प्रकाशित मिति : चैत्र २५, २०८१ सोमबार
अमेरिकी कर नीतिका विरुद्ध अन्तिमसम्म लड्ने चीनले चेतावनी दिएको छ ।
चीनका उत्पादनमा थप ५० प्रतिशत कर लगाउने अमेरिकी चेतावनीपछि चीनले पछिल्लो प्रतिकृया जनाएको हो ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ वस्तुहरूमा थप ५० प्रतिशत लगाए भने करका विरुद्ध चीन अन्तिमसम्म लड्ने बताएको छ ।
अरु देश अमेरिकासँग वार्ता गर्न दौडधुप गर्लान तर चीन भने अव्यवहारिक करका विरुद्ध लड्ने छ चीनले भनेको छ ।
अमेरिकी घोषणा कार्यन्वयन भयो भने चीनबाट अमेरिकामा निर्यात गरिएका वस्तुहरूको कुल शुल्क १०४ प्रतिशत सम्म पुग्ने अनुमान गरिएको छ ।
चिनियाँ वाणिज्य मन्त्रालयले चीनले ट्रम्पको शुल्क धम्कीप्रति दृढ असहमति राखेको बताएकोछ ।
उसले चीनले लगाएको प्रतिकार कर लाई उचित भन्दै बचाउ गरेको छ । चीनका उत्पादनमा कर थप्ने धम्कीलाई अमेरिकाले गरिरहेको गल्तीमाथिको गल्ती भन्दै टिप्पणी गरेको छ ।
चीनले मंगलवारसम्म अमेरिकी सामानहरूमा लगाउने भनेको ३४ प्रतिशत शुल्क हटाएन भन ट्रम्पले बुधवारदेखि चीनमा नयाँ ५० प्रतिशत शुल्क लगाउने धम्की दिएका थिए ।
अमेरिकाले चीनसंगका सबै वार्ताहरुलाई रद्द गरिने चेतावनी पनि दिएको छ ।
चिनियाँ वाणिज्य मन्त्रालयले अमेरिकालाई चीनविरुद्धका सबै एकतर्फी शुल्क रद्द गर्न र संवाद मार्फत व्यापार विवाद समाधान गर्न आग्रह गरेको छ ।
चीनले व्यापार युद्धमा कुनैपनि देश विजेता नबन्ने भन्दै चीनले समस्यालाई समाधान गर्ने तर्फ केन्द्रीत बन्न आग्रह गरेको छ ।