अमेरिकी नागरिकता आवेदन स्वीकृतपछि सपथ लिन गएकालाई समेत लाइनबाट हटाइयो



प्रकाशित मिति : मंसिर २२, २०८२ सोमबार

अमेरिकी नागरिकता आवेदन स्वीकृतपछि सपथ लिन गएकालाई समेत लाइनबाट हटाइयो

Photo by Khasokhas

अमेरिकी नागरिकता आवेदन स्वीकृतपछि सपथ लिन गएकालाई समेत लाइनबाट हटाइएको छ । बिहीबार बोस्टनको फ्यानुएल हलमा अमेरिकाको नागरिकता लिने लामो यात्राको अन्तिम चरणशपथ लिने बेलामा सरकारी अधिकारीहरूले आप्रवासीहरूलाई अचानक लाइनबाट हटाएका हुन् ।

अमेरिकी नागरिकताका लागि पहिले नै आवेदन स्वीकृत भइसकेकाहरु लाइनमा उभिँदा युएससीआइएएसका अधिकारीहरूले आप्रवासीहरुलाई उनीहरु जन्मेको देशका कारण सपथ दिलाउन नसक्ने जानकारी दिएका थिए । युएससीआईएसले आफ्ना कर्मचारीहरूलाई राष्ट्रपति डोनाल्ड ट्रम्पको घोषणा अन्तर्गत यात्रा प्रतिबन्धहरूको सामना गरिरहेका १९ देशका नागरिकहरूका लागि सबै अध्यागमन आवेदनहरू रोक्न निर्देशन दिएपछि लाइनबाट व्यक्तिहरूलाई हटाइएको थियो । ट्रम्प प्रशासनले यी धेरैजसो अफ्रिकी र एशियाली राष्ट्रहरूको सूचीलाई उच्च जोखिमयुक्त भनी तोकेको छ।

केही आप्रवासीहरुले शपथ समारोह र अन्य अप्वाइन्टमेन्ट रद्द भएको सूचना प्राप्त गरेपनि त्यस्ता सूचनाहरु धेरै ढिलो आएका थिए। बोस्टनमा पूरै समारोह रद्द भने गरिएको थियो । केबल १९ देशमध्येबाट पर्ने आप्रवासीहरुलाईमात्र लाइनबाट हटाइएको थियो । देशभरका नागरिकता सपथ समारोहहरूमा यस्तै दृश्यहरु देखिएको जनाइएको छ । २००० को दशकको सुरुदेखि ग्रीन कार्डवाहक भएकी एक आप्रवासीले समयमै रद्द भएको सूचना प्राप्त नगरेकाले शपथ समारोहमा गएको तर आफूलाई लाइनबाट हटाइएको बताएकी थिइन् ।

हैटी, अफगानिस्तान, म्यानमार, चाड, कङ्गो गणतन्त्र, इक्वेटोरियल गिनी, एरिट्रिया, इरान, लिबिया, सोमालिया, सुडान, यमन, बुरुन्डी, क्युबा, लाओस, सिएरा लियोन, टोगो, तुर्कमेनिस्तान र भेनेजुएलासहित १९ देशहरू पूर्ण वा आंशिक प्रतिबन्धहरूको सामना गरिरहेका छन्। लाइन लागेकाहरुलाई अधिकारीहरूले उनीहरू कुन देशबाट हुन् भनेर सोधिरहेका थिए । यदि उनीहरूले कुनै निश्चित देशको नाम लिए भने उनीहरूलाई लाइनबाट बाहिर निस्कन भनिएको थियो भने उनीहरूको शपथ समारोह रद्द भएको बताइएको थियो ।

मानिसहरू अत्यन्त दुःखी भएका थिए भने निकै डराएका थिए । अधिकारकर्मीहरुले यी घटनालाई अनावश्यक रूपमा क्रूर भनी वर्णन गरेका छन् । नागरिकता आवेदन स्वीकृत भइसकेकाहरुको समेत अन्तिम चरण रद्द गर्नु अनावश्यक रूपमा क्रूर रहेको उनीहरुको भनाई छ । युएससीआईएसले मंगलबार डिसेम्बर २ मा जारी गरिएको एउटा मेमोमा ग्रिनकार्ड र नागरिकता लगायतका आवेदनहरू रोक्ने घोषणा गरेको थियो।

ूयुएससीआईएसले यो निर्देशनले केही विचाराधीन आवेदनहरूको निर्णयमा ढिलाइ गर्न हुनसक्ने उल्लेख गरिएको थियो । साथै एजेन्सीको लागि आवेदकहरूलाई अधिकतम हदसम्म जाँच र स्क्रिन गर्ने तत्काल आवश्यकता भएकाले त्यस्तो ढिलाइका तुलनामा जाँच नै महत्वपूर्ण रहेको बताइएको थियो । डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीका प्रवक्ताले ट्रम्प प्रशासनले नागरिक बन्ने व्यक्तिहरू उत्कृष्टभन्दा उत्कृष्ट भएको सुनिश्चित गर्न हरसम्भव प्रयास गरिरहेको बताएका छन् । उनले अमेरिकी नागरिकता एक सुविधा भएको र अधिकार नभएको उललेख गर्दै अमेरिकाको भविष्य दाउमा भएकाले कुनै जोखिम नलिने बताएका थिए ।

Table of Contents

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।

न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।





Source link

Leave a Comment