अमेरिकी चुनावको परिणामपछि बसाइ सर्न चाहनेलाई लक्षित गरेर इटलीमा १ डलरमा घर

अमेरिकी चुनावको परिणामपछि बसाइ सर्न चाहनेलाई लक्षित गरेर इटलीमा १ डलरमा घर



प्रकाशित मिति : मंसिर ५, २०८१ बुधबार

अमेरिकी चुनावको परिणामपछि बसाइ सर्न चाहनेलाई लक्षित गरेर इटलीमा १ डलरमा घर

अमेरिकी चुनावको परिणामपछि बसाइ सर्न चाहनेलाई लक्षित गरेर इटलीमा १ डलरमा घर उपलब्ध गराइएको छ। इटालीको सार्डिनिया द्वीपको एउटा गाउँले यस्तो अफर ल्याएको हो ।

इटालीका ग्रामीण इलाकामा धेरैजसो स्थानहरू जस्तै ओलोलाई गाउँले पनि जनसङ्ख्यामा गिरावटको सामना गरिरहेको छ । त्यसैले सस्तोमा बाहिरका व्यक्तिहरूलाई बस्न प्रोत्साहित गर्दै आएको छ। यसले जीर्ण अवस्थामा रहेका घरहरू एक युरो अर्थात् लगभग एक डलरको मूल्यमा बिक्री गरिरहेको छ ।

अब ५ नोभेम्बरको चुनावी परिणामपछि ओलोलाईले बसाई सर्न चाहने अमेरिकनहरूलाई लक्षित गर्दै एउटा वेबसाइट सुरू गरेको छ, जसमा थप सस्तो घरहरू प्रस्ताव गरिएको छ । चुनावको परिणामसँग असन्तुष्ट भएका अमेरिकीहरूलाई त्यहााका सुनसान सम्पत्तिहरू बेच्न यो तरिका अपनाइएको हो ।

विश्वव्यापी राजनीतिबाट थाकिसकेका र नयाँ अवसरहरू प्राप्त गर्दै सन्तुलित जीवनशैली अपनाउन चाहनेहरुलाई सार्डिनियाको सुन्दर स्वर्गमा युरोपेली बसाई सुरु गर्न समय आएको वेवसाइटमा उल्लेख गरिएको छ । मेयर फ्रान्सेस्को कोलम्बुले यो वेबसाइट विशेष रूपले अमेरिकी मतदाताहरूसँगको सम्बन्धको लागि बनाइएको बताएका छन् ।

अमेरिकी चुनावको परिणामपछि बसाइ सर्न चाहनेलाई लक्षित गरेर इटलीमा १ डलरमा घर

गाउँले अब तीन प्रकारका आवास प्रस्ताव गरेको छ । केही डिजिटल नोमाडहरूको लागि निःशुल्क अस्थायी घरहरू, पुननिर्माण गर्नुपर्ने एक युरोका घरहरू र बस्न योग्य १ लाख युरोसम्मको घरहरू प्रस्ताव गरिएको छ ।

मेयरका अनुसार अमेरिकी नागरिकहरूलाई प्राथमिकता दिइने छ भने तिनीहरूको लागि छिटो प्रक्रिया लागू गरिनेछ। ओलोलाईको जनसंख्या गत शताब्दीयामा २,२५० बाट घटेर १,३०० पुगेको छ । हाल त्यहाँ केवल १,१५० निवासी मात्र छन्।

अमेरिकनलाई प्राथमिकता दिने प्रस्ताव केही विवादास्पद भएपनि अमेरिकाबाट आउने आवेदकहरूलाई विशेष ध्यान दिइने मेयरको भनाई छ । यो गाउँले यसअघिका वर्षहरूमा पनि नयाँ निवासीहरूलाई आकर्षित गर्न विभिन्न आवास योजनाहरू ल्याएको थियो । २०१८ मा यो गाउँले एक युरोको मूल्यमा जीर्ण घरहरू बेचेको थियो र केही डिजिटल नोमाडहरूलाई एक युरोमा घरहरू भाडामा दिइएको थियो ।

अमेरिकी चुनावको परिणामपछि बसाइ सर्न चाहनेलाई लक्षित गरेर इटलीमा १ डलरमा घर

तर यो योजना यति सफल नभएको जस्तो देखिएको छ । किनभने २०१८ पछि केवल १० घरहरू मात्र बिक्री भएका छन्। ओलोलाई एक शान्त र पुराना कृषकका घरहरू भएको ठाउँ हो, जहाँ प्रदूषणमुक्त हावा, थोरै भीड र राम्रो दृश्यहरू रहेको छ । घरका लागि सबै उमेरका अमेरिकन नागरिक, पेंशनर, डिजिटल नोमाड वा साना व्यापार खोल्न चाहने उद्यमीहरूले आवेदन दिन सक्नेछन्।





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School