प्रकाशित मिति : मंसिर १६, २०८२ मंगलबार

अमेरिकी नेशनल गार्ड सैनिकको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका व्यक्तिविरुद्ध हत्या अभियोग दर्ता भएको छ।
गत बुधबार वाशिङ्टन डीसीमा एकजनाको हत्या र अर्कोलाई घाइते बनाएको आरोप लागेका संदिग्ध बन्दुकधारीविरुद्ध अभियोजकहरूले औपचारिक रूपमा हत्या अभियोग दर्ता गरेका हुन्।
अफगानी मूलका रहमानुल्लाह लाकनवालविरुद्ध हत्या अभियोगमा अधिकारीहरूले मुद्दा दायर गरेका छन्। तर, उनले हत्यामा आफ्नो संलग्नतालाई अस्वीकार गरेको बताइएको छ।
लाकनवालविरुद्धका अभियोगहरूमा ‘फर्स्ट डिग्री मर्डर’ र ‘हत्या गर्ने मनसायसहित आक्रमण’ समावेश गरिएका छन्। लाकनवाल सन् २०२१ मा तालिबानले सत्ता कब्जा गरेपछि अमेरिका आएका थिए।
२० वर्षीया नेशनल गार्ड सदस्य साराह बेकस्ट्रमको उपचारका क्रममा मृत्यु भएको थियो। अर्का २४ वर्षीय एन्ड्र्यु वुल्फ गम्भीर घाइते भएका छन् र उनको अस्पतालमै उपचार भइरहेको छ। दुवै वेस्ट भर्जिनियाबाट राजधानी वाशिङ्टनमा तैनाथ गरिएका थिए।
गोलीकाण्डपछि ट्रम्प प्रशासनले सबै आश्रय सम्बन्धी निर्णयहरू रोक्ने र अमेरिकामा रहेका अफगान शरणार्थीहरूको पुनरावलोकन गर्ने आदेश दिएको छ।
अभियोगपत्रमा सुरक्षा क्यामेरा फुटेजका तस्बिरहरू पनि समावेश गरिएका छन्। अभियोजकहरूले बुधबार दिउँसो भूमिगत रेल स्टेशन नजिकै गस्तीमा रहेका बेला बेकस्ट्रम र वुल्फमाथि के भएको थियो भन्ने विवरण प्रस्तुत गरेका छन्।
लाकनवाल अफगानिस्तानमा सीआईए सँग काम गर्थे। अमेरिकी सेनासँग सम्बन्ध भएका व्यक्तिहरूलाई तालिबानले निशाना बनाउन सक्ने सम्भावना रहेकोले उनी २०२१ मा अमेरिकातर्फ भागेका थिए।
अधिकारीहरूका अनुसार सन् २०२४ मा उनले दर्ता गरेको आश्रय आवेदन यसै वर्ष स्वीकृत भएको थियो। उनी वाशिङ्टन राज्यको बेलिङह्याममा आफ्नी श्रीमती र पाँच छोराछोरीसहित बसिरहेका थिए।
पछिल्ला दिनमा लाकनवाल समाजबाट टाढिन थालेका थिए र हप्तौँसम्म कोठामै एक्लै बसिरहने गरेको अन्य सदस्यहरूले बताएका छन्। सामाजिक कार्यकर्ताले उनलाई मानसिक स्वास्थ्य सम्बन्धी समस्या रहेको बताएका छन्।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
उपहार प्रदान गर्न क्लीक गर्नुहोला
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
मासिक डोनेसन गर्न यहाँ क्लिक गर्नुहोस्
