अमेरिकी आकासमा ठूलो दुर्घटना टर्यो, पाइलटले मागे यात्रुसँग माफी



प्रकाशित मिति : श्रावण ५, २०८२ सोमबार


अमेरिकी डेल्टा एयरलाइन्सको क्षेत्रीय जेट उडानका पाइलटले अमेरिकी वायुसेनाको बी-५२ बमवर्षक विमानसँग टक्कर हुनबाट जोगाउन कडा मोड लिनु परेको बताएका छन ।

पाइलटले कडा मोड लिनु परेकोमा यात्रुहरूसँग माफी मागेका छन् । उक्त घटनाको अडियो रेकर्डिङ टिकटकमा सार्वजनिक भएको छ।

उक्त घटनास्काई वेष्ट फ्लाइट ३७८८ मा भएको थियो । जुन उडान डेल्टा कनेक्शनको रूपमा मिनियापोलिस बाट माइनोट तर्फ उडेको थियो।

अमेरिकी आकासमा ठूलो दुर्घटना टर्यो, पाइलटले मागे यात्रुसँग माफी

अमेरिकी आकासमा ठूलो दुर्घटना टर्यो, पाइलटले मागे यात्रुसँग माफी

टिकटकमा पोष्ट गरिएको भिडियोको अडियोमा पाइलटले यात्रुहरूलाई जानकारी दिँदै भनिरहेका सुनिन्छन्स् “विमान हाम्रोतर्फ आइरहेकोजस्तो देखियो। तर हामीलाई कसैले पनि त्यसबारे केही बताएन।”

पाइलटका अनुसार, टावरले उनलाई विमानस्थलबाट ६ माइल टाढा हुँदा रिपोर्ट गर्न भनेको थियो । जब उनले दायाँ मोड लिन लागे, त्यहीं दायाँपट्टि अर्को विमान देखियो । त्यसपछि एयर ट्राफिक कन्ट्रोलरले बाँया मोड्न भने ।

“मलाई थाहा छैन उनीहरू कति छिटो थिए, तर हामीभन्दा धेरै छिटो थिए । त्यसैले उनीहरू पछाडि मोड्नु नै सुरक्षित लाग्यो।”

उक्त ‘अग्रेसिभ मुभ’ पछि पाइलटले यात्रुहरूलाई माफी माग्दै भने, “यो पूर्णतया सामान्य अवस्था होइन । मलाई पनि आश्चर्य लाग्यो । माफ गर्नुहोस्, तपाईंहरूको समझदारीका लागि धन्यवाद।”

उनको यो स्पष्टतापूर्ण भाषणपछि यात्रुहरूले ताली बजाएर समर्थन जनाए । यात्रु मोनिका ग्रीनले भनिन्, “विमान अवतरणको तयारीमा थियो, अचानक यस्तो झटका लाग्यो जस्तो हामीले यु टर्न गर्यौं।” त्यसपछि पाइलटले माफी माग्दै भनेका थिए कि अवतरणपछि सबै कुरा स्पष्ट पार्नेछन् ।

अमेरिकी आकासमा ठूलो दुर्घटना टर्यो, पाइलटले मागे यात्रुसँग माफी

ग्रीनले थप भनिन्, “पाइलटले पारदर्शिता देखाउनु सुखद कुरा हो। त्यसले यात्रुहरूलाई सुरक्षित महसुस गरायो।”

अमेरिकी वायुसेनाका अनुसार, यो एक लामो दूरीको भारी बमवर्षक विमान हो । जसले ५० हजार फिट उचाइसम्म उच्च सब्सोनिक गतिमा उड्न सक्छ । यसमा न्यूक्लियर वा सटीक मार्गदर्शित हतियारहरू राख्न सकिन्छ । यो विश्वव्यापी परिशुद्धता नेभिगेसन क्षमतायुक्त छ ।

स्काईवेष्ट एयरलाइन्सले यो घटना अनुसन्धानको क्रममा रहेको बताएको छ। पेन्टागन र डेल्टा एयरलाइन्सले यसबारे टिप्पणी गर्न अस्वीकार गर्दै स्काईवेष्ट तर्फ संकेत गरेका छन्।

पाइलटको शीघ्र निर्णय र पारदर्शी सम्वादले यात्रुहरूलाई सुरक्षित महसुस गराएको छ । यद्यपि, अमेरिकी आकाशमा व्यावसायिक र सैन्य उडानबीचको समन्वय अभावले फेरि एकपटक हवाई सुरक्षाबारे प्रश्न भने उठाएको छ।





Source link

Leave a Comment