अमेरिका र चीन व्यापार सम्झौता तर्फ उन्मुख, टिकटकको सञ्चालनमा सहमति



प्रकाशित मिति : कार्तिक ९, २०८२ आईतबार

अमेरिका र चीन व्यापार सम्झौता तर्फ उन्मुख, टिकटकको सञ्चालनमा सहमति

अमेरिका र चीनले सम्भावित व्यापार सम्झौताको रूपरेखा तयार भएको बताएका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच यो हप्ता दक्षिण कोरियामा हुने बैठकमा व्यापार सम्झौताको रूपरेखामा छलफल हुने अमेरिकी अर्थमन्त्री स्कट बेसन्टले बताएका हुन्।

बेसन्टले भनेका छन् कि दुवै पक्षले “व्यापक रूपरेखा” तयार गरेका छन् र यो सम्झौताले “शुल्क रोक्ने” सङ्केत दिएको छ।

अमेरिका र चीन व्यापार सम्झौता तर्फ उन्मुख, टिकटकको सञ्चालनमा सहमति

अमेरिका र चीन व्यापार सम्झौता तर्फ उन्मुख, टिकटकको सञ्चालनमा सहमति

चीनले दुर्लभ खनिजहरूमा लगाएको नयाँ निर्यात प्रतिबन्ध एक वर्षका लागि स्थगित गर्ने सहमति जनाएको छ। अमेरिकाले पनि चिनियाँ समानमाथि लगाएको उच्च स्तरको आयात कर नलगाउने सङ्केत गरेको छ।

ट्रम्प पुनः सत्तामा आएपछि आयातमा कडा शुल्क लगाउने नीति अगाडि बढाएका थिए। उनले यसलाई अमेरिकी उद्योग र रोजगारीको सुरक्षाका रूपमा व्याख्या गरेका छन्।

तर चीनमाथि लगाइएका शुल्कहरू सबैभन्दा कडा मानिन्छन्। चीनले पनि त्यसको प्रतिकार गर्दै आफ्ना निर्यातमा नियन्त्रण गरेको थियो।

यस महिनाको सुरूमा ट्रम्पले चीनले दुर्लभ खनिजको निर्यात सीमित गरेपछि १०० प्रतिशत नयाँ शुल्क लगाउने चेतावनी दिएका थिए। तर अब, बेसन्टका अनुसार, “त्यो शुल्क कार्यान्वयन हुने देखिँदैन।”

टिकटकको अमेरिकी सञ्चालनबारे अन्तिम सहमति भइसकेको छ। बेसन्टले भने, “ट्रम्प र सीले बैठकमा त्यसलाई औपचारिक बनाउने” तयारी गरेका छन्।

अमेरिका र चीन व्यापार सम्झौता तर्फ उन्मुख, टिकटकको सञ्चालनमा सहमति

टिकटकको अमेरिकी शाखामा अमेरिकी कम्पनीहरूले नियन्त्रण गर्ने र सात सदस्यीय बोर्डमध्ये छ जना अमेरिकी नागरिक रहने व्यवस्थामा सहमति भएको बताइएको छ।

पहिलो कार्यकालमा टिकटकमा प्रतिबन्ध गर्ने चेतावनी दिएका ट्रम्पले अहिले भने यस प्लेटफर्मलाई आफ्नो राजनीतिक समर्थन बढाउने माध्यमका रूपमा प्रयोग गरिरहेका छन्।

चीन विश्वकै सबैभन्दा ठूलो सोयाबिन खरिदकर्ता हो। व्यापार युद्ध चर्किएपछि चीनले अमेरिकी सोयाबिन किनबेच रोक्दा अमेरिकी किसानहरू प्रभावित भएका थिए। अब भने अमेरिकी सोयाबिन चीनले खरिद गर्न थाल्नेछ।

अमेरिका-चीनबीचको यो प्रारम्भिक रूपरेखा सम्भावित व्यापार युद्ध रोक्ने प्रयासको हिस्सा हो।

यदि बिहीबार दक्षिण कोरियामा हुने ट्रम्प–सी बैठक सफल रह्यो भने, दुवै देशबीच व्यापारिक सम्बन्ध सुधारतर्फ अग्रसर हुने अपेक्षा गरिएको छ।





Source link

Leave a Comment