अमेरिकी उत्पादनमा लगाएको कर नहटाए चीन विरुद्ध थप ५० प्रतिशत कर लगाउने अमेरिकी चेतावनी



प्रकाशित मिति : चैत्र २५, २०८१ सोमबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनका विरुद्ध थप ५० प्रतिशत कर लगाउने चेतावनी दिएका छन ।

अमेरिकी करका विरुद्ध लिइएको प्रतिकार गर्ने कदम फिर्ता नलिएमा अमेरिकामा आयात हुने चिनियाँ उत्पादनमा थप ५० प्रतिशत कर लगाउने ट्रम्पले चेतावनी दिएका हुन ।

व्हाइट हाउसमा बोल्दै अमेरिकी राष्ट्रपति ट्रम्पले अन्य देशहरूसँग सम्झौताका लागि नयाँ कर नरोकिने बताएका हुन ।

अमेरिकी उत्पादनमा लगाएको कर नहटाए चीन विरुद्ध थप ५० प्रतिशत कर लगाउने अमेरिकी चेतावनी

अमेरिकी उत्पादनमा लगाएको कर नहटाए चीन विरुद्ध थप ५० प्रतिशत कर लगाउने अमेरिकी चेतावनी

सम्झौताका लागि आउने देशहरुसँग सम्झौता हुनेछ तर नयाँ करहरु रोकिने छैनन उनले भनेका छन । सम्झौता गर्दा कुनै पनि पक्षधरता अमेरिकाले नदेखाउने उनले स्पष्ट पारेका छन ।

यदि चीनले अमेरिकी उत्पादनमा लगाएको ३४ प्रतिशत थप कर फिर्ता नगरेको खण्डमा अमेरिकाले ५० प्रतिशत कर थप लगाउने अमेरिका राष्ट्रपति ट्रम्पको भनाइ रहेको छ ।

ट्रम्पको पछिल्लो भनाई कायन्वयन भयो भने चीनबाट अमेरिकामा आयात हुने केही सामानहरूमा १०४ प्रतिशतसम्म कर लाग्न सक्ने संभावना रहेको छ ।

ट्रम्पले आफ्नो सामाजिक मिडिया प्लेटफर्म, ट्रुथ सोशलमा पोस्ट गर्दै चीनले अमेरिकाका सामानहरूमा लगाउने भनेको ३४ प्रतिशत थप करको घोषणा फिर्ता नगरेको खण्डमा चीनका विरुद्ध थप कर लगाउने उल्लेख गरेका छन्।

ट्रम्पले चीनले चेतावनीको बावजूद थप करहरू जारी गरेको भन्दै आक्रोश पोखेका छन । यदि कुनै देशले अमेरिका विरुद्ध थप कर लगायो भने अमेरिकाले तुरुन्तै नयाँ र धेरै ठूलो कर लगाउनेछ उनले भनेका छन ।

अमेरिकी उत्पादनमा लगाएको कर नहटाए चीन विरुद्ध थप ५० प्रतिशत कर लगाउने अमेरिकी चेतावनी

चीनलाई दबाब पार्ने वा धम्की दिने काम अमेरिकाको सहि तरिका होइन भन्दै अमेरिकी कदमको चीनले आलोचना गरेको छ ।

व्हाइट हाउसमा बोल्दै अमेरिकी राष्ट्रपति ट्रम्पले स्थायी करहरू र वार्ता दुवै हुन सक्ने संभावनालाई नकारेका छैनन ।

३६ ट्रिलियन डलर अमेरिकाको ऋणको कारण पनि रहेको भन्दै उनले चीन र अन्य देशहरूसँग निष्पक्ष र राम्रो सम्झौता हुने अपेक्षा गरेको बताएका छन ।

अमेरिका र चीन बीचको बढ्दो तनावले विश्वव्यापी व्यापार युद्धको डरलाई बढाएको छ ।

अमेरिका मुख्य निर्यात बजार रहेका चीनका निर्माता व्यवसायहरूका लागि पछिल्लो करले ठूलो धक्का दिने अनुमान गरिएको छ ।





Source link

Leave a Comment