अमेरिका र इजरायलका जनताबीच अत्यन्त्यै राम्रो सम्बन्ध छ : ह्यारिस

अमेरिका र इजरायलका जनताबीच अत्यन्त्यै राम्रो सम्बन्ध छ : ह्यारिस



प्रकाशित मिति : आश्विन २१, २०८१ सोमबार

अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले गाजामा युद्धविरामका लागि सम्झौता गर्न अमेरिकाले आफ्नो ‘दबाब’ कम नगर्ने बताउनुभएको छ ।

वासिङ्टनले इजरायलसँग मानवीय सहायताका लागि काम गरिरहेको बताउदै ‘बन्धकहरूलाई रिहा गर्ने र युद्धविराम गर्ने सम्झौताको लागि दवाव बढाइरहेको ह्यारिसको भनाई छ ।

डेमोक्र्याटिक पार्टीका तर्फबाट राष्ट्रपतिपदका उम्मेदवार ह्यारिसले अमेरिकी प्रयासका कारण इजरायलले त्यस क्षेत्रमा धेरै महत्त्वपूर्ण कामहरू गरेको तर्क गर्नुभयो ।

इजरायलमाथि इरानले गरेको क्षेप्यास्त्र आक्रमणको उल्लेख गर्दै उहाँले भन्नुभयो इजरायललाई यस प्रकारका आक्रमणबाट आफ्नो प्रतिरक्षा गर्न सक्दो प्रयास गर्नु हामीलाई अनिवार्य छ ।

गाजामा अक्टोबर ७ मा हमासले एक्कासी गरेको हमलाको एक बर्षको सन्दर्भमा इजरायल उच्च सतर्कतामा छ । इजरायलले लेबनानमा हमासको इरानसमर्थित सहयोगी हिजबुल्लाहतर्फ आफ्नो ध्यान केन्द्रित गरेको छ ।

उसले इरानी क्षेप्यास्त्र आक्रमणको बदला लिने प्रतिबद्धता जनाएको छ । गत वर्ष अक्टोबर ७ मा प्यालेस्टिनी लडाकू समूहले इजरायलमाथि गरेको आक्रमणमा परी १ हजार २०५ जनाको मृत्यु भएको थियो ।

इजरायलको जवाफी कारबाहीमा गाजामा कम्तीमा ४१ हजार ८७० जनाको मृत्यु भएको छ । दुव पक्षले गरेका आक्रमण र कारबाहीका क्रममा अधिकांश सर्वसाधारणको मृत्यु भएको थियो ।

नेतन्याहू अमेरिकाको ‘वास्तविक र घनिष्ठ सहयोगी’ हो वा होइन भनी सोधिएको प्रश्नमा ह्यारिसले भन्नुभयो, अमेरिकी जनता र इजरायली जनताबीच महत्वपूर्ण गठबन्धन हुनु नै सबैभन्दा बलियो उत्तर भएको बताउनु भयो । अमेरिकी र इजरायली जनताबीच अत्यन्त्यै राम्रो सम्बन्ध छ जुन कायम रहन्छ ह्यारिसले भन्नुभएको छ ।

अमेरिका र इजरायलका जनताबीच अत्यन्त्यै राम्रो सम्बन्ध छ : ह्यारिस





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School