अमेरिकी दूतावासले जुलाई ३ मा विद्यार्थी भिसा अप्वाइन्टमेन्ट खोल्ने, सामाजिक सञ्जाल पब्लिक बनाउन सुझाव



प्रकाशित मिति : असार १२, २०८२ बिहीबार

अमेरिकी दूतावासले जुलाई ३ मा विद्यार्थी भिसा अप्वाइन्टमेन्ट खोल्ने, सामाजिक सञ्जाल पब्लिक बनाउन सुझाव

अमेरिकी दूतावास काठमाडौंले जुलाई ३ मा विद्यार्थी भिसाका नयाँ अप्वाइन्टमेन्ट खोल्ने भएको छ । ट्रम्प प्रशासनले विद्यार्थी भिसाका नयाँ अन्तरवार्ता अप्वाइन्टमेन्ट सुचारु गर्ने निर्णय गरेसँगै अमेरिकी दूतावास काठमाडौंले पनि भिसा अप्वाइन्टमेन्टका स्लटहरु खुलाउने भएको हो ।

अमेरिकी दूतावास काठमाडौंले यस अगाडि पनि मासिक रुपमा विद्यार्थी भिसाका अप्वाइन्टमेन्ट स्लटहरु खोल्दै आएकोमा ट्रम्प प्रशासनले विद्यार्थी भिसाका नयाँ अप्वाइन्टमेन्ट नलिने निर्णय गरेसँगै त्यस्ता अप्वाइन्टमेन्ट स्लटहरु खोल्न रोकेको थियो । तर अब विदेश मन्त्रालयले सामाजिक सञ्जाल चेकजाँच कडा बनाउनेगरी भिसा सुचारु गर्न दूतावास र कन्सुलेटहरुलाई निर्देशन दिइसकेको छ ।

अमेरिकी दूतावास काठमाडौंले अप्वाइन्टमेन्ट स्लटहरु खोलेको सूचनासँगै विद्यार्थी भिसा एफ, एम वा जे गैर आप्रवासी श्रेणीका भिसाका लागि आवेदन दिने सबै व्यक्तिहरूलाई आफ्ना सबै व्यक्तिगत सामाजिक सञ्जाल खाताहरूको गोपनीयता सेटिङलाई ‘सार्वजनिकमा परिवर्तन अनुरोध दोहोराएको छ । यसले पहिचान र अमेरिका प्रवेश योग्यता पुष्टि गर्न आवश्यक जाँच प्रक्रियालाई सहज बनाउने दूतावासको भनाई छ ।

अमेरिकी दूतावासले जुलाई ३ मा विद्यार्थी भिसा अप्वाइन्टमेन्ट खोल्ने, सामाजिक सञ्जाल पब्लिक बनाउन सुझाव

अमेरिकी दूतावासले जुलाई ३ मा विद्यार्थी भिसा अप्वाइन्टमेन्ट खोल्ने, सामाजिक सञ्जाल पब्लिक बनाउन सुझाव

यस अगाडि पनि दूतावासले सामाजिक सञ्जालहरु पब्लिक बनाउन अनुरोध गर्दै प्रत्येक भिसा निर्णय राष्ट्रिय सुरक्षासँग सम्बन्धित निर्णय भएको प्रष्ट पारेको थियो । यो निर्णयसँगै फेसबुक एकाउन्ट लक गरेका, ट्वीटर, टिकटक वा इन्स्टाग्राम लगायतका सामाजिक सञ्जालहरु फ्लोअर्सहरुलेमात्र देख्न पाउनेगरी प्राइभेट गराएकाहरुले ती सामाजिक सञ्जालहरु पब्लिक मोडमा नराखी अमेरिकाको भिसा आवेदन दिएको खण्डमा उनीहरुको भिसा अस्वीकृत हुनसक्नेछ ।

ट्रम्प प्रशासनले भिसा आवेदकको सामाजिक सञ्जाल जाँच कडा गर्ने नीति ल्याएसँगै अमेरिकी दूतावास काठमाडौंले पनि उक्त नीतिको कार्यान्वयन सुरु गरेको हो । सामाजिक सञ्जालमा अमेरिकाले आतंकवादी सूचिमा राखेका संगठनहरुको समर्थन गरेमा वा त्यस्ता संगठनसँगको सम्बन्ध देखिने सामाग्रीहरु पोष्ट गरेमा ती भिसा आवेदकको अमेरिकाको भिसा अस्वीकृत गर्न ट्रम्प प्रशासनले दूतावासहरुलाई निर्देशन दिइसकेको छ ।

अमेरिकाको विदेश मन्त्रालयले गत साता विद्यार्थी भिसाका विद्यार्थी भिसाका नयाँ अन्तरवार्ता अप्वाइन्टमेन्टहरु सुचारु गर्न निर्देशन दिएपनि यसका लागि सामाजिक सञ्जालसम्बन्धी कडा दिशानिर्देशहरू लागू गरेको हो । यो कदम ट्रम्प प्रशासनले विश्वविद्यालयहरूमा यहुदी विरोधी भावना र अन्य राष्ट्रिय सुरक्षा चिन्ताहरूलाई प्रोत्साहन गरेको आरोप लगाएपछि चालिएको हो ।

https://www.youtube.com/watch?v=videoseries

विद्यार्थी भिसाका नयाँ जाँच प्रक्रियाहरू अमेरिकामा जुनसुकै विश्वविद्यालयमा पढ्न आउने सबै विदेशी नागरिकहरूलाई लागू हुनेछन्। सरोकारवालाहरूले यी नयाँ जाँच प्रक्रियाहरूले अमेरिकामा आउन चाहने सम्भावित अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि स्वागत नभएको सन्देश दिने चिन्ता व्यक्त गरेका छन्। यी उपायहरू सामाजिक सञ्जालको आधारमा मात्र नभई आवेदकहरूको राजनीतिक विचारधारा जाँच्ने माध्यम बन्न सक्ने चिन्ता पनि व्यक्त गरिएको छ।

विदेशमन्त्री मार्को रुबियोद्वारा हस्ताक्षरित आन्तरिक निर्देशनमा आवेदकहरूको अनलाइन उपस्थितिको समीक्षा गर्नुपर्ने र नयाँ प्रक्रियाहरू यो साता लागू हुने उल्लेख गरिएको थियो ।

अमेरिकी दूतावासले जुलाई ३ मा विद्यार्थी भिसा अप्वाइन्टमेन्ट खोल्ने, सामाजिक सञ्जाल पब्लिक बनाउन सुझाव

विद्यार्थीहरूको प्रोफाइल जाँच्दा दूतावासका कर्मचारीहरूलाई अमेरिकी नागरिक, संस्कृति, सरकार, संस्था वा स्थापनाका सिद्धान्तहरूप्रति शत्रुतापूर्ण मनोवृत्ति राख्ने आवेदकहरू, विदेशी आतंकवादी र अन्य राष्ट्रिय सुरक्षा खतराहरूलाई समर्थन गर्ने वा गैरकानुनी यहुदी विरोधी उत्पीडन वा हिंसा गर्ने व्यक्तिहरूलाई पहिचान गर्न निर्देशन दिइएको छ।

नयाँ दिशानिर्देशको व्यापक व्याख्याले योग्य विद्यार्थीहरूलाई पनि भिसा अस्वीकार गर्न सक्ने चिन्ता समेत व्यक्त गरिएको छ। विगतमा अमेरिकाले अमेरिका आउनुअगाडि मानिसहरूको विचारधाराको आलोचना गर्दैनथ्यो। अब यो दृष्टिकोणमा परिवर्तन आएको छ। अमेरिकी विदेश मन्त्रालयले एक लिखित वक्तव्यमा अमेरिकी नागरिकहरूले आफ्नो सरकारले देशलाई सुरक्षित बनाउन, विशेष गरी भिसा प्रणालीसँग सम्बन्धित कुरामा काम गरेको चाहने बताएको थियो।





Source link

Leave a Comment