अमेरिकी नागरिकताको परीक्षा प्रणाली परिवर्तन हुँदै, धेरै र कठिन प्रश्न सोधिने



प्रकाशित मिति : भाद्र ३१, २०८२ बुधबार

अमेरिकी नागरिकताको परीक्षा प्रणाली परिवर्तन हुँदै, धेरै र कठिन प्रश्न सोधिने

अमेरिकी नागरिकताको आवेदन दिनेहरुका सन्दर्भमा अमेरिकाले नागरिकताका लागि लिइने परीक्षा प्रणालीमा परिवर्तन हुने भएको छ । आवदेकको अमेरिकाबारेको ज्ञान जाँच्नका लागि लिइने परीक्षामा युएससीआईएसले परिवर्तन गर्ने भएको छ । ट्रम्प प्रशासनले सन् २०२० मा लागु गरेको परीक्षा प्रणालीलाई पुन फर्काउन लागेको हो । उक्त परीक्षा प्रणाली बाइडेन प्रशासनले उल्टाएको थियो भने अब ट्रम्प प्रशासनले पुन लागु गर्न लागेको छ ।

यसबारे बिहिबार फेडरल रजिष्ट्ररमा सूचना प्रकाशित हुने तय भएको छ भने अक्टोबरको १८ देखि नयाँ परीक्षा प्रणाली लागु हुनेछ । अर्थात् अक्टोबर १८ पछि नागरिकता आवेदन दिनेहरुका सन्दर्भमा नयाँ परीक्षा प्रणाली लागु हुने भएतापनि त्यस अगाडि आवेदन दिनेहरुले भने पूरानै परीक्षा प्रणाली अन्तरगत परीक्षा दिन पाउनेछन् । नयाँ प्रणाली अझ कठिन हुने भएको छ । अर्थात् अहिलेको तुलनामा अमेरिकी नागरिकता प्राप्त गर्न अझ कठिन हुनसक्छ ।

पूरानो प्रणाली अन्तरगत अमेरिकी नागरिकताका लागि अमेरिकी राजनीति, भुगोल, इतिहास लगायतका १० वटा प्रश्नहरु सोधिन्छ भने त्यसमध्ये ६ वटाको सही जवाफ दिन आवश्यक हुन्छ । तर अक्टोबर १८  पछि आवेदन दिनेहरुका सन्दर्भमा २० वटा प्रश्नहरु सोधिनेछ, त्यसमध्ये १२ वटाको सही जवाफ दिनुपर्नेछ । विभिन्न एकसयवटा प्रश्नहरुभित्रबाट १० वटासम्म सोधिने गरिएकोमा अब ती प्रश्नको संख्या पनि बढाइने छ ।

अमेरिकी नागरिकताको परीक्षा प्रणाली परिवर्तन हुँदै, धेरै र कठिन प्रश्न सोधिने

अमेरिकी नागरिकताको परीक्षा प्रणाली परिवर्तन हुँदै, धेरै र कठिन प्रश्न सोधिने

उत्तिर्ण हुनका लागि आवश्वक पर्ने ६० प्रतिशत स्कोरमा भने कुनै परिवर्तन गरिएको छैन । त्यस्तै ६५ बर्ष काटेका वा २० बर्षभन्दा लामोसमय अमेरिकामा ग्रिनकार्डमा रहेकाहरुका सन्दर्भमा भने १० वटामात्रै प्रश्नहरु सोधिनेछ, उनीहरुले ६ वटा प्रश्नको मात्र सही जवाफ दिएमा अमेरिकी नागरिकताको परीक्षा उत्तिर्ण गर्नेछन् ।

एकसयवटामात्र प्रश्नहरु रहेकोमा २८ वटा थपेर १२८ वटा प्रश्नहरु बनाइने भएको छ । अहिलेको प्रणाली अन्तरगत आवेदकले ६ वटा प्रश्न मिलाएको खण्डमा बाँकी प्रश्नहरु युएससीआईएस अधिकारीले सोध्दैनन् तर अक्टोबर १८ पछि आवेदन दिनेहरुका सन्दर्भमा सबै २० वटा प्रश्नहरु सोध्नेछन् ।

युएससीआईएसले १७ बर्षमा प्रश्न प्रणालीमा परिवर्तन गर्न लागेको हो । यसअगाडि अमेरिकी राष्ट्रपति जर्ज डब्ल्यु बुसको कार्यकालको अन्तिम बर्ष सन् २००८ मा प्रश्न प्रणाली परिवर्तन गरिएको थियो भने राष्ट्रपति डोनाल्ड ट्रम्पको अघिल्लो कार्यकालको अन्तिम बर्षमा परिवर्तन गरिएपनि बाइडेन प्रशासन आएपछि उल्टाइयो । तर अहिले ट्रम्प प्रशासनको सुरुको बर्षमा नै लागु गर्न लागिएको छ ।

अमेरिकाको अध्यागमन एवं राष्ट्रियता ऐनको सेक्सन ३१२ मा अमेरिकी नागरिकता प्राप्त गर्नका लागि अमेरिकाका बारेमा ज्ञान भएको तथा सामान्य अँग्रेजी बोल्न, लेख्न र पढ्न सक्ने हुनुपर्ने प्रावधान रहेको छ । अमेरिकी नागरिकताको अन्तरवार्ता ९० प्रतिशतले उत्तिर्ण गर्ने तथ्यांक रहेको छ । अन्तरवार्ताका क्रममा सोधिने सबै प्रश्नहरु सजिला भने हुँदैनन् ।

नयाँ प्रणालीमा कैयन प्रश्नहरु किनका रुपमा सोधिएका छन् । अमेरिकी सिनेटरहरुको तुलनामा प्रतिनिधिसभा सदस्यको कार्यकाल किन छोटो हुन्छ ? किन स्वतन्त्रताको घोषणापत्र महत्वपूर्ण छ ? किन हरेक राज्यमा २ वटा सिनेटरको संख्या छ रु जस्ता कैयन प्रश्नहरु थपिनेछन् ।

अमेरिकी नागरिकताको परीक्षा प्रणाली परिवर्तन हुँदै, धेरै र कठिन प्रश्न सोधिने

त्यस्तै किन अमेरिकी राष्ट्रपतिले दुईकार्यकालमात्र काम गर्न पाउँछन् ? किन इलेक्टोरल कलेज महत्वपूर्ण छ ? सर्बोच्च अदालतका न्यायाधिसले किन आजिवन काम गर्छन् ? किन अमेरिका प्रथम विश्वयुद्धमा प्रवेश गरेको थियो ? किन अमेरिका दोश्रो विश्वयुद्धमा प्रवेश गरेको थियो ? किन अमेरिका युद्धमा प्रवेश गरेको थियो ? किन अमेरिका भियतानी युद्धमा प्रवेश गरेको थियो ? किन अमेरिका पर्सियन गल्फ युद्धमा प्रवेश गरेको थियो?  लगायतका कैयन प्रश्नहरु समेत हुनेछन् ।

आवेदकलाई परीक्षा उत्तिर्ण गर्नका लागि दुईवटा मौका दिइनेछ । पहिलो अन्तरवार्तामा बोल्ने, लेख्ने, पढ्ने र प्रश्नहरुको जवाफ दिनेमध्ये कुनै एउटामा उत्तिर्ण नभएको खण्डमा त्यही भागको मात्र अर्कोपटक परीक्षा लिइनेछ ।

उदाहरणका लागि अक्टोबर १८ अगाडिका आवेदकका सन्दर्भमा सोधिएका १० मध्येको ६ प्रश्नको जवाफ दिन नसकेको खण्डमा र अक्टोबर १७ पछाडिका आवेदकका सन्दर्भमा सोधिएका २० मध्ये १२ प्रश्नको जवाफ दिन नसकेको खण्डमा त्यसका लागि पुन परीक्षा लिइनेछ । यदि प्रश्नको जवाफ दिएको छ तर बोल्ने, लेख्ने र पढ्नेमा अनुत्तिर्ण भएको छ भने जे मा अनुत्तिर्ण भएको हो, त्यसकोमात्र पुन परीक्षा लिइनेछ ।

युएससीआईएसका अधिकारीले अन्तरवार्तामा भएको कुराकानीको आधारमा बोल्ने क्षमताको निर्धारण गर्नेछन् । अधिकारीले दिएका तीनवटामध्ये एउटा बाक्य राम्रोसँग पढेमा पढ्ने परीक्षा उत्तिर्ण गर्न सकिन्छ । अधिकारीले दिएका तीनवटामध्ये एउटा बाक्य राम्रोसँग लेखेमा लेख्ने परीक्षा उत्तिर्ण गरिन्छ ।

अन्तरवार्ताका क्रममा कुनै भागमा अनुत्तिर्ण भएमा ६० देखि ९० दिनभित्र अर्को परीक्षाको मिति तय गरिन्छ । अमेरिकी नागरिकता प्राप्त गर्नका लागि उक्त परीक्षामा उत्तिर्ण हुन आवश्यक छ ।





Source link

Leave a Comment