अमेरिकी कम्पनीमा साइवर आक्रमण गरेको आरोपमा १२ जना चिनियाँलाई मुद्धा



प्रकाशित मिति : फाल्गुन २२, २०८१ बिहीबार

अमेरिकी कम्पनीहरुमा साइवर आक्रमण गरेको आरोपमा १२ जना चिनियाँ नागरिकविरुद्ध मुद्धा दायर गरिएको छ । उनीहरुविरुद्ध अपराधिक आरोप लगाउदै अभियोजन समेत गरिएको छ ।

अमेरिकी कम्पनीहरू, सरकारी एजेन्सीहरू र नगरपालिका संस्थाहरूमा साइबर आक्रमण गरेको उनीहरु माथि आरोप रहेको छ ।

ती साइवर आक्रमणहरू मुनाफा कमाउने उद्देश्यका साथ गरिएको थियो । उनीहरुले लाखौं डलरको क्षति पुर्याएको आरोप छ ।

अमेरिकी कम्पनीमा साइवर आक्रमण गरेको आरोपमा १२ जना चिनियाँलाई मुद्धा

अमेरिकी कम्पनीमा साइवर आक्रमण गरेको आरोपमा १२ जना चिनियाँलाई मुद्धा

ह्याकरहरूको शिकार भएका व्यक्तिहरूमा चिनियाँ सरकारका अमेरिकी आलोचकहरू, एशियाली सरकारका विदेश मन्त्रालयहरू, र अमेरिकी संघीय तथा राज्य एजेन्सीहरू समावेश रहेका अमेरिकी न्याय मन्त्रालयले जनाएको छ । तीमध्ये केहीलाई पछिल्लो वर्ष मात्रै ह्याक गरिएको हो ।

राष्ट्रपति डोनाल्ड ट्रम्पको न्याय मन्त्रालय अन्तर्गत ल्याइएको पहिलो प्रमुख साइबर आक्रमणसम्बन्धी राष्ट्रिय सुरक्षा मुद्दा हो । यद्यपि यसको अनुसन्धान भने ट्रम्प कार्यालयमा आउनु भन्दा पहिले नै सुरु भएको थियो।

उनीहरुविरुद्धका अलग अलग आरोपपत्रहरू अमेरिकी डिस्ट्रिक्ट अफ कोलम्बिया र न्यूयोर्कको साउथर्न डिस्ट्रिक्टबाट जारी गरिएको हो । १२ जना आरोपित मध्ये कुनै पनि व्यक्तिहरूलाई अमेरिकी हिरासतमा लिइएको छैन।

अमेरिकी न्याय मन्त्रालयका अधिकारीले चीनको ह्याकर फोर हायर ईकोसिस्टम कुनै पनि मापदण्डले नियन्त्रण बाहिर गएको बताएका छन ।

अमेरिकी अधिकारीहरुले लगाएको आरोपलाई वाशिंगटन डीसीस्थित चिनियाँ दूतावासका प्रवक्ताले खण्डन गरेका छन ।

अमेरिकी कम्पनीमा साइवर आक्रमण गरेको आरोपमा १२ जना चिनियाँलाई मुद्धा

चीनले चिनियाँ कम्पनीहरू र नागरिकहरूको वैध अधिकार र चासोको सुरक्षा गर्न आवश्यक कदमहरू चाल्नेछ भनेर प्रवक्ता लियु पेंग्युले भनेका छन ।





Source link

Leave a Comment