अमेरिकी नागरिकताको अन्तर्वार्ता दिन जाँदा ग्रीनकार्डवाहकलाई आइसद्वारा पक्राउ

प्रकाशित मिति : बैशाख १, २०८२ सोमबार

अमेरिकी नागरिकताको अन्तर्वार्ता दिन जाँदा ग्रीनकार्डवाहकलाई आइसद्वारा पक्राउ

आप्रवासन अधिकारीहरूले अमेरिकी नागरिकताको अन्तर्वार्ता दिन गएका ग्रीनकार्डवाहकलाई पक्राउ गरी हिरासतमा लिएका छन्। कोलम्बिया विश्वविद्यालयका ३४ वर्षीय विद्यार्थी मोहसेन महदावी विश्वविद्यालयमा प्यालेस्टाइन समर्थक आन्दोलनमा सहभागी भएका थिए।

उनलाई सोमबार भर्मन्टमा नागरिकता अन्तर्वार्ताको क्रममा होमल्यान्ड सेक्युरिटी विभागले हिरासतमा लिएको जनाइएको छ। प्यालेस्टिनीहरूको पक्षमा वकालत र प्यालेस्टिनी पहिचानको कारण प्रतिशोधस्वरूप पक्राउ गरिएको आरोप उनका वकिलले लगाएका छन्।

महदावीले नागरिकता अन्तर्वार्ता एक जाल हुन सक्ने आशंका पहिले नै गरेका थिए। तर पनि उनले उपस्थित हुने निर्णय गरेका थिए किनकि यो उनको नागरिकता प्राप्त गर्ने अवसर थियो।

अमेरिकी नागरिकताको अन्तर्वार्ता दिन जाँदा ग्रीनकार्डवाहकलाई आइसद्वारा पक्राउ

अमेरिकी नागरिकताको अन्तर्वार्ता दिन जाँदा ग्रीनकार्डवाहकलाई आइसद्वारा पक्राउ

अमेरिकी नागरिकताको अन्तर्वार्ता दिन जाँदा ग्रीनकार्डवाहकलाई आइसद्वारा पक्राउ

सामाजिक सञ्जालमा पोस्ट गरिएको भिडियोमा तीन जना अधिकारीहरूले महदावीलाई हतकडी लगाएर गाडीमा लैजाँदै गरेको देखाइएको छ। लुजियानाका एक न्यायाधीशले कोलम्बिया विश्वविद्यालयका ग्रीनकार्डवाहक विद्यार्थी महमूद खलिललाई देशनिकाला गर्न सकिने फैसला गरेपछि यो घटना भएको हो।

महदावी वेस्ट बैंकको शरणार्थी शिविरमा जन्मेका र हुर्केका थिए। सोमबार एक संघीय न्यायाधीशले उनको देशनिकालाको प्रक्रियामा अस्थायी रूपमा रोक लगाएका छन्।

एक संयुक्त विज्ञप्तिमा भर्मन्टका सिनेटर बर्नी स्यान्डर्स र डेमोक्रेटिक सांसद बेक्का बालिन्टले महदवीको पक्राउलाई अनैतिक, अमानवीय र गैरकानूनी भनेका छन्।

Source link

Leave a Comment