अमेरिकी अर्थतन्त्र संकुचित भएको तथ्यांक भ्रामक भएको ट्रम्पको दावी



प्रकाशित मिति : बैशाख १७, २०८२ बुधबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्थतन्त्र तीन वर्षपछि पहिलो पटक संकुचित भएको बेला थप समय मागेका छन् । अर्थतन्त्रको संकुचनले सम्भावित मन्दीको डर बढाएको बेला ट्रम्पले समय मागेका हुन ।

अर्थतन्त्र संकुचन भएको भन्ने तथ्यांक भ्रामक भएको ट्रम्पले बताए । अमेरिकी कम्पनीहरूले उनले आयातमा लगाउने भन्सार महसुलमा धेरै सामान पहिले नै स्टक गरेको कारण घटेको व्यापारको असर देखिएको हो ।

तर ट्रम्पले ८ ट्रिलियन डलर बराबरको विदेशी लगानीको प्रतिबद्धता आएको दाबी गरेका छन । जसले अमेरिकी उद्योग क्षेत्रलाई पुनर्जीवित गर्ने उनको अपेक्षा रहेको छ ।

अमेरिकी अर्थतन्त्र संकुचित भएको तथ्यांक भ्रामक भएको ट्रम्पको दावी

अमेरिकी अर्थतन्त्र संकुचित भएको तथ्यांक भ्रामक भएको ट्रम्पको दावी

अमेरिकी वाणिज्य मन्त्रालयका अनुसार, गत त्रैमासिकमा २।४५ वृद्धिपछि अमेरिकी अर्थतन्त्र वार्षिक ०.३५ को दरले संकुचित भएको छ ।

जुन उल्लेखनीय गिरावट हो । यो संयोगले ट्रम्पको कार्यकालको १०० औं दिनसँग मेल खान्छ । सर्वेक्षणहरूले जनतालाई अर्थतन्त्रको व्यवस्थापनप्रति असन्तुष्टि देखाएका छन्।

प्रमुख उद्योगपतिहरू सहभागी बुधबार ह्वाइट हाउसमा आयोजित कार्यक्रममा ट्रम्पले आर्थिक समस्याको दोष आफ्ना पूर्ववर्ती राष्ट्रपति जो बाइडेनलाई दिएका थिए ।

ट्रम्पले भने, यो बाइडेनको अर्थतन्त्र हो किनकि हामीले जनवरी २० मा शासन सम्हाल्यौं । मलाई लाग्छ, हामीलाई गति लिन केही समय दिनुपर्छ ।

यो अभिव्यक्ति ट्रम्पद्वारा लागू गरिएको आयात महसुल पछि आएको हो । जसले विश्व व्यापार र बजारहरूमा ठूलो असर पारेको छ । ट्रम्पको टिप्पणीप्रति डेमोक्र्याटहरू आक्रोशित बने।

अमेरिकी अर्थतन्त्र संकुचित भएको तथ्यांक भ्रामक भएको ट्रम्पको दावी

अमेरिकी प्रतिनिधि सभाका डेमोक्र्याट नेतृ हकीम जेफ्रीजले “यो जो बाइडेनको अर्थतन्त्र होइन, डोनाल्ड, यो तिम्रो अर्थतन्त्र हो । यो ट्रम्पको अर्थतन्त्र हो । एक असफल अर्थतन्त्र र अमेरिकी जनताले त्यो बुझिरहेका छन्” उनले भनेका छन ।

ट्रम्पले प्रविधि, स्वास्थ्य सेवा र पूर्वाधारमा योजनाबद्ध लगानीहरू प्रस्तुत गरे । ट्रम्पले अर्थतन्त्र सुधार गर्न यी कम्पनीहरूको लगानी र कर कटौती योजना प्रस्तुत गरे।

उनले करसम्बन्धी विधेयक पारित गर्न संसदलाई आग्रह गरेका छन । जसमा ट्रिलियन डलरको कर र खर्च कटौती समावेश छ ।

तर यस विधेयकलाई डेमोक्र्याट र केही रिपब्लिकनहरूबाट विरोध भइरहेको छ ।





Source link

Leave a Comment