक्षा दिने

ट्रम्पले बिहीबार हस्ताक्षर गरेको ज्ञापनपत्रअनुसार ह्यारिसको ‘सिक्रेट सर्भिस’ सुरक्षा सोमबारदेखि अन्त्य हुनेछ।

पूर्व उपराष्ट्रपतिहरूलाई कार्यालय छोडेपछि छ महिनासम्म मात्र सुरक्षा दिने गरिन्छ, तर पूर्व राष्ट्रपतिहरूलाई भने यो सुविधा जीवनभरि दिने कानुनी प्रावधान छ।

पद छोड्नुअघि तत्कालीन राष्ट्रपति जो बाइडेनले ह्यारिसलाई २०२६ को जुलाईसम्म सुरक्षा विस्तार गर्ने आदेश दिएका थिए।

क्यालिफोर्नियाका गभर्नर ग्याभिन न्युसमले सीएचपीको सुरक्षा योजनाबारे पुष्टि गर्न अस्वीकार गरेका छन् । सार्वजनिक पदाधिकारीहरूको सुरक्षा कुनै अस्थिर वा प्रतिशोधी राजनीतिक निर्णयमा भर पर्नु हुँदैन भन्दै उनले टिप्पणी गरेका छन्।

स्रोतहरूले सीएचपीले कति समयसम्म सुरक्षा दिने भन्ने खुलाएका छैनन्।

अमेरिकी पूर्व उपराष्ट्रपति ह्यारिसलाई क्यालिफोर्नियाले सुरक्षा दिने

सिक्रेट सर्भिस सुरक्षा फिर्ता लिने यो निर्णय ह्यारिसले आफ्नो आत्मकथा “१०७ डेज” को पुस्तक प्रकाशनको तयारी गरिरहेकै बेला आएको हो। १५ वटा स्थानमा हुने यो पुस्तक यात्रामा लन्डन र टोरोन्टो पनि समावेश छन्।

पुस्तकको शीर्षक उनको छोटो राष्ट्रपतीय अभियानको अवधिसँग सम्बन्धित छ। यो यात्रा अर्को महिना सुरु हुनेछ।

ह्यारिस अमेरिकाकी पहिलो अश्वेत महिला उपराष्ट्रपति हुन्। विगतमा उनी उच्च स्तरको सुरक्षा जोखिमको सूचीमा पनि परेकी थिइन्।

गत वर्षको चुनावी अभियानमा राष्ट्रपति ट्रम्पमाथि दुई पटक हत्या प्रयास भएको थियो।

तीमध्ये सन् २०२४, जुलाई १ मा पेन्सिलभेनियाको बटलरमा भएको र्‍यालीमा एक बन्दुकधारीले आठ राउन्ड गोली चलाउँदा एकजनाको मृत्यु भएको थियो।

उक्त घटनामा दुईजना घाइते भएका थिए भने ट्रम्प स्वयंलाई पनि कानमा चोट लागेको थियो।





Source link

Leave a Comment