अमेरिकी कर बढाउने निर्णयको चीनले डब्ल्यूटीओमै विरोध जनायो



प्रकाशित मिति : फाल्गुन ७, २०८१ बुधबार

अमेरिकी कर वृद्धिलाई लिएर विश्व व्यापार सङ्गठन डब्ल्यूटीओमा चीनले विरोध जनाएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लागू गरेको करले मुद्रास्फीति, बजार विकृति र विश्वव्यापी मन्दीसमेत निम्त्याउने खतरा रहेको भन्दै चीनले डब्लुटीओमा विरोध जनाएको हो ।

जनवरी २० मा सत्तामा फर्केपछि ट्रम्पले विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनलाई अमेरिका प्रवेश गर्ने उत्पादनमा थप १० प्रतिशत कर लगाइएको घोषणा गरेका थिए ।

अमेरिकी कर बढाउने निर्णयको चीनले डब्ल्यूटीओमै विरोध जनायो

ट्रम्पले गत हप्ता स्टील र आल्मुनियममा २५ प्रतिशत नयाँ कर लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन ।

आयातित कारहरूमा थप अमेरिकी कर दर करिब २५ प्रतिशत हुनेछ अप्रिल २ को आसपास सार्वजनिक गर्ने शुल्कको बारेमा नयाँ जानकारी दिँदै उनले भनेका छन ।

विश्व व्यापार सङ्गठनका लागि चीनका राजदूत ली चेङगाङले विश्वले करका लागि शृङ्खलाबद्ध झट्काको सामना गरिरहेको छ “अमेरिकाले विश्व व्यापार सङ्गठनको नियमको ठाडो उल्लङ्घन गर्दै चीनलगायत आफ्ना व्यापारिक साझेदारहरूमाथि एकतर्फी र स्वेच्छाचारी रूपमा कर लगाएको वा धम्की दिएको बताए।”

चीनले यस्ता कदमको कडा विरोध गर्दछ उनले भनेका छन । यी करसम्बन्धी निर्णयले आर्थिक अनिश्चितता बढाउँछ, विश्वव्यापी व्यापारमा बाधा पुर्याउँछ, र घरेलु मुद्रास्फीति, बजार विकृति वा विश्वव्यापी मन्दीको जोखिम पनि बढाउँछ चीनले भनेको छ ।





Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School