अमेरिका र चीनबीच ११५ प्रतिशत कर कटौती गर्ने सहमति



प्रकाशित मिति : बैशाख २९, २०८२ सोमबार

अमेरिका र चीनले एक-अर्काको आयातमा लगाइएको शुल्कमा अस्थायी कटौती गर्ने महत्त्वपूर्ण सहमति जनाएका छन्। यो सहमतिलाई विश्व अर्थतन्त्रका लागि सकारात्मक कदम मानिएको छ ।

अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टका अनुसार दुवै देशले आगामी ९० दिनका लागि आफ्नो पारस्परिक करमा ११५ प्रतिशतको कटौती गर्ने सहमति जनाएका हुन् । यसअनुसार, चिनियाँ आयातमा अमेरिकी ट्यारिफ १४५ प्रतिशतबाट घटाएर ३० प्रतिशत गरिनेछ ।

यस्तै, अमेरिकी आयातमा चिनियाँ ट्यारिफ १२५ प्रतिशतबाट १० प्रतिशतमा झारिनेछ। यो सहमति स्विट्जरल्याण्डमा भएको उच्चस्तरीय वार्तापछि सोमबार घोषणा गरिएको हो।

अमेरिका र चीनबीच ११५ प्रतिशत कर कटौती गर्ने सहमति

अमेरिका र चीनबीच ११५ प्रतिशत कर कटौती गर्ने सहमति

बेसेन्टले वार्तालाई ‘उत्पादक र रचनात्मक’ को संज्ञा दिँदै यसले विश्व बजारमा स्थिरता ल्याउने विश्वास व्यक्त गरेका छन्। यो बैठक अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ सामानमा भारी शुल्क लगाएपछि दुवै देशबीच भएको पहिलो औपचारिक वार्ता हो।

ट्रम्पको नीतिले विश्व बजारमा उथलपुथल मच्चिएको थियो भने विश्वव्यापी मन्दीको आशंका बढेको थियो।





Source link

Leave a Comment