अमेरिकी गुप्तचर एजेन्सीले पत्ता लगायो ट्रम्पलाई मार्ने अलग इरानी योजना



प्रकाशित मिति : श्रावण १, २०८१ मंगलबार

अमेरिकी गुप्तचर एजेन्सीले पत्ता लगायो ट्रम्पलाई मार्ने अलग इरानी योजना

अमेरिकी गुप्तचर एजेन्सीले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि हमला हुनुअघि नै इरानको हत्या प्रयासको बारेमा खोजी गरिरहेको खुलासा भएको छ । तर अधिकारीहरूले दुई योजनाको आपसमा सम्बन्ध नभएको बताएका छन्। गत हप्ताको अन्त्यमा बन्दुकधारीले गोली चलाउनु अघिका हप्ताहरूमा ट्रम्प विरुद्धको सम्भावित इरानी हत्याको षड्यन्त्रबारे अधिकारीहरुले ट्र्याक गरिरहेको जनाइएको छ ।

गुप्तचरले सेक्रेट सर्भिसलाई शनिबार पूर्व राष्ट्रपति ट्रम्पको सुरक्षा बढाउन प्रेरित गरेको अधिकारीहरूले बताएका छन् । थप सुरक्षा उपायहरू अपनाएपनि एक २० वर्षीय स्थानीय व्यक्तिलाई नजिकैको गोदामको छतबाट ट्रम्पलाई गोली हानेर उनको दाहिने कान छेड्ने घटना हुनबाट भने रोक्न सकिएन ।

ट्रम्पको अभियानलाई शनिबारको गोलीकाण्डभन्दा केही समय अघि नै खतराको बारेमा भनिएको जनाइएको छ । पछिल्लो खतरा सन् २०२० मा ट्रम्पले आदेश दिएको कारवाहीको बदला लिन इरानको लामो समयदेखिको चाहनाबाट उत्पन्न भएको जनाइएको छ । जुन कारवाहीमा वर्षौंमा सयौं अमेरिकी सेनाको मृत्युको लागि जिम्मेवार इरानी सुरक्षा र खुफिया कमाण्डर मेजर जनरल कासिम सुलेमानी मारिएका थिए ।

ट्रम्प प्रशासनका पूर्व अधिकारीहरू विरुद्धको इरानी धम्कीहरू वर्षौंदेखि ट्र्याक गर्दै आएको राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता एड्रियन वाट्सनले एक विज्ञप्तिमा बताएकी छिन् । यी धम्कीहरू कासिम सुलेमानीको हत्याको बदला लिन इरानको चाहनाबाट उत्पन्न भएको उनको भनाई छ ।

वाटसनले पनि इरानी षड्यन्त्र शनिबारको हत्या प्रयासभन्दा अलग रहेकोमा जोड दिएकी छिन् । ूशनिबार पूर्व राष्ट्रपति ट्रम्पको हत्या प्रयासको अनुसन्धान जारी रहेको उनले बताइन् ।





Source link

Leave a Comment