अमेरिकी एन्ड्रोइड प्रयोगकर्ताहरूले टिकटकको वेबसाइटमार्फत एप डाउनलोड गर्न मिल्ने



प्रकाशित मिति : माघ २६, २०८१ शनिबार

टिकटकले अमेरिकी एन्ड्रोइड प्रयोगकर्ताहरूले टिकटकको आधिकारिक वेबसाइटमार्फत प्याकेज किटहरू प्रयोग गरी एप डाउनलोड गर्न र कनेक्ट गर्न सक्ने जनाएको छ । यसलाई अमेरिकामा टिकटकमाथि लगाइएको प्रतिबन्धहरू छल्न गरिएको रणनीतिक प्रयासको रूपमा हेरिएको छ।

जनवरी १९ देखि लागू भएको अमेरिकी कानुनअनुसार टिकटकको चिनियाँ मूल कम्पनी बाइटड्यान्सलाई एप बेच्न वा प्रतिबन्धको सामना गर्नुपर्ने नियम लगाइएको छ। सोही कारण एप्पल र गुगलले अझैसम्म टिकटकलाई आफ्ना एप स्टोरहरूमा पुनः स्थापना गरेका छैनन्।

कानुन लागू भएको भोलिपल्टै पदभार ग्रहण गरेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कानुन लागू गर्न ७५ दिन ढिलाइ गर्न कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए ।

अमेरिकी एन्ड्रोइड प्रयोगकर्ताहरूले टिकटकको वेबसाइटमार्फत एप डाउनलोड गर्न मिल्ने

राष्ट्रपति ट्रम्पले टिकटकको खरिदबारे विभिन्न सम्भावित पक्षहरूसँग छलफल गरिरहेको बताएका छन्। उनले यसै महिनाभित्र एपको भविष्यबारे निर्णय गर्ने सङ्केत दिएका छन्। अमेरिकामा टिकटकका करिब १७ करोड प्रयोगकर्ताहरू छन् ।





Source link

Leave a Comment