प्रकाशित मिति : श्रावण ६, २०८२ मंगलबार
अमेरिका र जापानले ऐतिहासिक व्यापार सम्झौता गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जापानसँग भएको बहुप्रतीक्षित व्यापार सम्झौताको घोषणा गरेका छन् । यो सम्झौता केही हप्ता अघिसम्म असम्भवजस्तै देखिएको थियो।
ट्रुथ सोसलमा पोस्ट गर्दै ट्रम्पले भने, “हामीले जापानसँग विशाल सम्झौता पूरा गरेका छौं — सायदै यो इतिहासकै सबैभन्दा ठूलो सम्झौता।”
ट्रम्पका अनुसार, यस सम्झौताअन्तर्गत अब जापानी सामानहरूमा अमेरिका भित्रिँदा १५ प्रतिशत ‘पारस्परिक’ इम्पोर्ट ट्यारिफ लाग्नेछ । जापानले अमेरिका भित्र ५५० बिलियन डलरको लगानी गर्ने सम्झौतामा उल्लेख छ।
उनले अमेरिकाले उक्त सम्झौताबाट ९० प्रतिशत नाफा प्राप्त गर्ने दाबी गरेका छन । यद्यपि उनले कसरी जापानको लगानी गरिनेछ र नाफा कसरी गणना गरिनेछ भन्ने विवरण भने दिएका छैनन् ।
ट्रम्पले भने, “यो सम्झौताले सयौं हजार रोजगार सिर्जना गर्नेछ । यस्तो सम्झौता अहिलेसम्म कहिल्यै नभएको उनको भनाइ रहेको छ । जापानले व्यापारका लागि आफ्नो बजार खुला गर्ने भनिएको छ । कार, ट्रक, चामल तथा कृषि उत्पादनहरू यसमा समाबेश गरिएका छन ।
ट्रम्पको घोषणापछि जापानी प्रधानमन्त्री शिगेरु ईशिबा ले अन्तिम क्षणसम्म गाडी र अन्य उत्पादन तथा राष्ट्रिय चासोहरूमा कुराकानी जारी राखेका बताएका छन ।
यो सम्झौता रोजगार सिर्जना, गुणस्तरीय उत्पादन र विश्वस्तरमा जापान–अमेरिकाको भूमिकालाई विस्तार गर्ने उनले अपेक्षा गरिएको बताएका छन ।
प्रधानमन्त्री ईशिबाले जापानी सरकारले सम्झौताको बिस्तृत समीक्षा गर्नेछ र आवश्यक परे ट्रम्पसँग टेलिफोन वा प्रत्यक्ष भेटवार्ता गर्ने बताएका छन ।
यो सम्झौता ट्रम्पले गरेका तीनवटा व्यापारसम्बन्धी घोषणामध्ये तेस्रो हो । अनुसन्धानकर्ताहरुले सम्झौताले जापानलाई २५ प्रतिशत ट्यारिफको सम्भावनाबाट बचाएको बताएका छन ।
“यो सम्झौता जापानलाई थप करको सम्भावित जोखिमबाट जोगाउँछ र अमेरिकी उत्पादनहरू सँग प्रतिस्पर्धामा ल्याउँछ उनीहरुले भनेका छन । जापान अमेरिका भित्रको पाँचौं ठूलो निर्यातकर्ता हो ।
२०२३ मा अमेरिका भित्र जापानबाट १४८ बिलियन डलर मूल्यका सामान आयात भएका थिए ।
जसमा गाडी, गाडीका पार्ट्स र कृषि तथा निर्माण उपकरणहरू प्रमुख थिए । सोही वर्ष अमेरिकाले जापानमा ८० बिलियन डलर मूल्यका सामान निर्यात गरेको थियो । जसमा तेल, औषधि र एयरोस्पेस सामग्री प्रमुख थिए।