अमेरिकी उपराष्ट्रपति भान्सका बिरुद्ध भर्मन्टमा प्रर्दशन, कारण यस्तो रहेछ



प्रकाशित मिति : फाल्गुन १७, २०८१ शनिबार

अमेरिकी उपराष्ट्रपति जे डी भान्सका बिरुद्ध भर्मन्टमा बिरोध प्रर्दशन भएको छ ।

म्याड रिभर भ्यालीमा रहेको सुगरबुश रिर्सोटमा स्की यात्रा गरेपछि त्यहाँका वासिन्दाले भान्स र ट्रम्प प्रशासनका बिरुद्ध प्रर्दशन गरेका हुन । यो प्रर्दशन अहिलेसम्मकै ठूलो भएको दावी गरिएको छ ।

वेट्सफिल्डको म्याड रिभर ग्रीनको मुख्य सडकको किनारामा उभिएर स्थानीयले लोकतन्त्रको अवस्था, जलवायु परिवर्तन र एलजीबीटीक्यूं अधिकारसम्मका विभिन्न चिन्ताहरु लेखिएका प्ले कार्ड र नारा लेखिएका संकेत र झण्डा प्रस्तुत गरेका थिए ।

अमेरिकी उपराष्ट्रपति भान्सका बिरुद्ध भर्मन्टमा प्रर्दशन, कारण यस्तो रहेछ

अमेरिकी उपराष्ट्रपति भान्सका बिरुद्ध भर्मन्टमा प्रर्दशन, कारण यस्तो रहेछ

विरोध प्रर्दशनमा सहभागिहरुले भान्सलाई रुसप्रति नरम नीति लिएर युक्रेनविरुद्ध आक्रामक भएको आरोप लगाउदै रुसमै गएर स्की यात्रा गर्न सुझाव दिएका थिए ।

उनीहरुले आफुले सहयोग गरेको देशका प्रमुख भोलोदिमीर जेलेन्स्कीलाई अपमान गरेर अमेरिकाको विश्वमा नै ट्रम्प र भान्सले बेइज्जत गरेको आरोप लगाएका थिए । उनीहरुले युक्रेनप्रति सहानुभूति व्यक्त गरेका छन । रुसको भने कडा आलोचना गरेका थिए ।

इन्डिविजिबल क्यालाइस समूहकी जिनी सासम्यानले धेरै भर्मन्टवासीहरू ट्रम्प र भान्स प्रशासनको नीतिहरूका कारण डराएका बताइन । उनले अमेरिकाको ‘लोकतन्त्र संकटमा परेको’महसुस गरेकी छिन ।

इन्डिविजिबल म्याड रिभर भ्याली समूहका सदस्य तिसा रेनाउले ट्रम्प प्रशासनप्रति अमेरिकनहरुको असन्तुष्टि बढ्दै गएको बताए । संघीय कर्मचारी घटाउने , कर्मचारीहरुलाई निकाल्ने अनि आफु चाँही बिना मनाउन रिर्सोट जाने ? भनेर उनले प्रश्न गरेकी छन ।

ओभल घटनापछि अमेरिकीहरु क्रोधित भएको भन्दै उनले विरोध प्रर्दशनहरु बढ्दै जाने बताइन । बिरोधमा सहभागिहरुले रुसको विरोध र युक्रेनको समर्थनमा सम्वन्धि देशका झण्डाहरुका रंगहरु प्रर्दशन गरेका थिए ।

अमेरिकी उपराष्ट्रपति भान्सका बिरुद्ध भर्मन्टमा प्रर्दशन, कारण यस्तो रहेछ

ट्रम्प र भान्स प्रशासनको एलजीबीटीक्यूं अधिकार र आप्रवासी नीतिहरूको बारेमा चिन्ता व्यक्त गर्दै वेट्सफिल्डको विरोधमा सामेल भएको कतिपयले भनेका छन ।

हरेक दिन, ट्रम्प भान्स प्रशासनले भर्मन्टवासीहरूलाई जोखिममा राख्दैछ र उनीहरूलाई दुख पुर्याइरहेको छ । यसले हाम्रो साझेदारहरू युक्रेनलाई पनि हानि पुर्याउँछ उनीहरुले भनेका छन ।





Source link

Leave a Comment