अमेरिकी पहिलो रिपब्लिकन अश्वेत महिला कंग्रेस सदस्यको निधन



प्रकाशित मिति : चैत्र ११, २०८१ सोमबार

अमेरिकी रिपब्लिकन पार्टीकी पहिलो अश्वेत महिला कंग्रेस सदस्य मिया लभको निधन भएको छ ।

उनको ४९ वर्षको उमेरमा यूटा राज्यमा निधन भएको परिवारले घोषणा गरेको छ। उनको घर मै निधन भएको हो । उनलाई मस्तिष्कको क्यान्सर भएको उनीकी छोरी अबिगेलले बताइन ।

हैटीबाटआप्रवासीको रुपमा अमेरिका पुगेका आमाबाबुको सन्तान लभ थिइन् । उनले यूटा राज्यलाई हाउस अफ रिप्रिजेन्टेटिभ्समा प्रतिनिधित्व गर्दै आएकी थिइन्।

अमेरिकी पहिलो रिपब्लिकन अश्वेत महिला कंग्रेस सदस्यको निधन

अमेरिकी पहिलो रिपब्लिकन अश्वेत महिला कंग्रेस सदस्यको निधन

लभको सम्झनामा यूटा राज्यका गभर्नर स्पेन्सर कक्सले साँचो मार्गदर्शक र दूरदर्शी नेता मिया लभ रहेको बताए ।

मिया लभको राजनीतिक यात्रा २००३ मा साराटोगा स्प्रिंग्स सिटी काउन्सिलमा जितेपछि सुरु भएको थियो । पछि ३४ वर्षको उमेरमा उनी मेयर भइन्।

२०१४ मा उनले अमेरिकी हाउस अफ रिप्रिजेन्टेटिभ्सको लागि निर्वाचित भइन । यसरी उनी पहिलो अश्वेत रिपब्लिकन महिला कंग्रेस सदस्य बनेकी हुन । उनले २ कार्यकाल काम गर्ने अवसर पाएकी हुन ।

लभले २०१६ मा डोनाल्ड ट्रम्पको आलोचना गर्दै रिपब्लिकन प्रतिस्पर्धी टेक्सास सिनेटर टेड क्रुजलाई समर्थन गरेकी थिइन ।

२०१८ मा ट्रम्पलाई हैटीका बारेमा अपमानजनक टिप्पणी गरेकोमा सार्वजनिक रूपमा माफी माग्न उनले आग्रह गरेकी थिइन्।

अमेरिकी पहिलो रिपब्लिकन अश्वेत महिला कंग्रेस सदस्यको निधन

राजनीतिमा प्रवेश गर्नु भन्दा पहिले उनी फ्लाइट अटेंडेन्टको रूपमा कार्यरत थिइन्।





Source link

Leave a Comment