अमेरिकी आक्रमणमा परी यमनको इन्धन बन्दरगाहमा ७४ जनाको मृत्यु



प्रकाशित मिति : बैशाख ५, २०८२ शुक्रबार

अमेरिकी सेनाले यमनको हुथी विद्रोहीलाई लक्षित गरी शुक्रबार गरेको आक्रमणमा ७४ जनाको मृत्यु भएको हुथी समूह निकट अल मसिराह टिभीले जनाएको छ। आक्रमणमा १२५ जना घाइते भएका छन्।

रास इसा इन्धन बन्दरगाहमा भएको यो आक्रमणले बन्दरगाह ध्वस्त भएको र इरान समर्थित हुथी विद्रोहीको आपूर्ति तथा कोषको स्रोत बन्द गर्ने उद्देश्य राखेको अमेरिकी सेनाले बताएको छ। ले पुष्टि गरेका छन्।

“आक्रमणमा पाँच प्यारामेडिक्ससहित कम्तीमा ५० जना कामदार र कर्मचारी घाइते भएका छन्,” हुथी स्वास्थ्य मन्त्रालयका प्रवक्ता अनीस अलासबाहीले सामाजिक सञ्जाल एक्समा लेखेका छन्- “केही मृत शरीरका अंगहरूको पहिचान हुन बाँकी छ, र मृतकको सङ्ख्या अझै बढ्न सक्छ।”

अमेरिकी आक्रमणमा परी यमनको इन्धन बन्दरगाहमा ७४ जनाको मृत्यु

अमेरिकी आक्रमणमा परी यमनको इन्धन बन्दरगाहमा ७४ जनाको मृत्यु

अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम) ले विज्ञप्तिमार्फत यो आक्रमणले हुथीको अवैध राजस्वको स्रोत समाप्त पार्ने र उनीहरूको आर्थिक शक्ति कमजोर बनाउने लक्ष्य राखेको जनाएको छ। “हुथीले यमनी नागरिकलाई ठूलो पीडा दिइरहेका छन् र उनीहरूको शोषण जारी राखेका छन्,” विज्ञप्तिमा भनिएको छ।

वासिङ्टनले रेड सी र एडेनको खाडीमा असैन्य तथा सैन्य जहाजमाथिको आक्रमण रोक्न मार्च १५ देखि हुथीविरुद्ध दैनिक हवाई आक्रमण गर्दै आएको छ। हुथीले सन् २०२३ को अन्त्यतिर गाजामा प्यालेस्टिनीहरूप्रति ऐक्यबद्धता जनाउँदै जहाजमाथि आक्रमण सुरु गरेका थिए। शुक्रबार इजरायली सेनाले यमनबाट आउँदै गरेको क्षेप्यास्त्र रोकेको जनाएको छ।

वासिङ्टनले हुथीलाई विदेशी आतङ्कवादी सङ्गठन घोषणा गरे पनि अमेरिकी लगानीका जहाजले रास इसा बन्दरगाहमार्फत इन्धन आपूर्ति जारी राखेको सैन्य कमान्डले उल्लेख गरेको छ।





Source link

Leave a Comment