प्रकाशित मिति : बैशाख १७, २०८२ बुधबार
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्थतन्त्र तीन वर्षपछि पहिलो पटक संकुचित भएको बेला थप समय मागेका छन् । अर्थतन्त्रको संकुचनले सम्भावित मन्दीको डर बढाएको बेला ट्रम्पले समय मागेका हुन ।
अर्थतन्त्र संकुचन भएको भन्ने तथ्यांक भ्रामक भएको ट्रम्पले बताए । अमेरिकी कम्पनीहरूले उनले आयातमा लगाउने भन्सार महसुलमा धेरै सामान पहिले नै स्टक गरेको कारण घटेको व्यापारको असर देखिएको हो ।
तर ट्रम्पले ८ ट्रिलियन डलर बराबरको विदेशी लगानीको प्रतिबद्धता आएको दाबी गरेका छन । जसले अमेरिकी उद्योग क्षेत्रलाई पुनर्जीवित गर्ने उनको अपेक्षा रहेको छ ।
अमेरिकी वाणिज्य मन्त्रालयका अनुसार, गत त्रैमासिकमा २।४५ वृद्धिपछि अमेरिकी अर्थतन्त्र वार्षिक ०.३५ को दरले संकुचित भएको छ ।
जुन उल्लेखनीय गिरावट हो । यो संयोगले ट्रम्पको कार्यकालको १०० औं दिनसँग मेल खान्छ । सर्वेक्षणहरूले जनतालाई अर्थतन्त्रको व्यवस्थापनप्रति असन्तुष्टि देखाएका छन्।
प्रमुख उद्योगपतिहरू सहभागी बुधबार ह्वाइट हाउसमा आयोजित कार्यक्रममा ट्रम्पले आर्थिक समस्याको दोष आफ्ना पूर्ववर्ती राष्ट्रपति जो बाइडेनलाई दिएका थिए ।
ट्रम्पले भने, यो बाइडेनको अर्थतन्त्र हो किनकि हामीले जनवरी २० मा शासन सम्हाल्यौं । मलाई लाग्छ, हामीलाई गति लिन केही समय दिनुपर्छ ।
यो अभिव्यक्ति ट्रम्पद्वारा लागू गरिएको आयात महसुल पछि आएको हो । जसले विश्व व्यापार र बजारहरूमा ठूलो असर पारेको छ । ट्रम्पको टिप्पणीप्रति डेमोक्र्याटहरू आक्रोशित बने।
अमेरिकी प्रतिनिधि सभाका डेमोक्र्याट नेतृ हकीम जेफ्रीजले “यो जो बाइडेनको अर्थतन्त्र होइन, डोनाल्ड, यो तिम्रो अर्थतन्त्र हो । यो ट्रम्पको अर्थतन्त्र हो । एक असफल अर्थतन्त्र र अमेरिकी जनताले त्यो बुझिरहेका छन्” उनले भनेका छन ।
ट्रम्पले प्रविधि, स्वास्थ्य सेवा र पूर्वाधारमा योजनाबद्ध लगानीहरू प्रस्तुत गरे । ट्रम्पले अर्थतन्त्र सुधार गर्न यी कम्पनीहरूको लगानी र कर कटौती योजना प्रस्तुत गरे।
उनले करसम्बन्धी विधेयक पारित गर्न संसदलाई आग्रह गरेका छन । जसमा ट्रिलियन डलरको कर र खर्च कटौती समावेश छ ।
तर यस विधेयकलाई डेमोक्र्याट र केही रिपब्लिकनहरूबाट विरोध भइरहेको छ ।