अमेरिकी पर्वतारोहीको शव २२ वर्षपछि भेटियो , छोराले गरे पुष्टि

अमेरिकी पर्वतारोहीको शव २२ वर्षपछि भेटियो , छोराले गरे पुष्टि



प्रकाशित मिति : असार २६, २०८१ बुधबार

अमेरिकी पर्वतारोहीको शव २२ वर्षपछि पेरुमा फेला परेको छ ।

एन्डिजमा गएको हिम पहिरोमा बिलल स्ट्याम्प्फल पुरिएका थिए । बेपत्ता भएको भन्दै खोजी जारी रहेको थियो ।

जुन २७ मा अमेरिकी पर्वतारोही र्यान कूपर र वेस्ले वारेनले हुआस्कारन हिमालमा आफ्नो पिताको शव भेट्टाएको स्ट्याम्प्फलका छोराले बताएका छन् ।

करिब १६ हजार फिट तल उनीहरूले शव भेट्टाएका हुन् । हिउँको सतहमा फरक चिज देखिएपछि के रहेछ भनेर दुवैले खोजबिन गर्न थाले ।

हिउँका कारण स्ट्याम्प्फलको शव कुहिएको थिएन । उनको शरीरमा बिहेको औठी, हेल्मेट, हिमाल चढ्दा लगाउने जुत्ता र ज्याकेट सबै जस्ताको त्यस्तै थिए ।

अमेरिकी पर्वतारोहीको शव २२ वर्षपछि भेटियो , छोराले गरे पुष्टि

शवले भिरेको ब्यागमा पहिचान पत्र, क्यामरा, पासपोर्ट, पर्स र चस्मा थिए । ती सबै पनि सद्दे अवस्थामा थिए ।

उनी अमेरिकी पर्वतारोही भएको थाहा पाएपछि स्ट्याम्प्फलको परिवारबारे खोजबिन गरेर उनको अवस्थाबारे जानकारी दिएको कूपर बताउँछन् ।

सन् २००२ को जुन २४ मा स्ट्याम्प्फल र अन्य दुई पर्वतारोही स्टिभ एस्र्किन र म्याथ्यू रिचर्डसन हुआस्कारन हिमालको हिमपहिरोमा पुरिएका थिए ।

अमेरिकी पर्वतारोहीको शव २२ वर्षपछि भेटियो , छोराले गरे पुष्टि

त्यतिबेला स्ट्याम्प्फल ५३ वर्षका थिए । यी तीनै जनाको शव फेला परेको थिए । एस्र्किन बाहेक अरु दुईको शव भेटिएको थिएन । एजेन्सीहरु





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School