अमेरिका-युक्रेन सम्बन्ध सुधार गर्न सकिनेमा राष्ट्रपति जेलेन्स्की विश्वस्त



प्रकाशित मिति : फाल्गुन १९, २०८१ सोमबार

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको सम्बन्ध सुधार गर्न सकिने विश्वास व्यक्त गरेका छन्। आइतबार लन्डनमा पत्रकारहरूसँग कुरा गर्दै उनले ओभल अफिसमा भएको तनावपूर्ण बैठकपछि पनि अमेरिका-युक्रेन सम्बन्ध निरन्तर रहने बताए।

शुक्रबार ह्वाइट हाउसमा भएको भेटवार्तामा अमेरिकी राष्ट्रपति ट्रम्पले युक्रेनलाई दिइएको अमेरिकी सहायताप्रति जेलेन्स्कीले कृतज्ञता नदेखाएको आरोप लगाएका थिए। उनले जेलेन्स्कीलाई असम्मान देखाएको भन्दै तेस्रो विश्वयुद्धको जोखिम निम्त्याएको आरोपसमेत लगाएका थिए । उक्त घटनाले युक्रेनलाई अमेरिकी समर्थन निरन्तर रहने कि छैन भन्ने विषयमा नयाँ प्रश्न खडा गरेको छ।

जेलेन्स्कीले आइतबार लन्डन विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै भने, ‘मलाई लाग्छ हाम्रो सम्बन्ध निरन्तर रहनेछ, तर यस्ता छलफलहरू पूर्ण रूपमा खुला हुनु उचित हुँदैन। वार्ता बन्द ढोका पछाडि नै हुनु उपयुक्त हुन्छ।’

अमेरिका-युक्रेन सम्बन्ध सुधार गर्न सकिनेमा राष्ट्रपति जेलेन्स्की विश्वस्त

अमेरिका-युक्रेन सम्बन्ध सुधार गर्न सकिनेमा राष्ट्रपति जेलेन्स्की विश्वस्त





Source link

Leave a Comment