अमेरिका मेक्सिको सीमामा अवैध क्रसिङ सन् १९७० यताकै न्यून वार्षिक स्तरमा



प्रकाशित मिति : आश्विन २०, २०८२ मंगलबार

अमेरिका मेक्सिको सीमामा अवैध क्रसिङ सन् १९७० यताकै न्यून वार्षिक स्तरमा

ट्रम्प प्रशासनले अवैध आप्रवासनमा व्यापक कडाइ गरेपछि आर्थिक वर्ष २०२५ मा अमेरिका मेक्सिको सीमामा गैरकानूनी रूपमा हुने क्रसिङ सन् १९७० को दशकको सुरुयताकै सबैभन्दा कम वार्षिक स्तरमा झरेको छ।

आर्थिक वर्ष २०२५ मा अमेरिकाको सिमा गस्तीका एजेन्टहरूले मेक्सिको सीमामा गैरकानूनी रूपमा सीमा पार गर्ने करिब २ लाख ३८ हजार आप्रवासीहरूलाई नियन्त्रणमा लिएका थिए। यो सङ्ख्या सन् १९७० यताकै सबैभन्दा कम भएको देखिएको छ । सन् १९७० को आर्थिक वर्षमा सिमा गस्तीले अमेरिका मेक्सिको सीमामा करिब २ लाख २ हजारलाई नियन्त्रणमा लिएका थिए ।

बाइडेन प्रशासनले अमेरिका मेक्सिको सीमामा अभूतपूर्व मानवीय सङ्कटको सामना गरेको थियो। आर्थिक वर्ष २०२२ मा सिमा गस्तीले २२ लाखलाई नियन्त्रणमा लिएको थियो भने । उक्त संख्या सबैभन्दा उच्च रेकर्ड थिउो भने २०२५ को स्तरभन्दा लगभग १० गुणा बढी थियो।

अमेरिका मेक्सिको सीमामा अवैध क्रसिङ सन् १९७० यताकै न्यून वार्षिक स्तरमा

अमेरिका मेक्सिको सीमामा अवैध क्रसिङ सन् १९७० यताकै न्यून वार्षिक स्तरमा

प्रारम्भिक तथ्याङ्क अनुसार आर्थिक वर्ष २०२५ मा बोर्डर पेट्रोलले अमेरिका मेक्सिको सीमामा गरेको नियन्त्रणमध्ये ६० प्रतिशत भन्दा बढी बाइडेन प्रशासनको अन्तिम पूर्ण तीन महिनामा रेकर्ड गरिएको थियो। राष्ट्रपति ट्रम्पको पदभार ग्रहणको पहिलो पूर्ण आठ महिनामा दक्षिणी सीमामा खटिएका बोर्डर पेट्रोल एजेन्टहरूले प्रत्येक महिना ९,००० भन्दा कम नियन्त्रण रेकर्ड गरेका छन् ।

पूर्व राष्ट्रपति जो बाइडेनको समयका केही दिनमा २४ घण्टाको अवधिमा यति नै सङ्ख्या रेकर्ड हुने गरेको थियो। सेप्टेम्बरमा अमेरिका मेक्सिको सीमामा बोर्डर पेट्रोलले करिब ८४ सयलाई नियन्त्रणमा लिएको थियो, जुन अगस्टको ६ हजार ३ सय र जुलाईको ४ हजार ६ सयभन्दा धेरै हो ।





Source link

Leave a Comment