अमेरिकी गायिका टेलरले ह्यारिसलाई समर्थन गर्ने



प्रकाशित मिति : भाद्र २६, २०८१ बुधबार

अमेरिकी गायिका टेलर स्वीफ्टले कमला ह्यारिसलाई समर्थन गर्नुभएको छ । एबीसी न्यूजको राष्ट्रपति बहस हेरेपछि गायिकाले आफ्नो समर्थन ह्यारिसलाई रहने सार्वजनिक गर्नुभएको हो ।

बहस सुनेपछि इन्ष्टाग्राममा पोष्ट गर्दै उहाँले ह्यारिसलाई समर्थन गरेको बताउनु भयो । यसअघि गायिकाले ट्रम्पलाई समर्थन गरेको भन्दै एआईले बनाएको तस्बिर निकै भाइरल भएका थिए ।

ट्रम्पले पनि आफ्नो साइटमा सो तस्बिर शेयर गर्नुभएको थियो ।

ह्यारिसले अधिकारका लागि लड्नेमा आफू विश्वस्त रहेको र आफूहरूलाई पनि जित्नका लागि योद्धा चाहिएको विश्वास आफूले गरेको पनि उहाँले पोष्टमा लेख्नु भएको छ ।

सन् २०२० को राष्ट्रपतिको निर्वाचनमा स्वीफ्टले बाइडेन र ह्यारिसलाई समर्थन गर्नुभएको थियो ।

यसपटक पनि उहाँले ह्यारिसलाई नै समर्थन गर्ने अड्कल धेरैले गरेको भएपनि लामो समय मौन बस्दा पक्ष बिपक्षमा धारणा बनिरहेका थिए । एजेन्सीहरुको सहयोगमा





Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School