अमेरिकी डलर ठगी मुद्दामा अर्बपति महिलालाई भियतनाममा मृत्युदण्ड

अमेरिकी डलर ठगी मुद्दामा अर्बपति महिलालाई भियतनाममा मृत्युदण्ड


२९ चैत, काठमाडौं । रियल स्टेट व्यवसायी ट्रुओङ माई ल्यानलाई बिहीबार भियतनामको एक अदालतले मृत्युदण्डको सजाय सुनाएको छ । अदालतले १२ अर्ब ५० करोड अमेरिकी डलरको वित्तीय धोकाधडीको मुद्दामा मृत्युदण्डको सजाय सुनाएको अल जजिराले बताएको छ ।

सन् २०१२ र २०२२ को बीचमा ६७ वर्षीया ल्यानले गैरकानूनी रूपमा साइगोन ज्वाइन्ट स्टक कमर्सियल बैंकको व्यवस्थापन गर्दा हजारौँ फर्जी फर्महरूमार्फत रकम लुटिन् र सरकारी अधिकारीहरूलाई घुस खुवाइन् ।

अभियोजकहरूले उनको एक हजारभन्दा धेरै सम्पत्ति जफत गरेको दाबी गर्दै संदिग्ध सम्पत्तिको विनियोजन राशि सन् २०२२ मा भियतनामको कूल गार्हस्थ्य उत्पादन (जिडिपी) को करिब तीन प्रतिशत बराबर रहेको बताएका छन् ।

ल्यानले आफूमाथि लगाइएको आरोपहरूको खण्डन गरेका थिइन् र आरोप आफू मातहतलाई लगाएकी थिइन् । अल जजिराका अनुसार उनले गत साता अदालतमा आफ्नो अन्तिम बयानमा आत्महत्याको विचार आएको कुरा स्वीकार गरेका थिइन् ।

सरकारी सञ्चारमाध्यमका अनुसार उनले भनिन्, ‘मेरो निराशामा मैले मृत्युको बारेमा सोचेँ, मलाई थोरै ज्ञान भएको अत्यन्त प्रतिस्पर्धी उद्योग बैंकिङ क्षेत्रमा प्रवेश गर्ने साहस गरेकामा मलाई अत्यन्त रिस उठेको छ ।’

प्रमुख डेभलपर वान थिन्ह फाटका अध्यक्ष ल्यानलाई बिहीबार हो चि मिन्ह सिटीमा सुनुवाइको अन्त्यमा घोटाला, घुसखोरी र बैंकिङ नियमहरूको उल्लङ्घन गरेको दोषी पाइएको सरकारी सञ्चारमाध्यमलाई उद्धृत गर्दै अल जजिराले बताएको छ ।

गत वर्ष सन् २०२२ मा ल्यानको गिरफ्तारी सन् २०१६ मा सुरु भएको भ्रष्टाचारविरोधी अभियानमा सबैभन्दा हाई–प्रोफाइल गिरफ्तारीमध्येको एक थियो । सन् २०२२ पछि उक्त अभियानले गति लिएको छ ।

कथित ब्लेजिङ फर्नेस अभियानको परिणामस्वरूप सयौँ अधिकारीहरूलाई दण्डित वा कारागार सजाय गरिएको छ । यसबाट भियतनामी राजनीतिमा उच्च तहलाई असर गरेको छ । यसमा दुई राष्ट्रपति र दुई प्रधानमन्त्रीको राजीनामा पनि समावेश छ । एजेन्सीको सहयोगमा



Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School